बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई असार ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले गत जेठ २५ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले असार ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाका आफन्तले उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला…

२०७५ असार ४, सोमबार २१:३३ गते  
गरिबीका कारण २ सय ५० जना दलित बालबालिका विद्यालय बाहिर

भौगोलिक विकटता, गरिबी र विद्यार्थी भर्ना अभियान प्रभावकारी नहुँदा लमजुङका २ सय ५० जना दलित बालबालिका विद्यालय बाहिर रहेको शिक्षा विकास तथा समन्वय इकाइको तथ्याङ्कले जनाएको छ । सरकारले वैशाख महिनाभर विद्यालय भर्ना अभियान चलाएपनि २ सय ५० जना दलित बालबालिका र २ सय २५ अन्य समुदायको बालबालिका गरी ४…

२०७५ जेष्ठ ३१, बिहीबार २१:४८ गते  
गाउँपालिकामा इञ्जिनियर नहुँदा भूकम्प प्रभावितलाई सास्ती

गाउँपालिकामा इञ्जिनियर नहुँदा भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत भुकम्प पीडितले घर बनाउन नसकेपछि सास्ती बेहोर्नु परेको छ । इञ्जिनियर नहुँदा भूकम्प पीडितले घर बनाउन सकेका छैनन् । प्रविधिक नहुँदा स्याङ्जाको भूकम्प प्रभावित हरिनास गाउँपालिकाका ५ सय ७० जना भूकम्प पीडितलाई आवासको समस्या भएको छ । पुनर्निर्माण प्राधिकरणले तीव्र गतिमा काम…

२०७५ जेष्ठ ३१, बिहीबार २१:४६ गते  
नेपाल विद्यार्थी सङ्घ र प्रहरीबिच झडप दुई प्रहरीसहित ११ जना घाइते

सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धि र इन्टरनेटको मुल्य बृद्धिको विरोधमा नेपाली कङ्ग्रेसनिकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले निकालेको मसाल जुलुसमा प्रहरी र विद्यार्थीबिच झडप भएको छ । बिद्यार्थीले ०७५ जेठ २९ गते साँझ पोखरा-लेखनाथ मनपा-१ पृथ्वीनारायण क्याम्पस चोकबाट निकालेको मसाल प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबिच झडप…

२०७५ जेष्ठ ३०, बुधबार १४:२३ गते  
बालसुधार गृहमा रहेका एक बालकद्वारा आत्महत्या

पोखरा-लेखनाथ मनपास्थित सराङकोट बालसुधार गृहमा रहेका भोजपुर जिल्ला तिवारी भञ्ज्याङ् गाउँपालिका-९ का १६ वर्षीय सुमन कोइरालाले झुण्डिएर आत्महत्या गरेको सुधार गृहले जनाएको छ । जेठ २९ गते सुधारगृहकै शौचालयमा झुण्डिएको अवस्थामा भेटेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सराङकोट बालसुधार गृहका कानुन अधिकृत विश्वशेर ढकालले बताए । भोजपुर…

२०७५ जेष्ठ ३०, बुधबार १४:२२ गते  
बालरोग विशेषज्ञ डक्टर नहुँदा उपचारमा समस्या

जिल्ला सामुदायिक अस्पतालमा बालरोग विशेषज्ञ डक्टर नहुँदा जिल्लामा रहेका बिरामी बालबालिकाको उपचारमा समस्या भएको छ । गर्मी मौसममा बालबालिका बढी बिरामी हुने गरेको भएपनि बालरोग विशेषज्ञ डक्टर नभएका कारण बिरामीलाई उपचारका लागि काठमाडौँ र पोखरा पुर्‍याउनु पर्ने बाध्यता रहेको छ । बेसीशहर नपा-३ बस्ने सन्तुमाया दुलालले बालरोग विशेषज्ञ नभएका कारण…

२०७५ जेष्ठ ३०, बुधबार १३:४४ गते  
बृद्धाश्रम र दिवा सेवा केन्द्रको वर्गीकरण गर्न आवश्यकः वस्ती

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाशचन्द्र वस्तीले राज्यले वृद्धाश्रम र दिवा सेवा केन्द्रको वर्गीकरण गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले जेठ २९ गते पोखरामा आयोजना गरेको बृद्धाश्रम/ज्येष्ठ नागरिक हेरचाह केन्द्रमा आश्रति ज्येष्ठ नागरिकहरूको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वस्तीले सो कुरा बताएका हुन् । वस्तीले ज्येष्ठ…

२०७५ जेष्ठ ३०, बुधबार १३:४३ गते  
वार्षिक समीक्षा तथा योजना बैठक सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को वार्षिक समीक्षा तथा योजना बैठक जेठ २९ गतेबाट पोखरामा सुरू भएको छ । दुई दिन चल्ने बैठकमा इन्सेकले सञ्चालन गर्दै अएको विभिन्न कार्यक्रमहरू अन्तर्गत एक वर्ष भर सम्पन्न भएका गतिविधि र आगामी वर्षको कार्य योजनाको बारेमा छलफल गरिने इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।…

२०७५ जेष्ठ २९, मंगलवार २३:५७ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

६० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा राइनास नपा-१० का ५१ वर्षीय काशीनाथ न्यौपाने विरूद्ध जेठ २७ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यलय, लमजुङमा उजुरी दर्ता गराएको छ । पीडित महिलालाई आरोपितले जेठ १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, लमजुङका डिएसपी यादव ढकालले जानकारी दिए…

२०७५ जेष्ठ २८, सोमबार २१:५१ गते  
दलित बस्तीमा इन्सकेको सार्वजनिक सुनुवाइ

शहिद लखन गाउँपालिका-१ वक्राङको दलित वस्तीमा सार्वजनिक सुनुवाइ कार्यक्रम जेठ २६ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार सञ्जालको आयोजनामा गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रमका अधिकांश वक्ताहरूले नौ महिनासम्म गुनासो सम्बोधन नहुँदा आफुहरू अलमलमा परेको गुनासो गरेका छन् । आफ्नो जस्तै घर भत्किएकाले घर बनाउन…

२०७५ जेष्ठ २८, सोमबार १०:३७ गते