नवलपरासी वर्दघाट सुस्ता पूर्व अस्पताल नहुँदा बिरामी मारमा

नवलपरासी (वर्दघाट सुस्ता पूर्व) नवलपुरमा जिल्ला अस्पताल नहुँदा जिल्लाका सर्वसाधारणहरू उपचारको लागि अन्य जिल्ला पुग्नु पर्ने बाध्यता रहेको छ । नयाँ जिल्लाको रूपमा स्थापना भएको एक वर्षभन्दा बढी हुँदा समेत जिल्ला अस्पताल स्थापना हुन सकेको छैन । नवलपुरमा आईसियु कक्ष सहितको अस्पताल समेत नहुँदा यहाँका सर्वसाधारणहरू समान्य बाहेक सबै जसो…

२०७५ भाद्र ११, सोमबार १६:३६ गते  
इन्सेक गण्डकी प्रदेश संयोजक सम्मानित

मानव अधिकारका क्षेत्रमा योेगदान पुर्‍याएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेललाई भदौ ९ गते स्थानीय पत्रकार नेपाल काठमाडौँले सम्मान गरेको छ । स्थानीय पत्रकार नेपाल काठमाडौँले भदौ ९ गते पोखरामा आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, राष्ट्रिय…

२०७५ भाद्र १०, आईतवार ०७:२७ गते  
आर्थिक अभावका कारण सुरक्षित घर निर्माण अलपत्र

हिंसापीडित महिला तथा बालबालिकाहरूका लागि आश्रयस्थल बनाउने उद्धेश्यले दुई वर्षअघि निर्माण थालनी गरिएको पर्वत सदरमुकाम कुश्मा बडागाउँस्थित सुरक्षित घर निर्माण कार्य अलपत्र परेको छ । घर निर्माणका लागि बोलकबुल गरेको रकम उठ्न नसकेपछि निर्माण कार्य अघि बढ्न नसकेको जनाइएको छ । महिला तथा बालबालिका विभिन्न घटनाबाट पीडित बन्ने क्रम बढ्दै…

२०७५ भाद्र ९, शनिबार ०९:४३ गते  
कुटपिट गरेको आरोपमा पति गिरफ्तार

सुन्दरबजार नगरपालिका–४ की ४९ वर्षीया ४९ वर्षीय रामेश्वरी खनाललाई कुटपिट गरेको आरोपमा प्रहरीले ५५ वर्षीय पति बुद्धराज खनियालाई भदौ ८ गते गिरफ्तार गरेको छ । पीडित महिलाले भदौ ४ गते जिल्ला प्रशासन कार्यलयमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र अधिकारीले बताए । पीडितलाई…

२०७५ भाद्र ९, शनिबार ०६:०० गते  
जनप्रतिनिधि र निगरानी समूहका सदस्यलाई क्षमता अभिबृद्धि तालिम सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्कीको अन्नपुर्ण गाउँपालिकामा मानव अधिकार निगरानी समूहका सदस्य तथा जनप्रतिनिधिहरूलाई क्षमता अभिबृद्घिसम्बन्धी दुई दिने तालिम भदौ ७ गतेबाट सुरू भएको छ । अन्नपुर्ण गाउँपालिकाका वडा नम्बर २ र ३ मा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी परियोजना)…

२०७५ भाद्र ७, बिहीबार १६:४८ गते  
होस्टेलमा हल्ला गरेको आरोपमा प्रधानाध्यापकद्वारा कुटपिट

व्यास नपा-३ दमौली स्थित बाराही आवासीय बोर्डिङ स्कुलका प्रधानाध्यापक लक्ष्मण ताम्राकारले होस्टेलमा हल्ला गरेको भन्दै तीन छात्रामाथि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडितका अनुसार प्रधानाध्यापक ताम्राकारले विद्यालयकै होस्टेलमा बस्ने कक्षा १० मा अध्ययनरत १६ वर्षीया कविता आले, एकिका आले र कृष्टिना श्रेष्ठलाई भदौ ६ गते बिहान कुटपिट…

२०७५ भाद्र ७, बिहीबार १४:३७ गते  
अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा सुविधा पाएनन्, छुट माग्दा दुर्व्यवहारको गुनासो

अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकहरूले सार्वजनिक यातायातका साधनहरूमा सुविधा पाउनुपर्ने भनी ऐनमा व्यवस्था भएपनि बागलुङमा जिल्लामा रहेका नागरिकहरूले सुविधा पाउन सकेका छैनन् । जिल्लाका कार्यक्रमहरूमा अपाङ्गता भएकाहरूले आवाज उठाउने गरेको भएपनि तत्कालै प्रक्रिया अनुसार उजुरी नगरेका कारणले पीडकहरूमाथि कारबाही गर्न नसकेको सरोकारवालाहरूको भनाई छ । पर्वत सदरमुकाम कुश्मादेखि बागलुङ…

२०७५ भाद्र ६, बुधबार १६:४५ गते  
रकम अभावमा नौ वर्षदेखि महिला बन्दी गृह अलपत्र

आवश्यक बजेट निकासा नभएपछि पर्वतस्थित धौलागिरिकै पहिलो निर्माणधीन महिला बन्दी गृह अलपत्र परेको छ । निर्माण सुरू भएको नौ वर्ष बितिसक्दा पनि रकम निकासा नहुँदा पर्वत कारागारमा निर्माणाधीन अवस्थामा रहेको बन्दीगृह निर्माण कार्य प्रभावित बनेको हो । १५ जना क्षमताको सो बन्दी गृहका लागि आवश्यक ७२ लाख रुपियाँमध्ये १४ लाख…

२०७५ भाद्र ४, सोमबार २०:३८ गते  
इन्सेकको पहलमा ५८ वर्षीया शान्ताले नागरिकता पाइन्

बेसिशहर नगरपालिका–३ की शान्ता परियारले ५८ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त गरेकी छन् । इन्सेकको पहलमा उनले नागरिकता प्राप्त गरेकी हुन् । २५ वर्ष पहिले ठेगाना नखुलेका ६० वर्षीय शन्तकुमार श्रेष्ठसँग प्रेम विवाह गरेकी शान्ताले नागरिकता बनाइदिन माग गरेपछि १० वर्षदेखि पति फरार रहेका थिए । शान्ताका दुई…

२०७५ भाद्र ३, आईतवार २०:०८ गते  
मानव अधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकारमैत्री कानुन निर्माणका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय तथा शान्तिका लागि नागरिक समाजको सञ्जालले साउन ३१ गते पोखरामा आयोजना गरेको मानव अधिकारमैत्री कानुन निर्माणमा प्रदेश सरकारको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै…

२०७५ श्रावण ३१, बिहीबार १६:३३ गते