प्रहरी र विद्यार्थीबिचको झडपमा १७ जना घाइते
विद्यार्थी नेताको मृत्युको विषयलाई लिएर पोखरा-लेखनाथ मनपा-१ मा रहेको पृथ्वीनारायण क्याम्पस अगाडि विद्यार्थी र प्रहरीबिच माघ २३ गते भएको झडपमा १७ जना घाइते भएका छन् । झडपमा परेर ११ जना विद्यार्थी, पाँच जना प्रहरी र एकजना पत्रकार घाइते भएका हुन् । पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य गोपाल…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोरपझोङ गाउँपालिका-१ चिमाङका ३५ वर्षीय सुनबहादुर बिकलाई माघ २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ २२ गते बलात्कार गरेको भन्दै आरोपितलाई स्थानीयबासीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए । पीडित महिलाको स्वास्थ परीक्षण माघ २३ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला…
पाँच बुँदे माग राख्दै दुई विद्यार्थी पाँच दिनदेखि आमरण अनसनमा
पोखरा-लेखनाथ मनपा-१ मा रहेको पृथ्वीनारायण क्याम्पसमा अनियमितता भएको भन्दै सोही क्याम्पसमा अध्ययनरत नरेन्द्र बसेल र कृष्ण अधिकारी माघ १४ गतेदेखि आमरण अनसनमा बसेका छन् । विज्ञान सङ्काय अन्तर्गत तेस्रो वर्षमा अध्ययनरत बसेल र कानुन सङ्काय चौथो वर्षमा अध्ययनरत अधिकारी क्याम्पस परिसर भित्रै अनसनमा बसेका हुन् । अनसनरत विद्यार्थीले सो क्याम्पसको…
प्रदेश सांसदलाई धम्की दिएको आरोपमा चार जना गिरफ्तार
प्रदेश सभाका सांसद बिन्दुकुमार थापा, कास्कीका ब्यवसायीहरू राजेशबाबु श्रेष्ठ, बोधराज गिरी र कालु गुरूङलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ । पीडित चारै जनालाई धम्की दिँदै रकम माग गरेको आरोपमा प्रहरीले स्याङ्जा टक्सार घर भई हाल पोखरा-लेखनाथ मनपा-६ बस्ने ३५ वर्षीय नलबहादुर गुरूङ, स्याङजा फेदीखोला…
बलात्कार घटनाका पीडितद्धारा उजुरी दर्ता
११ वर्षीया बालिकालाई ६० वर्षीय ज्येष्ठ नागरिकले माघ १३ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले जिल्ला प्रहरी कार्यलय कास्कीमा माघ १४ गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घटनाका आरोपितको खोजि कार्य तीव्र…
स्वास्थ्य बीमा गर्नेलाई औषधिको अभाव, स्थानीय तहले बजेट नदिँदा जिल्लाभर औषधिको अभाव
तनहुँमा स्वास्थ्य बीमा गर्ने नागरिकलाई औषधिको अभाव भएको छ । बीमा गरेबापत निशुल्क रूपमा पाउने औषधि दमौली अस्पतालमा अभाव भएको हो । सरकारले गत आर्थिक वर्ष ०७२/७३ देखि सामाजिक सुरक्षा कार्यक्रम अर्न्तर्गत स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गरेको थियो । पहिलो वर्षकैलाली, बाग्लुङ र इलाम जिल्लाबाट सुरू गरिएको कार्यक्रम आर्थिक वर्ष…
मानसिक समस्याबाट पीडितको उद्धार र सहयोगको याचना
अजिरकोट गाउँपालिका-२ खरिबोट सिस्नेका ७० वर्षीय स्यादुरे तामाङ ४० वर्षदेखि ओढारमा बस्दै आएका छन् । दिनभर गाउँमा खानेकुरा खोज्ने र राति अजिरकोट गाउँपालिका-३ हंसपुरस्थित भच्चेक बजार नजिकैको ओढारमा बस्ने गरेको उनले बताए । ४० वर्ष अघि भारतीय सेनामा भर्ना भएका तामाङ मानसिक सन्तुलन ठिक नभएपछि ओढारमा बस्दै आएका स्थानीय भिमलाल तामाङले…
दलितले उत्पादन गरेको दुध बिकेन
भिमपोखराका दलित किसानहरूले उत्पादन गरेको दुध विक्री नभएपछि चिन्तित बनेका छन् । आफूहरूले उत्पादन गरेको दुध र दुधजन्य सामग्री विक्री नभएपछि उनीहरू चिन्तित बनेका हुन् । भिमपोखराका ४२ वर्षीय चिन्तामणी सुनारले दुई ओटा भैँसी पालेका छन् । गाउँमै दुग्ध सहकारी भएपनि दलितले उत्पादन गरेको भनेर सहकारीले लिन नमानेपछि उनले घिउ…
अपाङ्गता भएका १२ वर्षको दाइलाई बोकेर दैनिक स्कुल
पालुङटार नगरपालिका-९ धुँवाकोटस्थित मदने डाँडा माध्यमिक विद्यालयमा दैनिक १० वर्षीया सुस्मिता बराम दैनिक अपाङ्गता भएका १२ वर्षीय दाजु लक्ष्मणलाई बोकेर विद्यालय आइजाई गर्छिन् । जन्मजात अपाङ्गता भएका लक्ष्मण तीन कक्षामा पढ्छन भने सुस्मिता दुई कक्षामा पढ्छिन् । 'दाइको गोडा टेक्नै मिल्दैन अनि सधैँ म आफैँ दाइलाई बोकेर स्कुल ल्याउँछु ।'-सुस्मिताले…
बालुवा उत्खनन्को समाचार सङ्कलनका क्रममा पत्रकार कैनीमाथि आक्रमण
कान्तिपुर दैनिकका गोरखा सम्वादाता २८ वर्षीय सुदिप कैनीमाथि माघ १ गते आक्रमण भएको छ । अवैध बालुवा उत्खननको समाचारको सङ्कलनको क्रममा तनहुँ जिल्ला आँवुखैरेनी गाउँपालिका-३ मा कैनीमाथि आक्रमण भएको पीडित पत्रकारले बताए । अवैध बालुवा उत्खननमा संलग्न चार जनाको समूहमा रहेका युवाहरूले कैनीमाथि आक्रमण गरेको जनाइएको छ । उनीहरूको नाम…