मणिपाल अस्पतालमा झडप, १२ जना घाइते, १८ गिरफ्तार
पोखरा-लेखनाथ मनपा-११ स्थित मणिपाल शिक्षण अस्पतालका कर्मचारी र प्रहरीबिच चैत १९ गते झडप हुँदा सात जना प्रहरी र पाँच जना अस्पतालका कर्मचारी गरी १२ जना घाइते भएका छन् । घाइते हुनेमा जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी जवानहरू विपीन थापामगर, गोविन्द राजकोटी, गमबहादुर थापा, रुपलाल थापा, यमुना राजकोटी, अञ्जना घर्तीमगर…
वडा अध्यक्षद्वारा सचिवलाई कुटपिट, घटनाको विरोधमा कर्मचारीहरू आन्दोलनमा
देवघाट गाउँपालिका-४ का अध्यक्ष पदमबहादुर गुरूङले मदिरा सेवन गरी कार्यालय समयमै वडा सचिव भोजनारयण श्रेष्ठलाई कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । चैत १३ गते पौने पाँच बजे अत्याधिक मदीरा सेवन गरी कार्यालय आएका वडा अध्यक्ष गुरूङले कार्यालयको काम गरेर बसिरहेका सचिव श्रेष्ठलाई कार्यालय बाहिर बोलाई एक्कासी कुटपिट गरेको पीडित…
नेकपा कास्कीद्वारा जनप्रतिनिधिको राजीनामा माग
पोखरा-लेखनाथ मनपालगायत कास्कीका सबै गाँउपालिकाका जनप्रतिनिधिहरूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले पत्र पठाई राजीनामा माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी कास्कीले गठन गरेको जनपरिषद कास्कीका अध्यक्ष रामकाजी गुरुङद्वारा चैत १२ गते हस्ताक्षरित पत्रमार्फत राजीनामा माग गरिएको हो । पोखरा-लेखनाथ मनपाका मेयर मानबहादुर जिसीलगायत महानगरपालिका तथा सबै गाउँपालिकाका…
हत्या घटनाका आरोपित गिरफ्तर
पोखरा-लेखनाथ मनपा-९ नयाँबजारकी पाँच वर्षीया बिहानी थापाको हत्या गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । बिहानी थापा चैत ११ गते राति देखि हराएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको प्रहरीले जनायो । पोखरा-लेखनाथ मनपा-९ को एक ग्यारेजमा काम गर्ने बालकले खेलौना बिगारिदिएको भन्दै टाउकोमा ढुङगा प्रहार गरेपछि…
संविधानमा लेखिएका विषय कार्यान्वयन गर्नुपर्नेमा जोड
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिला स्वयम् आफ्नो हक र अधिकारका लागि नबोल्दासम्म संविधानमा लेखिएका अक्षरले मात्रै समानता नल्याउने बताएका छन् । उनले संविधानमा लेखिएका विषयलाई अक्षरस कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । 'सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुल आधार महिलाको आफ्नो शरीर, श्रम र पहिचानमा आफ्नो अधिकार' भन्ने नारासहित…
आफ्नो विरूद्ध समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की
नेपाल पत्रकार महासंघ, पर्वतका अध्यक्ष तथा नागरिक राष्ट्रिय दैनिकका पर्वत संवाददाता पैयू गाउँपालिका-७ बस्ने छविलाल तिवारीले आफूविरूद्ध समाचार लेखेको आरोपमा स्थानीय ठेकेदार राजेन्द्र भण्डारीले चैत १ गते धम्की दिएको भन्दै चैत २ गते प्रहरीमा उजुरी दिएका छन् । मोदी गाउँपालिका-१ र कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिका-८ जोड्ने भुरूङ्दी खोलामा निर्माण हुन…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ चन्द्रागिरी नपा-२ नैकापका २० वर्षीय मनिष मल्ललाई फागुन ३० गते गिरफ्तार गरेको छ । त्यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला निजगढ नपा-४ स्थायी घर भएका २० वर्षीय अर्जुन खत्री र १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा वडा प्रहरी…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
सिरानचोक गाउँपालिका-२ का २२ वर्षीय रविन गुरूङ र सोही ठाउँकी २१ वर्षीया सविना गुरूङलाई वहुविवाह गरेको आरोपमा प्रहरीले फागुन ३० गते गिरफ्तार गरेको छ । आरोपितद्वयले फागुन २९ गते बहुविवाह गरेको आरोपमा २५ वर्षीया अनिता गुरूङले फागुन ३० गते प्रहरीमा उजुरी दिएकी थिइन् । आफू घरमा हुँदाहुँदै पतिले अर्को विवाह…
बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले पालुङटार नपा-२ आँपपीपलका ३९ वर्षीय प्रेम श्रेष्ठविरूद्ध फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले फागुन २५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको हो । आरोपितलाई प्रहरीले फागुन ३० गते नै गिरफ्तार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अर्का १५ वर्षीय बालकलाई चैत १ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले गत फागुन २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय कास्कीमा फागुन ३० गते उजुरी दिएको थियो । पीडित बालकको स्वास्थ्य परीक्षण पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा…