काङ्ग्रेस कार्यकर्ताद्वारा मतदान प्रतिनिधिमाथि नै कुटपिट

पैयूँ गाउँपालिका-७ को जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा वाम गठबन्धनको तर्फबाट मतदान प्रतिनिधिको रूपमा बसेका युवा सङ्घ नेपालका पैयूँ गाउँपालिका उपाध्यक्ष २५ वर्षीय सुदिप बस्याललाई नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा कुटपिट भएको पीडित पक्षले आरोप लगाएको छ । मतदान केन्द्रबाट खाना खानका लागि बाहिर निस्कन लागेका बस्याललाई मतदान केन्द्रको गेटबाटै लछारपछार…

२०७४ मंसिर २२, शुक्रबार १९:४७ गते  
काङ्ग्रेस कार्यकर्ताहरूद्वारा एमाले कार्यकर्ताहरूलाई आक्रमण गरेको आरोप

भिमाद नपा-५ का एमाले कार्यकर्ताहरूलाई मङ्सिर २१ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेको पीडित पक्षको आरोप छ । सो ठाउँको गणेशमान स्मृति प्राविमा मतदान सम्पन्न भई सुरक्षाकर्मीले मतपेटिका सदरमुकाम दमौली ल्याइसकेपछि राति करिब ७ बजेको समयमा काङ्ग्रेस कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूलाई बाटो छेकेर आक्रमण गरेको नेकपा एमालेका कार्यकर्ता श्यामकृष्ण गैह्रेले…

२०७४ मंसिर २२, शुक्रबार १९:४३ गते  
सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले पाँच जनालाई मङ्सिर १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितहरूले मङसिर १८ गते सामूहिक बलात्कार गरेको आरोपमा पीडित महिलाले मङ्सिर १९ गते प्रहरीमा उजुरी दिएकी थिइन् पीडित महिलालाई बलात्कार गरेको आरोपमा म्यादे गाउँपालिकाका ३९ वर्षीय विक्रम थापा, २५ वर्षीय दिनेश…

२०७४ मंसिर २०, बुधबार १४:४५ गते  
इन्सेकको आयोजनामा युवाहरूलाई मतदाता शिक्षा प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजना तथा जिल्लास्तरीय युवा समितिको संयोजनमा पहिलो पटक मतदान गर्ने तयारीमा रहेका युवाहरूलाई लक्षित गरी मङ्सिर १२ गते मतदाता शिक्षा प्रदान गरिएको छ । निर्वाचनको महत्व, मतदानको प्रक्रिया, मतदान दिने तरिका, मत बदर नहुने अवस्थालगायतका विषयमा युवाहरूलाई जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको…

२०७४ मंसिर १२, मंगलवार २०:५४ गते  
काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते

बाग्लुङ नपा-१२ अमलाचौरमा काङ्ग्रेस कार्यकर्ताको आक्रमणबाट मङ्सिर १० गते एकजना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । मतदान सकिएपछि नेपाली काङ्ग्रेसका स्थानीय कार्यकर्ता गोपाल पौडेल र श्याम नेपालीको नेतृत्वको टोलीबाट भएको आक्रमणबाट एमालेको स्थानीय कार्यकर्ता राजु शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । ढुङ्गा प्रहारले गर्दा शाहीको…

२०७४ मंसिर ११, सोमबार १३:५४ गते  
निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको आरोपमा नयाँ शक्तिका पाँच जना गिरफ्तार

निर्वाचन विरोधी शङ्कास्पद गतिविधि गरेको भन्दै प्रहरीले मङ्सिर १० गते नयाँ शक्ति पार्टीका पाँच जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । सिरानचोक गाउँपालिका–८ जौबारीबाट चुनावी प्रचारमा प्रयोग भएको ग २ च १७१५ नम्बरको गाडी सहित १ लाख रुपियाँ पनि सो स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी प्रकाश अधिकारीले…

२०७४ मंसिर १०, आईतवार २२:४४ गते  
प्रदेश नम्बर ४ का ६ जिल्लाहरूमा शान्तिपुर्ण रूपमा मतदान सुरू (अपडेट ३:३० बजे)

(अपडेट ३:३० बजे) गोरखा जिल्ला प्रतिनिधिका अनुसार जिल्लामा अहिले सम्म ४५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । चुम नुब्री गाउँपालिका र धार्चे गाउँपालिकामा भने ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए । मनाङ जिल्लामा अहिलेसम्म ६७.३ प्रतिशत मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले…

२०७४ मंसिर १०, आईतवार ११:०६ गते  
गाउँपालिका उपाध्यक्षको घरमा काङ्ग्रेस कार्यकर्ताहरूद्वारा आक्रमण, दुई छोरा घाइते

घिरिङ गाउँपालिकाकी उपाध्यक्ष सरस्वती सिग्देलको घिरिङ गाउँपालिका-१ अत्रौलीमा रहेको घरमा मङ्सिर ९ गते राति नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आक्रमण गरेका नेकपा एमाले जिल्ला समितिका उपसचिव विष्णुभक्त सिग्देलले बताएका छन् । राति ८ः३० बजे भएको सो घटनामा सिग्देलका छोराहरू विदुरकुमार र सफल घाइते भएको पीडित पक्षले जनाएको छ । सो घटनामा विदुरको…

२०७४ मंसिर १०, आईतवार ०८:३५ गते  
बाम गठबन्धनको सम्पर्क कार्यालयसँगै प्रेसर कुकर बम विष्फोट

पोखरा लेखनाथ महानगरपालिका-९ नयाँबजारस्थित बाम गठबन्धनको सम्पर्क कार्यालयसँगै बाहिरपट्टि प्रेसर कुकर बम विष्फोट भएको छ । बम विष्फोटबाट कार्यालयको सटरमा क्षति पुगेको जनाइएको छ । धादिङ घर भई हाल पोखरामा बस्ने मनोज सिङ्खडा घाइते भएका छन् । घाइतेको उपचार गण्डकी मेडिकल कलेजमा भइरहेको प्रहरीले जनाएको छ । बम विष्फोट गराउने…

२०७४ मंसिर ८, शुक्रबार २१:०७ गते  
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सहइञ्चार्ज गिरफ्तार

मङ्सिर ४ गते राति सहकारी तथा गरिबी निवारण राज्यमन्त्री तथा बाग्लुङ क्षेत्र नं १ को काङ्ग्रेस उम्मेदवार चम्पादेवी खड्काको घरमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सहइञ्चार्ज नन्दराम थापाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । थापालाई प्रहरीले काँठेखोला गाउँपालिका-४ स्थित उनकै निवासबाट गिरफ्तार गरेको…

२०७४ मंसिर ८, शुक्रबार २१:०६ गते