मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक पुर्वसमीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा जेठ २५ गते बेनीमा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला स्थित सरोकारवालाबिच कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा जिल्लामा सन् २०१७ को पहिलो ६ महिनामा भएका मानव अधिकार उल्लङ्घन तथा हालै सम्पन्न स्थानीय…

२०७४ जेष्ठ २५, बिहीबार १५:१४ गते  
सशस्त्र प्रहरीले कुटपिट गरको स्थानीयको आरोप

सशस्त्र प्रहरीले युवाहरूलाई बिनाकारण कुटपिट गरेको पालुङटार नगरपालिका-१ खोप्लाङ वेल्टारका स्थानीयहरूले आरोप लगाएका छन् । जेठ २४ गते गस्तिमा गएका सशस्त्रका डिएसपी राजेन्द्र श्रेष्ठले बिनाकारण युवाहरूलाई कुटपिट गरेको स्थानीयहरूले आरोप लगाएका हुन् । कुटपिटबाट पालुङटार नगरपालिका-१ खोप्लाङका १६ वर्षीय मिलन श्रेष्ठ, १८ वर्षीय निर्मल राना, १८ वर्षीय विवेक लामा र…

२०७४ जेष्ठ २५, बिहीबार १०:४९ गते  
यौन दुर्व्यवहारका घटना बढेकोमा सरोकारवाला चिन्तित

जिल्लामा बालिकाहरू माथि यौन दुर्व्यवहारको घटना बढेकोमा गरेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको आयोजनामा जेठ २४ गते सदरमुकाम गोरखाबजारमा सम्पन्न नेपाल मानव अधिकार वर्षपुस्तक २०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले के/कस्ता कारणले बालिकाहरू यौन दुर्व्यवहारबाट पीडित बन्छन् भन्ने…

२०७४ जेष्ठ २४, बुधबार १४:२९ गते  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पर्वत फलेबास घर भई पोखरा लेखनाथ मनपा-१ बस्ने २८ वर्षीय अशोक पौडेललाई जेठ १६ गते गिरफतार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा सोही दिन जिल्ला प्रहरी कार्यलयमा पीडितका अभिभावकले उजुरी दिएका थिए । पीडित बालिकाको…

२०७४ जेष्ठ १६, मंगलवार २१:१२ गते  
नौ दिनदेखि पत्रकार थुनामा, अझै रिहा भएनन्

नेपाल पत्रकार महासङ्घ ललितपुर शाखा सदस्य तथा जनता टेलिभिजनका गोरखा संवादाता विकास भट्टराईलाई प्रहरीले विगत नौ दिनदेखि गिरफ्तार गरी हिरासतमा राखेको छ । पालुङटार नगरपालिका-१ खोप्लाङका २४ वर्षीय भट्टराई जेठ २ गते प्रहरीबाट गिरफ्तार गरिएका थिए । पत्रकार महासङ्घका जिल्ला अध्यक्ष किशोरजङग थापासँग कुराकानी गरिरहेका भट्टर्राईलाई प्रहरीले केहि कुरा बुझनु…

२०७४ जेष्ठ ११, बिहीबार १७:०३ गते  
समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की

समचार सम्प्रेषण गरेको बिषयलाई आधार बनाएर सामाजिक सञ्जाल फेसबुकमा ज्यान मार्ने धम्की दिएको भन्दै पत्रकार महासङ्घकी केन्द्रिय सदस्य सुष्मा पौडेलले जेठ १० गते जिल्ला प्रहरी कार्यलय कास्कीमा उजुरी दिएकी छन् । फेसबुकमा "कार्की कार्की" नाम गरेका एक व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरामा कार्यरत पत्रकार सुष्मालाई स्थानीय तहको मतगणनाको विषयमा समचार…

२०७४ जेष्ठ १०, बुधबार २१:०३ गते  
लमजुङ कारागारका कैदीबन्दीका गुनासैगुनासा !

जिल्ला कारागारका कैदी/बन्दीहरूले उत्पादन गरेका जुत्ताको विक्री वितरणमा समस्या रहेको गुनासो गरेका छन् । इन्सेककर्मीहरूको अनुगमन टोलीसँग लमजुङ कारागारका कैदीबन्दीले आफूहरूले उत्पादन गरेको मुडाको विक्री वितरणमा समस्या नभएपनि जुत्ता बेच्न धौधौ परेको बताएका थिए । बन्दी जीवन बिताइरहेका ३२ वर्षीय राजु परियारले कारागार भित्रै जुत्ता बनाउने गरेको भएपनि उत्पादित जुत्ता…

२०७४ जेष्ठ ९, मंगलवार २०:५० गते  
कृषिसम्बन्धी समस्या समाधान गर्न ध्यानाकर्षण

मानव अधिकार निगरानी समूह तनहुँले कृषि र खाद्यसम्बन्धी समस्याहरू समाधानकालागि जिल्ला कृषि विकास कार्यालयको ध्यानाकर्षण गराएको छ । इन्सेकद्वारा तनहुँ जिल्लाको साविक मनपाङ र जामुने गाविसमा सञ्चालन गरिएको शिक्षा स्वास्थ्य र खाद्य अधिकार अन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमको क्रममा पहिचान भएका कृषिसम्बन्धी समस्याहरू समाधानकालागि सो…

२०७४ जेष्ठ ६, शनिबार १५:५० गते  
विरोध कार्यक्रममा सहभागी कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले कास्कीबाट गिरफ्तार गरेको छ । जेठ ३१ गते कालिकोट घटनामा गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै सभा गरिरहेका व्यक्तिहरूलाई प्रहरीले जेठ ३ गते गिरफ्तार गरेको हो । गिरफ्तार हुनेमा पोखरा-लेखनाथ मनपा-३३ का ४० वर्षीय मिनबहादुर परियार, सोही ठाउँका ४५…

२०७४ जेष्ठ ३, बुधबार १६:५१ गते  
मतदान गर्न घर आएका युवाको खुकुरी प्रहारबाट हत्या

स्थानीय तहको निर्वाचनमा मतदान गर्न घर आएका व्यास नपा-१ निवासी ४० वर्षीय विक्रम परियारको अज्ञात व्यक्तिहरूको समूहले खुकुरी प्रहार गरी हत्या गरेको छ । काठमाडौँमा गायन पेशा गरी बसेका परियार स्थानीय तह निर्वाचनमा मतदान गर्न वैशाख २९ गते घर आएका परियारको वैशाख ३१ गते साँझ हत्या भएको प्रहरीले जनाएको छ…

२०७४ जेष्ठ १, सोमबार ११:४२ गते