एम्बुलेन्स मर्मत नहुँदा ग्रामीण क्षेत्रका बिरामीलाई समस्या

मर्मतका लागि आर्थिक अभाव भएपछि पर्वतको फलेवास नपा-११ पाङराङ स्वास्थ्य चौकीमा प्रदान गरिएको एम्बुलेन्स ६ महिनादेखि स्वास्थ्य चौकी परिसरमै थन्किएको छ । एम्बुलेन्सले सेवा प्रदान नगरेपछि करिब डेढ वर्षअघि गाउँमा एम्बुलेन्स भित्रिँदा हर्षित पाङराङलगायत सो क्षेत्रका सर्वसाधारण अहिले निरास छन् । ग्रामीण क्षेत्रको कच्ची सडकमा करिब १ वर्षसम्म आकस्मिक बिरामीलाई…

२०७५ श्रावण १५, मंगलवार १४:३८ गते  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा मनपा–२७ की ५५ वर्षीया सुन्तली कुमाललाई गैँती प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ६३ वर्षीय पति कमल कुमाललाई साउन १४ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा साउन १४ गते दिउँसो कुमालले पत्नीलाई गैँती प्रहार गर्दा पत्नीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी रविन्द्रमान गुरुङले बताए ।…

२०७५ श्रावण १४, सोमबार २०:४६ गते  
नगरपालिकामा न्याय माग्न जाँदा पनि कर तिर्नु पर्ने

व्यास नगरपालिकामा न्याय माग्न जाँदा पनि कर तिर्नु पर्ने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगर परिषदले आर्थिक वर्ष ०७५/७६ को लागि निर्धारण गरेको करको सूचीमा न्याय समितिमा उजुरी दर्ता गर्दा पनि कर लाग्ने बनाएको छ । कुनै नागरिकले नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गर्न गएमा १ सय रुपियाँदेखि २…

२०७५ श्रावण १३, आईतवार २१:१० गते  
पहिरोले पुस्तक र पोशाक पुर्‍यो, दाताको नजरमा खाद्यन्न र लत्ताकपडा राहत

बर्खाको मौसम सुरू भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरो गइरहेका छन् । बाढी पहिरोमा मानवीय र भौतिक क्षति भएका समचार प्रकाशन भइरहेको बेला बालबालिकाहरूका पाठ्यपुस्तक र पोशाक पनि बाढीले बगाएका छन् भने पहिरोले पुरेका छन् । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारमा आएको भेलले घर, स्वास्थ्य संस्थामात्र पुरेन यहाँका ४० भन्दा…

२०७५ श्रावण १२, शनिबार २१:३० गते  
यौन हिंसा गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार

विद्यालयमा अध्ययनरत बालबालिकालाई अप्राकृतिक यौन अपराध गरेको आरोपमा फलेवास नपा-६ देविस्थानमा सञ्चालित माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक खिमप्रसाद शर्मालाई साउन ६ गते गिरफ्तार गरेको छ । ५० वर्षीय प्रधानाध्यापक खिमप्रसाद शर्माले विद्यालयमा विगत एक वर्षदेखि ७ वर्षदेखि १२ वर्षसम्मका ४ जना बालिकालाई यौन हिंसा गरेको आरोप लागेको छ । छोरी टोलाउने,…

२०७५ श्रावण ८, मंगलवार १५:०८ गते  
विद्यार्थी आन्दोलनका कारण एक सातादेखि पठनपाठन बन्द

विद्यार्थीको आन्दोलनका कारण सुन्दरबजार नपा-७ स्थित जिल्ला कृषि क्याम्पसमा विगत एक साता देखि पठनपाठन बन्द भएको छ । क्याम्पस प्रशासनसँग व्यवस्थित छात्राबास, शुद्ध खानेपानी र प्रविधिमैत्री क्याम्पसको माग गर्दै नेकपा र नेपाली कङ्ग्रेस निकट विद्यार्थीहरूले संयुक्त रूपमा आन्दोलन गरेको नेकपा निकट विद्यार्थी नेता शिशिर सिंह बोहराले बताए । विद्यार्थीले उठाएको…

२०७५ श्रावण ८, मंगलवार १५:०७ गते  
महिला तथा बालबालिका कार्यालय खारेजीको प्रभावः अल्पकालिन सेवा केन्द्र बन्द

हिंसा पीडित महिला तथा बालबालिकाहरूको लागि विगत १० वर्षदेखि ‘सेफ हाउस’का रूपमा सेवा दिँदै आएको अल्पकालिन महिला सेवा केन्द्र बन्द भएपछि आश्रित पीडित महिला अलपत्र परेका छन् । घरेलु तथा यौनजन्य हिंसाबाट पीडित महिलाहरूको रेखदेख र परामर्शका लागि २०६६ सालदेखि सञ्चालन हुँदै आएको सेवा केन्द्र बन्द भएपछि केन्द्रमा आश्रय लिइरहेका…

२०७५ श्रावण ७, सोमबार १४:०६ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसिडगाड गाउँपालिका–१ दगातुङडाँडाका ५३ वर्षीय नन्दराम घर्तीलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २१ गते बलात्कार गरेको भन्दै पीडितले साउन २ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको हो । पीडित महिलाको…

२०७५ श्रावण ३, बिहीबार २२:२० गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जैमिनी नगरपालिका–९ का २८ वर्षीय अर्जुन नेपालीलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाग्लुङमा सोही दिन उजुरी दिएको थियो । घटनाको समयमा चिच्याईरहेकी बालिकाको स्वर सुनेर घटनास्थल नजिकै…

२०७५ श्रावण ३, बिहीबार २२:१३ गते  
रोम विधान अनुमोदन गर्न माग गर्दै ज्ञापनपत्र बुझाइयो

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयमार्फत साउन १ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ । मनाङ जिल्ला प्रतिनिधि सुरेशकुमार थापाका अनुसार साउन १ गते मनाङका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त रोम विधान…

२०७५ श्रावण २, बुधबार १०:४० गते