कानुनी ज्ञानको अभाव हुँदा न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तह अन्तर्गत नगरपालिका उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी दिएपनि कानुनी ज्ञानको अभाव हुँदा न्याय सम्पादनमा समस्या भएको संयोजकहरू बताउँछन् । संवैधानिक रूपमा संयोजकको जिम्मेवारी दिए पनि अधिकांश स्थानीय निकायका न्यायिक समितिका संयोजकहरूलाई कानुनी ज्ञानको अभाव भएकाले न्याय सम्पादनमा समस्या हुने गरेको आँधिखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेसीशहर नपा-७ का ४२ वर्षीय बुद्धिबहादुर परियारलाई वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख ६ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…
बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
बहुविवाह गरेको आरोपमा पालुङटार नगरपालिका-८ धुँवाकोटका २५ वर्षीय अशोक बिक विरुद्ध २४ वर्षीया विष्णुकुमारी बिकले चैत ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । गत माघ १८ गते आफू घरमा हुँदाहुँदै धादिङ जिल्ला भोटेखोलाबाट ३५ वर्षीया सीता बिकसँग विवाह गरेको आरोपमा न्यायका लागि उजुरी दिएको पीडित महिलाले बताइन् ।…
गाउँपालिकाको शिक्षा, स्वास्थ्य र खाद्य नीतिबारे सम्वाद कार्यक्रम सम्पन्न
इन्सेक तनहुँको आयोजनामा म्याग्दे गाउँपालिकाको शिक्षा, स्वास्थ्य र खाद्य नीतिबारे सम्वाद कार्यक्रम चैत २७ गते म्याग्दे गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यसम्बन्धी नीति बनाउने क्रममा समावेश गर्नु पर्ने विषयहरूबारे गाउँपालिकाको ध्यानाकर्षण गराउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष माया…
नयाँ वर्षमा नयाँ घरमा बस्ने माझीहरूको सपना अधुरै
२६ वर्षपहिले विस्थापित भएका बागलुङका माझीहरूको नयाँ वर्षमा नयाँ घर पाउने सपना पुरा नहुने भएको छ । २०४८ सालमा पोखरा-बागलुङ राजमार्ग निर्माणका क्रममा आफ्नो थातथलो खनिया घाटबाट १४ घर माझी परिवार विस्थापित भएका थिए । बाङ्गेचौरमा अस्थायी बसोबास गर्दै आएका माझी समुदायलाई ०७३ साल मङ्सिरमा उनीहरूको पुरानै बासस्थानमा फर्काउने गरी…
स्थानीय युवाहरूको कुटपिटबाट प्रहरी घाइते
सिरानचोक गाउँपालिका-५ छोप्राकका स्थानीय युवाहरूको कुटपिटबाट छोप्राक प्रहरी चौकिमा कार्यरत २७ वर्षीय प्रहरी जवान नवराज केसी घाइते भएका छन् । मादक पदार्थ सेवन गरेका युवाहरूको कुटपिटबाट उनको टाउकोमा चोट लागेको प्रहरीको आरोप छ । घाइते केसीको उपचार गोरखा अस्पतालमा भएको प्रहरीले जनाएको छ । चैत २२ गते राति करिब १०…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बावुलाई चैत २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गौरव महतले जानकारी दिए ।…
मणिपाल अस्पतालमा झडप, १२ जना घाइते, १८ गिरफ्तार
पोखरा-लेखनाथ मनपा-११ स्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारी र प्रहरीबिच चैत १९ गते झडप हुँदा सात जना प्रहरी र पाँच जना अस्पतालका कर्मचारी गरी १२ जना घाइते भएका छन् । घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी जवानहरू विपीन थापामगर, गोविन्द राजकोटी, गमबहादुर थापा, रुपलाल थापा, यमुना राजकोटी, अञ्जना घर्तीमगर…
वडा अध्यक्षद्वारा सचिवलाई कुटपिट, घटनाको विरोधमा कर्मचारीहरू आन्दोलनमा
देवघाट गाउँपालिका-४ का अध्यक्ष पदमबहादुर गुरूङले मदिरा सेवन गरी कार्यालय समयमै वडा सचिव भोजनारयण श्रेष्ठलाई कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । चैत १३ गते पौने पाँच बजे अत्याधिक मदीरा सेवन गरी कार्यालय आएका वडा अध्यक्ष गुरूङले कार्यालयको काम गरेर बसिरहेका सचिव श्रेष्ठलाई कार्यालय बाहिर बोलाई एक्कासी कुटपिट गरेको पीडित…
नेकपा कास्कीद्वारा जनप्रतिनिधिको राजीनामा माग
पोखरा-लेखनाथ मनपालगायत कास्कीका सबै गाँउपालिकाका जनप्रतिनिधिहरूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले पत्र पठाई राजीनामा माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी कास्कीले गठन गरेको जनपरिषद कास्कीका अध्यक्ष रामकाजी गुरुङद्वारा चैत १२ गते हस्ताक्षरित पत्रमार्फत राजीनामा माग गरिएको हो । पोखरा-लेखनाथ मनपाका मेयर मानबहादुर जिसीलगायत महानगरपालिका तथा सबै गाउँपालिकाका…