कम्युनिष्ट पार्टीका सचिव सहित दुई गिरफ्तार
प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला सचिव गोकुल पराजुली र जिल्ला सदस्य ममता रुचाललाई वैशाख ३० गते दिउँसो गिरफ्तार गरेको छ । स्थानीय निर्वाचन बिथोल्ने प्रयास गरेको आरोपमा प्रहरीले उनीहरूलाई गिरफ्तार गरेको हो । उनीहरूलाई व्यास नपा-१२ घाँसिकुवा नजिकैबाट प्रहरीले गिरफ्तार गरेको एसपी उमेशराज जोशीले बताए । सो पार्टीले आहृवान…
जनजीवन त्रसित पार्न राखिएको 'शंकास्पद वस्तु' हटाईयो
गोरखा नपा-१० छेवेटार र १२ स्याउलीमा खतरा लेखेर राखेको 'शंकास्पद' वस्तु प्रहरीले वैशाख ३० गते हटाएको छ । तार झुण्डाएर खतरा लेखिएको कागज सहितको वस्तु देखेपछि स्थानीय त्रसित भई प्रहरीलाई खबर गरेपछि बिहानै सो ठाउँमा प्रहरी पुगेको थियो । 'नक्कली बम जस्तो बनाएर झुण्डाइएको रहेछ, हामीले नेपाली सेनासँग समन्वय गरेर…
आचारसंहिता विपरित कार्य गरेको आरोपमा मन्त्री स्थानीयको नियन्त्रणमा
स्थानीय तहको मतदान सुरु हुनु भन्दा ४८ घण्टा पहिलेदेखि सुरु भएको मौन समयमा पनि निर्वाचनको प्रचार प्रसार गरेको आरोपमा वाणिज्य मन्त्री रोमी गौचन थकाली सहित नेपाली काङ्ग्रेसका कार्यकर्तालाई मुस्ताङको छुसाङमा स्थानीयले नियन्त्रणमा लिएको बताईएको छ । स्थानीय तहको निर्वाचनमा मतदातालाई पैसा बाँडेको आरोपमा वाणिज्य मन्त्री सहितको टोलीलाई वैशाख २९ गते…
दुई ओटा सवारी साधनमा आगजनी
अज्ञात समूहले वैशाख ३० गते बिहान तनहुँका छुट्टाछुट्टै स्थानमा दुई ओटा सवारी साधनमा आगजनी गरेको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तह निर्वाचनको विरोध स्वरूप आह्वान गरेको नेपाल बन्दको क्रममा वैशाख ३० गते बिहान पृथ्वी राजमार्गको बन्दीपुर गाउँपालिका-१ स्थित बेलभञ्ज्याङमा डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना…
निर्वाचन प्रचारप्रसार सकेर फर्केको गाडीमा पेट्रोल बम प्रहार
नेकपा एमालेको चुनावी प्रचारप्रसार गरी फर्केर पार्किङमा राखेको पिकअप भ्यानमा अज्ञात समूहले वैशाख २८ गते पेट्रोल बम प्रहार गरेको छ । अल्फबेट नखुलेको ४४४६ नम्बरको मोटरसाइकलमा आएका दुई जनाको समूहमा व्यक्तिले ग १ ज २९११ नम्बरको पिकअप भ्यानमा राति पोखरा-लेखनाथ महानगरपालिका-१० उत्तम चोकमा पेट्रोल बम प्रहार गरी भागेका थिए ।…
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुईजना गिरफ्तार
निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई वैशाख २८ गते गिरफ्तार गरेको छ । प्रहरीले रुपा गाँउपालिका-५ बाट प्रहरीले प्रकाश बास्तोला र गोबिन्द ओलीलाई गिरफ्तार गरेको जनाएको छ । आरोपित दुवै जनालाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यलय सिसुवाका इन्स्पेक्टर…
गोरखाका ६८ मतदान केन्द्र अति सम्वेदनशील
जिल्लाका ६८ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणले अति सम्वेदनशील रहेको स्थानीय प्रशासनले जनाएको छ । २ सय ६० मतदान केन्द्रमध्ये ६८ ओटा अति सम्वेदनशील, १ सय ३३ सम्वेदनशील र १२ ओटा केन्द्र सामान्य रहेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । मतदान केन्द्रलाई तीन भागमा विभाजन गरी सुरक्षा व्यवस्था मिलाइएको प्रमुख…
इन्सेकद्वारा पर्यवेक्षकहरूलाई अभिमूखीकरण
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकले वैशाख ३१ गते हुने निर्वाचनको प्रभावकारी अनुगमनको लागि इन्सेक क्षेत्रीय कार्यलय पोखरामा पर्यवेक्षकहरूलाई वैशाख २९ गते अभिमूखीकरण गरेको छ । कार्यक्रममा इन्सेक अन्तर्गत रहेर पर्यवेक्षण गर्नको लागि निर्वाचन आयोगबाट स्वीकृत प्राप्त रिलेक र इन्सेकमा आबद्ध व्यक्तिहरूका लागि निर्वाचन पर्यवेक्षकको काम, कर्तव्य र अधिकारका…
चुनावी प्रचारको क्रममा काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच झडप, दुई जना घाइते
स्थानीय तहको निर्वाचन प्रचारप्रसारको अन्तिम दिन वैशाख २८ गते राति भिमाद नगरपालिकामा नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताहरूबिच झडप भएको छ । राति करिब ११ बजेको समयमा भिमाद नपा-६ बाग्टारमा दुई पार्टीका कार्यकर्ताहरूबिच भएको झडपमा दुवै पार्टीका एक/एक जना कार्यकर्ता घाइते भएका छन् । दुवै पार्टीले झडपको दोष एक अर्को…
माओवादी केन्द्र र नयाँ शक्तिबिच झडप, एक जना घाइते
लखन गाउँपालिका-९ नाम्जुङ गुठेघारामा निर्वाचन प्रचारमा रहेका माओवादी केन्द्रका कार्यकर्ता र नयाँ शक्तिका कार्यकर्ताबिच झडप हुँदा एक जना घाइते भएका छन् । वैशाख २८ गते राति आठ बजेतिर भएको झडपमा नाम्जुङ-९ का नयाँ शक्ति पार्टीका कार्यकर्ता ३६ वर्षीय अर्जुन श्रेष्ठ घाइते भएका हुन् । श्रेष्ठ सामान्य उपचार पश्चात् घर फर्किएका…