स्वास्थ्यकर्मीमाथि कुटपिट, विरोध स्वरूप सेवा बन्द !

गण्डकी गाउँपालिका–१ को मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत दिलिपकुमार कुशवाहलाई कुटपिट भएको विरोधमा स्वास्थ्यकर्मीले असोज १ गते सेवा प्रवाह बन्द गरेका छन् । सोही गाउँपालिका वडा नम्वर २ का पुर्व वडा अध्यक्ष देउबहादुर गुरुङको नेतृत्वमा आएको समूहले कुटपिट गरेको कुशवाहले आरोप लगाउनु भएको छ । पुर्व वडा अध्यक्ष…

२०८१ आश्विन २, बुधबार ०९:०६ गते  
मध्यबिन्दु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

  मध्यबिन्दु नगरपालिकामा समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहले  भदौ ३१ गते स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र विभेदसम्बन्धी समस्या पहिचान गरेको  हो । बैठकबाट शिक्षामा मुख्य समस्या अन्तर्गत दरबन्दी अनुसारको शिक्षकको समस्या, सामुदायिक विद्यालयले…

२०८१ आश्विन १, मंगलवार १६:३३ गते  
खानेपानीको अभाव झेल्दै सिङ्गो गाउँ !

पर्वतको दक्षिणी क्षेत्रमा पर्दछ, बर्राचौर । केही समथर भूभाग र केही अग्ला डाडाँमा बर्राचौरको बस्ती छ । कालीगण्डकी लोकमार्ग बस्ती बिचबाट गएको छ । उत्तर दक्षिण जोड्ने लोकमार्ग छेउका बस्तीहरु भने अझै पनि सुख्खा–सुख्खा छन् । उब्जनी, उत्पादनको प्रचुर सम्भावना बोकेको बर्राचौरबासीका पिडा भने दर्दानक छन् । स्थानीय यादव गिरीका…

२०८१ भाद्र ३१, सोमबार १९:४२ गते  
इन्सेकसहितको उपस्थितिमा बजार अनुगमन, गाउँपालिकाद्वारा अखाद्य वस्तु जफत गरी नष्ट

इन्सेकसहितको उपस्थितिमा भदौ ३१ गते काठेखोला गाउँपालिकाले वडा नम्बर ७ मा सञ्चालित खुद्रा किराना तथा खाजाघरहरूको अनुगमन गरिएको छ । गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाको संयोजकत्वमा अक्षते प्रहरी चौकी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), पत्रकार र गाउँपालिकाका विभिन्न शाखाका प्रमुख सहितको उपस्थितिमा गरिएको अनुगमनमा प्राय सबै किराना पसलहरुमा म्याद गुज्रिएका अखाद्य…

२०८१ भाद्र ३१, सोमबार १९:१९ गते  
सरकारी प्रावधान:एक जना स्वास्थ्यकर्मीको भागमा १ सय जना, हेर्नुपर्ने:३ सय ८७ जना

सरकारी प्रावधान अनुसार एक स्वास्थ्यकर्मीले १ सय जनालाई हेर्नु पर्ने भएपनि पर्वतमा ३ सय ८७ जनालाई एक जना स्वास्थ्यकर्मीले हेर्नु पर्ने अवस्था रहेको छ । पर्वतको जनसङ्ख्या र कार्यरत स्वास्थ्यकर्मीहरूको अनुपात हेर्दा एक जना स्वास्थ्यकर्मीले ३ सय ८७ जनालाई स्वास्थ्य सेवा दिनुपर्ने देखिएको हो । अनुपात नमिल्दा स्वास्थ्य सेवा पनि…

२०८१ भाद्र ३१, सोमबार १७:१३ गते  
मध्यविन्दु नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न

मध्यविन्दु नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ ३० गते सम्पन्न गरिएको छ । समूहका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव अधिकार समूहबाट गरिएका कार्यहरुको समीक्षा गर्दै यस वर्ष गरिने कार्यहरुको बारेमा छ्लफल गरिएको थियो । समूहको बैठकले मध्यविन्दु नगरपालिकामा मानव…

२०८१ भाद्र ३१, सोमबार १६:४६ गते  
देवचुली नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न

देवचुली नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ २९ गते सम्पन्न भएको छ । समूहका अध्यक्ष कृष्णबहादुर बिकको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव अधिकार समूहबाट भएका कार्यहरुको समीक्षा गर्दै यस वर्ष गरिने कार्यहरुको बारेमा छ्लफल गरिएको थियो । इन्सेक सहजकर्ता राजु चापागाईले यस…

२०८१ भाद्र ३०, आईतवार १५:४२ गते  
मादी गाउँपालिकामा मानव अधिकारसम्बन्धी समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न

मादी गाउँपालिकामा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक भदौ २७ गते सम्पन्न भएको छ । स्थानीय तहमा शिक्षा, स्वस्थ्य, जातीय विभेद तथा वातावरणसम्बन्धी समस्या पहिचान, महिला हिंसा, यौन दुर्व्यवहार तथा अपाङ्गता भएका व्यक्तिहरुका सम्बन्धमा छलफल भएको थियो । साथै मानव अधिकार समूहको भूमिका तथा कार्ययोजना र अन्य विविध…

२०८१ भाद्र ३०, आईतवार १५:३२ गते  
पर्वतमा डेंगीका बिरामीको सङ्ख्या बढ्दै, अस्पतालमा शैया अभाव

पर्वतमा डेंगी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला अस्पतालमा शैया अभाव भएको छ । पर्वत अस्पतालमा मात्रै परीक्षण गरिएका ८ सय ५३ जना मध्ये भदौ २८ गतेसम्म ६ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले जानकारी दिनु भयो ।…

२०८१ भाद्र २९, शनिबार १८:५३ गते  
मानव अधिकार समूहद्वारा विद्यालयको अनुगमन

माछापुच्छ्रे गाउँपालिकामा इन्सेकले गठन गरेको मानव अधिकार समूहले भदौ २६ गते सोही गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयको अनुगमन गरेको छ । माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा मानव अधिकार समूहकी कोषाध्यक्ष प्रेमकुमारी अधिकारी र सहजकर्ता शुष्मा आचार्य अधिकारीले अनुगमन गर्नुभएको हो । विद्यालयको पछिल्लो अवस्थाका बारेमा अनुगमन गरेको सहजकर्ता आचार्यले…

२०८१ भाद्र २८, शुक्रबार १०:०७ गते