इच्छाशक्तिको अभाव नै पहुँचयुक्त संरचना निर्माणमा बाधकः मन्त्री बस्नेत
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र अपाङ्गता स्वाबलम्बन विकास सङ्घ (डिडा) नेपालको संयुक्त आयोजना तथा पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोगमा असार १५ गते पोखरामा पहुँचयुक्त शहर विकास प्रवर्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा प्रदेश चारका भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जनचेतना र इच्छाशक्तिको…
बलात्कार प्रयासका आरोपितविरूद्ध प्रहरीमा उजुरी
६५ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा बेशीशहर नगरपालिका-३ का ३५ वर्षीय खुशु भुजेलविरूद्ध प्रहरी कार्यलयमा असार १५ गते उजुरी दर्ता गरिएको छ । पीडित महिलालाई आरोपितले असार १४ गते बलात्कारको प्रयास गरेको उजुरीमा खुलाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादव ढकालले बताए । पीडित महिलालाई आरोपितले बलात्कारको प्रयास गर्न खोज्दा…
जनचेतना र शिक्षाको कमी मानव अधिकार उल्लङ्घनको कारकः मन्त्री पुन
प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले जनचेतना र शिक्षाको अभावका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना दिनप्रतिदिन बढिरहेको बताएकी छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालयले असार १४ गते पोखरामा आयोजना गरेको 'मानव अधिकार अवस्था' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले सो कुरा बताएकी…
शिक्षा क्षेत्रको सुधारका लागि सबैजनाको सहयोग आवश्यकः क्षेत्री
जिल्ला समन्वय समिति, कास्कीका अध्यक्ष बैनबहादुर क्षेत्रीले शिक्षा क्षेत्रमा हुने कमी कमजोरी सुधारका लागि सबैजनाको सहयोग अपरिहार्य भएको बताएका छन् । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल कार्यक्रम अन्तर्गत इन्सेक कार्यालय, पोखराले असार १२ गते पोखरामा आयोजना गरेको शिक्षाको अधिकारसम्बन्धी राज्यको नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था विषयक…
माझी दम्पतिको पीडाः दिनभरि गासको चिन्ता, रातभरि बासको !
कुश्मा नपा-१ भएर बग्ने कालीगण्डकी किनारको छेउमा एउटा माझी बस्ती छ । जहाँ लालपुर्जा बिनाका २८ माझी परिवार मजदुरी गरेर बस्दै आएका छन् । ति मध्ये एक दम्पति परिवारको कथा दर्दनाक छ । दिनभरि गासको जोहो गर्न बालुवा र ढुङ्गा गिट्टीको काम गर्न बिहानै निस्किने दम्पतिलाई बेलुकी बस्ने बासको समस्याले…
कुटपिट गरी आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार
भिमसेन थापा गाउँपालिका-१ मसेल स्थित माझथोककी ६३ वर्षीया विवा विश्वको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय छोरा राजेश विश्वलाई असार ९ गते गिरफ्तार गरेको छ । गत जेठ २४ गते छोराको कुटाइबाट अपाङ्गता भएकी आमा ६३ वर्षीया विवा विश्व घाइते बनेकी थिइन् । छोराको कुटाइबाट घाइते बनेकी विवाको ९ गते…
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ९ गते बाग्लुङमा सम्पन्न गरिएको छ । कार्यक्रममा बाग्लुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तले ६ महिनाको अवधिमा जिल्लामा अभिलेख गरिएका ३० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सरोकारवालामाझ प्रस्तुत गरेकी छन् । जसमध्ये घरेलु हिंसाका २४ वटा, बलात्कारका तीन, बलात्कार…
'पीडितले न्याय पाए की पाएनन्, नागरिक निगरानी बढाउनुस्'-सरोकारवाला
बहुविवाह र बलात्कारका घटना बढेकामा सरोकारवाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाको असार ८ गते गरिएको अर्धवार्षिक समीक्षा कार्यक्रमका सहभागीहरूले जटिल प्रकारका बलात्कार र बलात्कार प्रयासका घटनाको न्यूनीकरणका लागि जिल्लामा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएका…
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा असार ८ गते कास्कीमा सम्पन्न भएको छ । कार्यक्रममा कास्की जिल्ला प्रतिनिधि संगीता भाटद्वारा नेपाल मानव अधिकार वर्षपुस्तकका लागि सन् २०१८ को जनवरीदेखि जुनसम्म सङ्कलित गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदनमाथि छलफल गरिएको थियो । प्रस्तुत गरिएका…
नेपाल मानव अधिकार वर्षपुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा मानव अधिकार वर्षपुस्तक-२०१९ का लागि सङ्कलित घटनाहरूको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार ८ गते बेनीमा सम्पन्न गरिएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी शोभाखर पोखरेलले आम नागरिकलाई कानुनी सेवा कसरी लिने भन्ने जानकारी कम भएकाले त्यसतर्फ इन्सेक लगायतका सङ्घसंस्थाहरूले पहल गर्नुपर्ने बताए…