मध्यविन्दु नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
मध्यविन्दु नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ ३० गते सम्पन्न गरिएको छ । समूहका अध्यक्ष रामप्रसाद भट्टराईको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव अधिकार समूहबाट गरिएका कार्यहरुको समीक्षा गर्दै यस वर्ष गरिने कार्यहरुको बारेमा छ्लफल गरिएको थियो । समूहको बैठकले मध्यविन्दु नगरपालिकामा मानव…
देवचुली नगरपालिकामा मानव अधिकार समूहको बैठक सम्पन्न
देवचुली नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार समूहको बैठक भदौ २९ गते सम्पन्न भएको छ । समूहका अध्यक्ष कृष्णबहादुर बिकको अध्यक्षता बसेको बैठकले गत वर्ष मानव अधिकार समूहबाट भएका कार्यहरुको समीक्षा गर्दै यस वर्ष गरिने कार्यहरुको बारेमा छ्लफल गरिएको थियो । इन्सेक सहजकर्ता राजु चापागाईले यस…
मादी गाउँपालिकामा मानव अधिकारसम्बन्धी समस्या पहिचान तथा कार्ययोजना बैठक सम्पन्न
मादी गाउँपालिकामा मानव अधिकार समूहको समस्या पहिचान तथा कार्ययोजना बैठक भदौ २७ गते सम्पन्न भएको छ । स्थानीय तहमा शिक्षा, स्वस्थ्य, जातीय विभेद तथा वातावरणसम्बन्धी समस्या पहिचान, महिला हिंसा, यौन दुर्व्यवहार तथा अपाङ्गता भएका व्यक्तिहरुका सम्बन्धमा छलफल भएको थियो । साथै मानव अधिकार समूहको भूमिका तथा कार्ययोजना र अन्य विविध…
पर्वतमा डेंगीका बिरामीको सङ्ख्या बढ्दै, अस्पतालमा शैया अभाव
पर्वतमा डेंगी सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला अस्पतालमा शैया अभाव भएको छ । पर्वत अस्पतालमा मात्रै परीक्षण गरिएका ८ सय ५३ जना मध्ये भदौ २८ गतेसम्म ६ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पर्वतका प्रमुख प्रविण शर्माले जानकारी दिनु भयो ।…
मानव अधिकार समूहद्वारा विद्यालयको अनुगमन
माछापुच्छ्रे गाउँपालिकामा इन्सेकले गठन गरेको मानव अधिकार समूहले भदौ २६ गते सोही गाउँपालिकाको महेन्द्र माध्यमिक विद्यालयको अनुगमन गरेको छ । माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा मानव अधिकार समूहकी कोषाध्यक्ष प्रेमकुमारी अधिकारी र सहजकर्ता शुष्मा आचार्य अधिकारीले अनुगमन गर्नुभएको हो । विद्यालयको पछिल्लो अवस्थाका बारेमा अनुगमन गरेको सहजकर्ता आचार्यले…
खुकुरी प्रहार गरी पत्नीको हत्या, आरोपित पति गिरफ्तार
अन्नपूर्ण गाउँपालिका घर भई पोखरा महानगरपालिका बस्दै आएकी ४० वर्षीया राधिका कुँवरलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति जहरसिंह कुँवरलाई भदौ २६ गते गिरफ्तार गरेको छ । राधिकालाई आरोपितले भदौ २६ गते मध्यन्हमा खुकुरी प्रहार गरी हत्या गरेको भनी प्रहरीमा खबर भएपछि प्रहरीले अनुसन्धानका लागि आरोपितलाई…
घाटमा पुर्याएको शव बरामद, पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइयो
दाङ जिल्ला घोराही उपहानगरपालिका–८ देउपुर घर भई दुई वर्षदेखि पालुङटार नगरपालिका–५ बेलटारस्थित जितबहादुर तामाङको इट्टा भट्टामा काम गर्दै आउनु भएकी ५० वर्षीया कल्पना बुढा मगरको शव घाटबाट बरामद गरिएको छ । भदौ २४ गते बिहान मृत्यु भएपछि कसैलाई खबर नगरी पालुङटार नगरपालिका–५ मर्स्याङ्दी नदी किनारमा सतगदका लागि पुयाइएको शव प्रहरीले…
मानव बेचबिखनविरुद्ध सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
मानव बेचबिखन तथा ओसारपोसार विरुद्धको १८ औं राष्ट्रिय दिवस–२०८१ को अवसर पारेर म्याग्दीमा एक कार्यक्रम ०८१ भदौ २० गते सम्पन्न भएको छ । म्याग्दीमा ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखन विरुद्ध सबैको एक्यबद्धता’ भन्ने मूल नारासहित मानव बेचबिखन विरुद्धको अभियानमा हामी सरोकारवाला निकायको भूमिका विषयक अन्तत्र्रिmया गरिएको हो । म्याग्दी…
याैन दुर्व्यवहार घटनाका आराेपित गिरफ्तार
९ वर्षीया बालिकालाई ०८१ भदौ १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको दार्जलिङ घर भई लमजुङको बेसीशहर नगरपालिका –१ बस्दै आएका निजी विद्यालयका शिक्षक ३६ वर्षीय मनिष गुरुङलाई भदौ १७ गते गिरफ्तार गरेको छ । आरोपितले कक्षा ४ मा अध्ययनरत बालिकालाई ट्युसन पढाउने क्रममा यौन दुर्व्यवहार गरेको बालिकाका अभिभावकले दिएको…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भानु नगरपालिका–४ दोरदोरका २८ वर्षीय राजेश दवाडीलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश चन्द्रकुमार पोख्रेलको ०८१ भदौ १८ गतेको इजलासले कसुर ठहर गर्दै पीडितलाई १ लाख रुपैयाँ कसुरदारबाट क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार केशव पौडेलले…