टिआरसी विधेयक अन्तिम चरणमाः मन्त्री गिरी

कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक अन्तिम चरणमा पुगेको बताउनुभएको छ । जनसंवाद कार्यक्रमका शिलशिलामा पर्वत आउनुभएको मन्त्री गिरीले चैत १४ गते पर्वतको कुश्मा बजारमा आयोजित कार्यक्रममा टिआरसी विधेयक अन्तिम चरणमा रहेको बताउनुभएको हो । उहाँले…

March 28, 2024  
यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा आवुँखैरेनी गाउँपालिका– ६ डिहिखेतका ३१ वर्षीय दिपेश गुरुङलाई दोषी ठहर गर्दै एक वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश आत्मदेव जोशीको ०८० चैत १३ गतेको इजलासले यौन दुर्व्यवहार  कसुरमा अन्तिम फैसला गर्दै अभियुक्तलाई एक वर्ष कैद संगै १० हजार जरिबाना र ५०…

March 27, 2024  
बालविवाह घटनाका आराेपित गिरफ्तार

विवाह गर्न भनी व्यास नगरपालिका– ५ स्थित परासर आश्रमको मन्दिरमा पुगेका बारा जिल्लाका २० वर्षीय युवक र खोटाङ जिल्लाकी १८ वर्षीया बालिकालाई प्रहरीले चैत १२ गते गिरफ्तार गरेको छ । विवाह गर्न मन्दिरमा पुगेका उनीहरुले सोही मन्दिरमा घुम्दै गएका तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीलाई यो मन्दिरमा विवाह गर्न…

March 27, 2024  
बलात्कार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  १२ वर्षीय बालकलाई प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिका एक्लै खेलिरहेको अवस्थामा ०८० चैत ८ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले चैत ९ दिएको उजुरीका आधारमा बालकलाई प्रहरीले गिरफ्तार गरेको हो । बालक विरुद्ध चैत १२ गते बलात्कार कसुर…

March 26, 2024  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको  आरोपमा गोरखा नगरपालिका– १० विरिञ्चोकका २२ वर्षीय मदन थापालाई प्रहरीले चैत ११ गते गिरफतार गरेको छ । पीडित बालिकालाई ०८० चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाको आमाले चैत ११ गते दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरिएको हो । आरोपित विरुद्ध चैत १२…

March 26, 2024  
बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग

१४ वर्षीया बलात्कार पीडित बालिकाको परिवारलाई न्यायीक प्रक्रियामा अगाडि बढ्न इन्सेकले आर्थिक सहयोग गरेको छ । पीडित बालिकाको आमाले कमजोर आर्थिक अवस्थाका कारण न्यायीक प्रक्रियामा जान समस्या भएको भन्दै सहयोग गरिदिन आग्रह गर्दै ०८० चैत १० गते निवेदन दिनुभएको थियो । उक्त निवेदनका आधारमा इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तले…

March 25, 2024  
बलात्कार घटना आरोपित विरुद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाएको भन्दै पीडित परिवारले निसीखोला गाउँपालिका– १ देवीस्थानका ३० वर्षीय विजय शाही विरुद्ध ०८० चैत ९ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका छन् । पीडित बालिकालाई सुत्केरी व्यथा लागेपछि चैत ९ गते निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्तीको सहयोगमा धौलागिरी अस्पताल बागलुङमा ल्याइएको…

March 24, 2024  
अपाङ्गता भएका व्यक्तिको अधिकारको लागि दुई जना युवाहरुद्वारा ह्विलचियरको यात्रा

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको लागि दुई जना अपाङ्गता भएका युवाहरुले काठमाडौं देखी पोखरासम्मको ह्विलचियरको यात्रा गर्नुभएको छ । काठमाडौंका दिवस परियार र आशिष भुजेल गत चैत ३ गते काठमाडौंको भृकुटीमण्डपबाट ह्विलचियर यात्रा गरि चैत ७ गते साँझ तनहुँको दमौली आइपुग्नु भएको हो । ‘दिगो विकासको लक्ष्य, अपाङ्गतामैत्री भविष्य’ भन्ने नाराका…

March 22, 2024  
बलात्कार कसुरमा सात वर्ष तीन महिना कैद सजायको फैसला

४७ वर्षीया बौद्धिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा बागलुङ नगरपालिका– ७ का ५० वर्षीय प्रेम किसानलाई जिल्ला अदालत बागलुङले सात वर्ष तीन महिना कैद सजायको फैसला गरेको छ । न्यायाधीश रमेशकान्त अधिकारीको ०८० चैत ७ गतेको इजलासले अभियोग दावी पुग्ने भन्दै बलात्कार कसुरमा सात वर्ष र अपाङ्गता भएकालाई बलात्कार…

March 21, 2024  
नवजात शिशुलाई त्यागेर हिँडेको आरोपमा गिरफ्तार, शिशुको उपचारका क्रममा मृत्यु

पुतलीबजार नगरपालिका– ३ काफलडाँडा कि ३९ वर्षीया माया भन्ने जयन्ती नेपालीलाई आफ्नै नवजात शिशुलाई त्यागेर हिँडेको आरोपमा प्रहरीले चैत ३ गते गिरफ्तार गरेको छ । नवजात शिशुलाई घर नजिकै त्यागेर जिल्ला अस्पताल स्याङ्जामा आफ्नो उपचारका लागि गएकी नेपालीलाई अस्पतालबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी  इन्द्रबहादुर रानाले जानकारी…

March 19, 2024