मानव बेचविखन घटनाका आरोपित गिरफ्तार
एक १९ वर्षीया महिलालाई भारतमा लगेर बेचविखन गर्न लागेको आरोपमा स्याङ्जा पुतलीबजार नपा-२ घर भई पोखरा उमनपा-६ बस्ने ३० वर्षीय अर्जुनप्रसाद शर्मालाई असोज १० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई विभिन्न प्रलोभन देखाएर भारतमा लगेर विक्री गर्न लागेको आशङ्का लागेपछि पीडितले हारगुहार गरी उम्कन सफल भई नेपालस्थित घर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले पोखरा उमनपा-१२ शितलादेविका ६२ वर्षीय वीरबहादुर विकलाइ असोज ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज ५ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाले असोज ६ गते पोखरा उद्योग वाणिज्य सङ्घमा मौखिक उजुरी दिएकी थिइन् । सो उजुरीका आधारमा जिल्ला बालकल्याण समिति…
विद्यालयमा गराइएको बम विस्फोटको नागरिक सञ्जालद्वारा भत्सर्ना
काठमाडौँ उपत्यकाका विभिन्न विद्यालयहरू र विद्यालय परिसरमा असोज ४ गते गराइएको बम विष्फोटन तथा शङ्कास्पद बस्तुहरू राखी आतङ्कित तुल्याएको घटनाप्रति शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराले भत्सर्ना गरेको छ । सञ्जालले असोज ६ गते प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । नेपाल सरकारले ०६८…
बलात्कार घटनाका पीडितद्वारा उजुरी दर्ता
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा घ्याल्चोक-५ का २० वर्षीय सुलस गुरुङविरुद्घ पीडितले जिल्ला प्रहरी कार्यालयमा असोज ५ गते उजुरी दर्ता गरेकी छन् । पीडित महिलालाई गत भदौ २३ गते गुरुङले बलात्कार गरेको आरोपमा प्रहरीमा असोज ४ गते उजुरी दिएको पीडितले बताइन् । आरोपित गुरुङ फरार भएकाले खोजि कार्य तीव्र…
विवाद मिलाउन आएका प्रहरीद्वारा स्थानीयलाई कुटपिट
झगडा मिलाउन आएका प्रहरीले गोरखा नगरपालिका-११ स्थित अवुँवामा ७१ वर्षीय थमनसिंह बस्नेत र सनकरिया-६, पर्साका ४५ वर्षीय प्रकाश चौधरीलाई निर्घात कुटपिट गरी घाइते बनाएका छन् । गम्भिर घाइते वस्नेतलाई गोरखा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि काठमाडौँको टिचिङ अस्प्ताल रिफर गरिएको अस्पतालले जनाएको छ । उनको अनुहारमा चोट लागेको…
शान्तिका लागि नागरिक सञ्जालको अधिवेशन सम्पन्न
संविधान कार्यान्वयनका लागि अबिलम्ब स्थानीय तहको निर्वाचन गरी २०६२/०६३ को जनआन्दोलनको मर्म अनुसार जनताको अधिकार संरक्षण गर्न माग गर्दै शान्तिका लागि नागरिक सञ्जालको अधिवेशन सम्पन्न भएको छ । शान्तिका लागि नागरिक सञ्जालको साधारणसभा तथा १३ औं अधिवेशनको उद्घाटन गर्दै सांसद एवम् संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले लोकतान्त्रिक मुल्य मान्यतालाई…
कपाल नकाटेको आरोपमा विद्यार्थीलाई कुटपिट गरेको आरोप
पुरन्चौरको भारतिभवन माविमा कक्षा १० मा अध्यनरत १५ वर्षीय अनिष गौतमलाई सोही विद्यालयका शिक्षकहरूले कपाल पालेको आरोपमा भदौ २२ गते कुटपिट गरेको पीडित बालककी आमा पार्वती गौतमले आरोप लगाएकी छन् । शिक्षक मिनराज ढुङ्गाना, बासु तिवारी, धर्मदत्त अधिकारी र प्रधानाध्यापक गोविन्द काफ्लेले कपाल पालेको आरोपमा भदौ २२ गते कुटपिट गरेको…
आँबुखैरेनीबाट ६ जना बाल श्रमिकको उद्धार
राष्ट्रिय बाल दिवसको अवसर पारेर जिल्ला बालकल्याण समिति तनहुँले आँबुखैरेनी बजारबाट भदौ २९ गते ६ जना बाल श्रमिकको उद्धार गरेको छ । जिल्ला बालकल्याण समितिकी सदस्य सचिव एवम् महिला तथा बालबालिका कार्यालयकी प्रमुख रमा अधिकारीको नेतृत्वमा समितिका कर्मचारी, आँबुखैरेनी नगरपालिका, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँ उद्योग बाणिज्य सङ्घ आँबुखैरेनी इकाईलगायतको…
लाभाग्राही सूचीमा भएको त्रुटि सच्याउन माग
देउरालीका भूकम्प पीडितहरुले वास्तविक भूकम्प पीडितको नाम लाभाग्राही सूचीमा छुटेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । भदै २८ गते मानव अधिकार सञ्जाल गोरखा र इन्सेक गोरखाले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले वास्तविक भूकम्प पीडितको नाम लाभग्राही सूचीमा छुटेको भन्दै त्यस्तो त्रुटि तत्काल सच्याउन ध्यानाकर्षण गराएका हुन् ।…
सरकारले गङ्गामायाको जीवन रक्षाको पहल नगरेको आरोप
छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनरत गोरखा फुजेलकी गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि सरकारले पहल नगरेको जिल्लाका अधिकारकर्मीहरूले आरोप लगाएका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको आयोजनामा भदौ २७ गते गोरखामा भएको कार्यक्रममा अधिकारकर्मी स्थानेश्वर दुवाडीले यति लामो समयसम्म न्यायको माग गर्दै अनसन बसेकी गङ्गामायाको जीवन रक्षाका लागि सरकारले…