कुवाको पानी थाप्न घण्टौँ लाइन बस्छन् नगरबासी
बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारबाट आधा घण्टाको दुरीमा रहेको भिरलाङखुरीका स्थानीयको दिन र रात पानीको लाइन बसेरै बित्ने गरेको छ । जिल्ला सदरमुकामको नजिक भएर पनि यहाँका स्थानीयहरू रात र दिन गरेर दैनिक २२ घण्टा कुवाको पानीमा लाइन बस्न बाध्य छन् । बागलुङ नपा–६ मा पर्ने यस स्थानका १ सय…
विद्यालय भवन निर्माणमा लापरवाही हुँदा विद्यार्थी टहरामा पढ्दै
धार्चे गाउँपालिका–७ लापुको कालरात्री माध्यामिक विद्यालयको भवन निर्माणमा लापरवाही हुँदा विद्यार्थीहरू निकै सकसले टहरोमा पठन पाठन गर्न बाध्य छन् । असल छिमेकी (गुड नेभर्स) नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले स्न २०१७ को डिसेम्बरसम्म विद्यालय भवन निर्माण गरिसक्ने भन्दै शिक्षा मन्त्रालयसँग निर्माणको जिम्मा लिएको थियो । गुड नेभर्सले स्थानीय गैरसरकारी संस्था पद्घति…
विद्युत कार्यालय तोडफोड, जनप्रतिनिधि सहित चार गिरफ्तार
बेनी बजार स्थीत नेपाल विद्युत प्राधिकरणका म्याग्दी वितरण केन्द्रको कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले जिल्ला समन्वय समिति म्याग्दीका सदस्य सहित चार जनालाई गिरफ्तार गरेको छ । जिल्ला समन्वय समिति म्याग्दीमा राप्रपाका तर्फबाट निर्वाचित सदस्य बेनी नपा–७ का ५० वर्षीय हरिबहादुर शाक्य सहित चार जनालाई प्रहरीले गिरफ्तार गरेको हो । जेठ…
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चापाकोट नगरपालिका-९ का ५५ वर्षीय रामभक्त आचार्यविरूद्ध पीडित पक्षले वडा प्रहरी कार्यालयमा जेठ २१ गते उजुरी दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको भनी पीडित पक्षले निवेदन दर्ता गराएको वडा प्रहरी कार्यालय वालिङका सई…
बलात्कार र यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका-७ का २० वर्षीय बाबुराम परियारलाई जेठ २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडित पक्षको मौखिक उजुरीलगत्तै आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेर…
बालविवाह न्यूनीकरणसम्बन्धी सडक नाटक 'बालिका' प्रदर्शन
इन्सेक र जिल्लास्तरीय युवा समूहको आयोजनामा डिस्ट्रिक इभेन्ट अर्गनाइजरको प्रस्तुती रहेको बाल विवाह न्यूनीकरणसम्बन्धी सडक नाटक 'बालिका' जेठ २० गते म्याग्दे गाउँपालिका-२ जामुनेस्थित राधा माविमा प्रदर्शन गरिएको छ । बालविवाहको कारण बालक तथा बालिकाको शिक्षा, स्वास्थ्य र उनीहरूको जीवन तथा परिवारमा पर्न सक्ने असरको बारेमा विद्यालयका बालबालिकालाई जानकारी दिने उद्देश्यले…
नौ महिनासम्म पनि गुनासो सम्बोधन नभएको भुकम्प पीडितहरूको गुनासो
वास्तविक भूकम्प पीडित भएर पनि लाभग्राही सूचीमा नाम समावेश नभएको भन्दै गुनासो फर्म भरेकाहरूको गुनासो नौ महिना बित्दा समेत सम्बोधन हुनसकेको छैन । लाभाग्राही सूचीमा नाम समावेश नभएको भन्दै जिल्लाका १२ हजार ३ सय २२ जना भुकम्प पीडितले गुनासो फर्म भरेका छन् । गत वर्षको भदौ पहिलो सातादेखि कात्तिक मसान्तसम्म…
एक्जाभेटरमा अज्ञात समूहद्वारा आगजानी
फलेवास नगरपालिकामा बाटो खन्दै गरेको एक्जाभेटरमा अज्ञात समूहले आगो लगाएका छन् । जेठ १८ गते राति ११ बजेको समयमा फलेवास नगरपालिका-५ खानीगाउँमा सडकमा रोकेको कुश्मा कन्ट्रक्सन प्रालिको एक्जाभेटरमा आगजानी भएको हो । पेट्रोल खन्याएर एक्जाभेटरमा आगो लगाइएको पाइएको प्रहरीले जनाएको छ । आगालागीबाट एक्जाभेटर पूर्ण रूपमा क्षति भएको छ ।…
अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी
अज्ञात समूहले जेठ १९ गते बिहान आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा पार्किङ गरिराखेको ग १ क ३१८८ नम्बरको एक्जाभेटरमा आगो लगाई क्षति पुर्याएको छ । पृथ्वि राजमार्गको किनारमा राति पार्किङ गरेको सो एक्जाभेटरमा आगो लागिरहेको अवस्थामा बिहान १ बजे गस्तीमा हिँडेको प्रहरी टोलीले भेट्टाएको इलाका प्रहरी कार्यालय आबुँखैरेनीका इन्स्पेक्टर सन्तोष रोकाले बताए…
कक्षाकोठा अभावमा खुला आकाशमुनि पढ्छन् जनवादीका विद्यार्थी
विद्यालयको भौतिक संरचना नहुँदा बागलुङको पश्चिम ढोरपाटनमा रहेको जनवादी आधारभुत विद्यालयका बालबालिका खुल्ला आकाशमुनी पढ्न बाध्य भएका छन् । कक्षा १ देखि ८ सम्म पढाइ हुने यस विद्यालयमा ४ सय बालबालिका अध्ययनरत छन् । [caption id="attachment_10623" align="aligncenter" width="712"] khula aakas[/caption] यति धेरै सङ्ख्यामा विद्यार्थी रहेको विद्यालयमा पाँच ओटामात्र जीर्ण कोठा…