बलात्कारपछि हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला
१८ वर्षीया योरूना पुन (नेहा) को बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालत कास्कीले वैशाख १६ गते पोखरालेखनाथ मनपा ९ का २३ वर्षीय किर्तन खड्गी (सतिश)लाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश रमानाथ पौडेलको इजलासले किर्तनलाई बलात्कार गरेको कसुरमा ५ वर्ष र कर्तव्य ज्यानको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका-७ का ६७ वर्षीय धनबहादुर पुनलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले सोही दिन दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । पीडित बालिकालाई…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले वडा प्रहरी कार्यालय वालिङमा वैशाख १६ गते उजुरी दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ । पीडित युवतीलाई भिरकोट नगरपालिका-२ बस्ने ४५ वर्षीय फत्ते भन्ने रहमद अलिमियाले ०७४ पुस ८ गते बलात्कार गरेको पीडित युवतीले निवेदन दर्ता गराएको वडा प्रहरी कार्यालय…
निगरानी समूहको पहलमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
मानव अधिकार निगरानी समूहको पहल तथा म्याग्दे गाउँपालिकाको आयोजनामा वैशाख १३ गते म्याग्दे गाउँपालिका-६ स्थित मनपाङ स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा स्वास्थ्य परिक्षण गर्न म्याग्दे गाउँपालिका वडा नम्बर ६ र ७ का सेवाग्राही आएका थिए । म्याग्दे गाउँपालिकाकी अध्यक्ष माया रानाले स्वास्थ्य नागरिकको मौलिक हक…
दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म
समयक्रमसँगैं जातीय विभेद अन्त्य हुन थालेको चर्चा भइरहँदा बागलुङको काठेखोला गाउँपालिकाको धम्जामा दलित र गैरदलितबीचको विभेद जन्तीदेखि मलामीसम्म पुगेको छ । बागलुङ सदरमुकामबाट करिब १५ किलोमिटरको दुरीमा रहेको काठेखोला गाउँपालिका-३ धम्जामा दलित र गैरदलितहरू बिचको विभेदले 'जिउँदाको जन्ती र मर्दाको मलामी' भन्ने सामाजिक मान्यता समेत गलत सावित हुन पुगेको छ…
दमन भएको भन्दै कैदीबन्दी आन्दोलित
आफूहरू माथि दमन भएको भन्दै गोरखा कारागारका पुरूष कैदीबन्दी आन्दोलनमा उत्रिएका छन् । कारागारका नाइके र भाइनाइकेले दमन गरेको भन्दै कैदीबन्दीले वैशाख ११ गते कारागारको प्रवेशद्वारमा तालाबन्दी गरेर आन्दोलन थालेका हुन् । कारागारका चार नाइके र आठ नाइकेले उनीहरूमाथि दमन गरेको कैदीबन्दीको आरोप छ । आफूहरूलाई टेलिफोन शुल्क बढी उठाएको,…
कार्यालयमा नै स्वास्थ्य चौकी इन्चार्जमाथि जातीय भेदभाव
राइनास नगरपालिका -६ स्थित स्वास्थ्य चौकीका इन्चार्ज (हेल्थ असिसटेन्ट) २९ वर्षीय राजेश दुलाल र अनमी २२ वर्षीय वर्षा सुनारमाथि जातीय भेदभाव भएको बेसीशहरमा ०७५ साल वैशाख ९ गते आयोजित पत्रकार सम्मेलनमा जनाइयो छ । कार्यालयले ०७४ साल चैत ३० गते आयोजना गरेको सार्वजनिक कार्यक्रमपछि खाजा खाने क्रममा दलितले खाजा छोएको…
जिल्ला अस्पतालमा दरबन्दी अनुसार डक्टर छैनन्
जिल्ला अस्पताल गोरखाको क्षमता ५० शैयामा स्तरोन्नती गरिए पनि दरबन्दी अनुसार डक्टर नहुँदा बिरामी रिफर गर्नुपर्ने बाध्यता रहेको छ । १५ शैयाको अस्पताललाई २०६९ सालमा स्तरोन्नती गरिएको थियो । स्तरोन्नतीसँगै अस्पतालमा बालरोग, प्रसूति रोग, हड्डी, रेडियोलोजिष्ट, मानसिक, प्याथोलोजिष्ट र र्सजनका विशेषज्ञको दरबन्दी थप भएको थियो । दरबन्दी थप भए पनि…
कानुनी ज्ञानको अभाव हुँदा न्याय सम्पादनमा समस्या
संविधानले स्थानीय तह अन्तर्गत नगरपालिका उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी दिएपनि कानुनी ज्ञानको अभाव हुँदा न्याय सम्पादनमा समस्या भएको संयोजकहरू बताउँछन् । संवैधानिक रूपमा संयोजकको जिम्मेवारी दिए पनि अधिकांश स्थानीय निकायका न्यायिक समितिका संयोजकहरूलाई कानुनी ज्ञानको अभाव भएकाले न्याय सम्पादनमा समस्या हुने गरेको आँधिखोला गाउँपालिकाकी उपाध्यक्ष शर्मिला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेसीशहर नपा-७ का ४२ वर्षीय बुद्धिबहादुर परियारलाई वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख ६ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको…