गाउँपालिका अध्यक्षमाथि आक्रमणको प्रयास

हरिनास गाउँपालिकाका अध्यक्ष ३४ वर्षीय खिम नारायण मानन्धरलाई अज्ञात समूहले आक्रमणको प्रयास भएको पीडित पक्षले जनाएको छ । भदौ १३ गते बेलुकी गाउँपालिकाको कार्यालयबाट घरतर्फ आउँदै गर्दा हरिनासको जङ्गलमा मानन्धरमाथि आक्रमणको प्रयास भएको पीडितले बताए । गाउँपालिकाले घटनाको भत्र्सना गर्दै दोषी पहिचान गरी कारबाही गर्न माग गरेको छ । गाउँपालिका…

२०७५ भाद्र १५, शुक्रबार १२:३१ गते  
'अन्तर्राष्ट्रिय बेपत्ता दिवस'का अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

“बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस” का अवसरमा कास्कीमा विभिन्न कार्यक्रमको आयोजना गर्दै भदौ १४ गते दिवस मनाइएको छ । दिवसका क्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय, नेपाल रेडक्रस सोसाईटी कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गण्डकी प्रदेश कार्यालयलगायतका विभिन्न सङ्घसंस्था सदस्य…

२०७५ भाद्र १५, शुक्रबार १०:२५ गते  
गरिबीका कारण विद्यालय छोड्न बाध्य छन् ढोरपाटनका विद्यार्थी

वर्षभरि काम नगरे खान नपुग्ने समस्याका कारण बागलुङको पश्चिम ढोरपाटनका बालबालिकाहरू सामान्य काम गर्न सक्ने भएपछि विद्यालय छोड्छन् । सानो कक्षामा पढ्ने विद्यार्थीहरू उल्लेख्य भएपनि पाँच कक्षाभन्दा माथि पुगेपछि बालबालिकाको सङ्ख्या घट्ने गरेको शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्कले देखाउँछ । अभिभावकसँगै मेलापात गर्ने, गाईवस्तु चराउने र घर कुर्ने यहाँका…

२०७५ भाद्र १५, शुक्रबार ०५:२२ गते  
आन्दोलनकारीप्रति प्रहरीको लाठीचार्ज, चार जना घाइते

पुनर्वहालीको माग राख्दै आन्दोनरत् सामाजिक परिचालकहरू माथि प्रहरीले भदौ १३ गते पोखरामा लाठिचार्ज गरेको छ । जिल्ला प्रशासन कार्यलय, कास्की अगाडि आन्दोलन गरिरहेका सामाजिक परिचालकमाथि प्रहरीले लाठिचार्ज गर्दा चारजना सामाजिक परिचालक घाइते भएका छन् । घाइते हुनेमा कास्कीको पोखरा महानगरपालिका स्थित वडा नम्बर ९ की सामाजिक परिचालक २५ वर्षीया भावना…

२०७५ भाद्र १३, बुधबार १६:५६ गते  
बेनी घटनाका घाइतेले राहत कुर्दै १५ वर्षबिताए !

तत्कालीन द्वन्द्वरत पक्ष नेकपा माओवादीले ०६० चैत ७ गते राति बेनी आक्रमण गर्दा बमको छर्रा लागेर दाहिने गोडा गुमाएका बेनी नपा-८ बस्ने ६० वर्षीय कृष्णलाल श्रेष्ठले १५ वर्षबितिसक्दा पनि राहत नपाएको गुनासो गरेका छन् । जिल्ला अदालतमा सहयोगी पदमा कार्यरत् श्रेष्ठ ड्यूटीकै समयमा आक्रमण भएपछि भाग्न लाग्दा घाइते भएका थिए…

२०७५ भाद्र १३, बुधबार १५:५५ गते  
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२२ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार भएको भन्दै पीडित पक्षले चितवन घर भई देवचुली नपा-१७ का २८ वर्षीय विष्णु बस्नेतविरूद्ध भदौ ११ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएका छन् । पीडित पक्षले दिएको उजुरीमा आरोपितले पीडितलाई भदौ ८ गते बलात्कार गरेको उल्लेख गरिएको जिल्ला प्रहरी…

२०७५ भाद्र १३, बुधबार १२:२३ गते  
पाँच दिनदेखि हराइरहेकी नवजात शिशुको शव फेला, आमाले हत्या गरेको आरोप

भदौ ८ गतेदेखि हराइरहेकी सिरानचोक गाउँपालिका–२ थालाजुङकी ११ दिने नवजात शिशुको शव भदौ १२ गते सोही ठाउँस्थित मृतकको घर छेउमै गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । छोरीको हत्या गरेको आरोपमा प्रहरीले १७ वर्षीया ‘बालिका आमा’लाई प्रहरीले भदौ ९ गतेदेखि नै नियन्त्रणमा लिएको थियो । ११ दिने छोरीको हत्या…

२०७५ भाद्र १२, मंगलवार २०:३० गते  
क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलय, पोखराको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि क्षमता अभिवृद्धि तालिम भदौ १२ गते सम्पन्न गरिएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम (इएलपी परियोजना) अन्तर्गत कास्कीको अन्नपुर्ण गाउँपालिकामा रहेका विद्यालयहरूमा गठित बाल अधिकार चेतना समूहका सदस्य र…

२०७५ भाद्र १२, मंगलवार १६:१७ गते  
पीडित परिवारको न्यायको सुनिश्चित गर्न अधिकारकर्मीद्वारा सरकारसँग माग

पछिल्लो समयमा देशका विभिन्न स्थानहरूमा श्रृङ्खलाबद्ध रूपमा बालिका र महिलामाथि बलात्कार र बलात्कारपछि भएका हत्याका घटनामा आरोपितलाई गिरफ्तार गरी कानुन बमोजिम कडा सजाय र पीडित तथा पीडित परिवारलाई न्यायको सुनिश्चित् गर्न अधिकारकर्मीले सरकारसँग माग गरेका छन् । शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखरा, गैसस महासङ्घ नेपाल कास्की, अनौपचारिक क्षेत्र सेवा…

२०७५ भाद्र १२, मंगलवार १४:३० गते  
प्रहरी परिसरमै अधिकारकर्मी माथि कुटपिट, आरोपित गिरफ्तार

अधिकारकर्मी तथा अन्तरपार्टी महिला सञ्जाल पर्वतकी अध्यक्ष मनरूपा शर्मा सुवेदीलाई कुटपिट गरेको आरोपमा प्रहरीले कुश्मा नपा-१ पाङका ३० वर्षीय गणेश अर्याललाई भदौ १२ गते गिरफ्तार गरेको छ । भदौ ११ गते अर्यालकी जेठी पत्नी मेनका अर्यालले दिएको उजुरीका सम्बन्धमा छलफल गर्ने क्रममा अन्तरपार्टी महिला सञ्जाल पर्वतकी अध्यक्ष रहेकी मनरूपा शर्मा…

२०७५ भाद्र १२, मंगलवार १४:२३ गते