यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेसिशहर नपा-८ बस्ने २५ वर्षीय हरि दुरालाई साउन २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मदिरा सेवन गरी साउन २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले साउन २७ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई…

२०७५ श्रावण २८, सोमबार १२:१४ गते  
उपाध्यक्षद्वारा वडाध्यक्षसँग स्पष्टीकरण माग, तीन जना वडाध्यक्ष धर्नामा

पैँयु गाउँपालिकाकी उपाध्यक्ष जसमति गुरुङले ‘लगातार तीन वटा बैठकमा बिना जानकारी अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था भएको’ व्यहोरासहित सात दिने स्पष्टिकरण सोधेपछि वडाध्यक्षहरू रूष्ट भएका छन् । वडा नं ४ का अध्यक्ष महेन्द्र श्रेष्ठलाई स्पष्टिकरण सोधेपछि उपाध्यक्षको राजिनामा माग गर्दै जनप्रतिनिधिहरू साउन २३ गतेदेखि धर्नामा बसेका हुन् । नेपाल…

२०७५ श्रावण २४, बिहीबार २०:०७ गते  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुलिकोट गाउँपालिका-८ का ३८ वर्षीय मानबहादुर परियारलाई साउन २३ गते गिरफ्तार गरेको छ । आरोपितले साउन २३ बालिकालाई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । पीडित पक्षको उजुरीपछि आरोपित परियारलाई…

२०७५ श्रावण २४, बिहीबार १०:४३ गते  
काशिगाउँ घटनाका दोषी उपर कारबाहीको माग गर्दै सिडिओलाई ज्ञापनपत्र

धार्चे गाउँपालिका-६ काशिगाउँमा कथित बोक्सीको आरोपमा एक परिवारलाई सामाजिक बहिष्कार गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै गोरखाका अधिकारकर्मीले प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई साउन २२ गते ज्ञापनपत्र बुझाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाको अगुवाइ तथा जिल्ला मानव अधिकार सञ्जालको समन्वयमा जिल्ला प्रशासन कार्यालय गोरखामा ज्ञापनपत्र बुझाइएको हो ।…

२०७५ श्रावण २३, बुधबार १५:०१ गते  
जटिल विषयमा नागरिक समाज र पत्रकारको एउटै धारणा बनाउनुपर्नेमा जोड

जिल्लामा हुने जटिल खालका विषयमा नागरिक समाज र पत्रकारले साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले साउन २१ गते सदरमुकाम गोरखा बजारमा आयोजना गरेको पारस्परिक जबाफदेहिता परियोजना अन्तर्गत विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबिच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले…

२०७५ श्रावण २२, मंगलवार १५:२० गते  
तीन दिनको शिशु हत्या गरेको आरोपमा आमा गिरफ्तार

तीन दिनको शिशुको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले दुधपोखरी गाउँपालिका–२ की ४५ वर्षीया विष्णुमाया परियारलाई साउन २० गते गिरफ्तार गरेको छ । पीडित नवजात शिशुलाई आरोपितले साउन १८ गते बोरामा बेरी शौचालयमा फाल्दै गर्दा उनका ६१ वर्षिय पति जितबहादुर परियारले थाहा पाएर प्रहरीमा उजुरी दिए पश्चात आरोपितलाई गिरफ्तार गरिएको…

२०७५ श्रावण २०, आईतवार २१:०३ गते  
कथित बोक्सीको आरोपमा सामाजिक बहिष्कारमा नेतृत्व गरेको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

धार्चे गाउँपालिका–६ काशिगाउँका ५५ वर्षीया काली गुरूङ र २९ वर्षीया छोरी मिनकुमारी गुरूङलाई कथित बोक्सीको आरोप लगाएको भन्दै सोही ठाउँका २७ वर्षीय रोशन गुरूङविरूद्ध जिल्ला प्रहरी कार्यालयमा साउन १७ गते पीडित पक्षले उजुरी दिएको छ । पीडितद्वयलार्ए कथित बोक्सी भन्दै भ्रम फैलाएपछि सामाजिक बहिष्कारमा पर्न थालेको भन्दै कालीका छोरीहरू सुनमाया…

२०७५ श्रावण १९, शनिबार २०:१५ गते  
इन्सेक प्रतिनिधिको पहलमा जिल्ला कारागारमा खानेपानी ट्याङ्की हस्तान्तरण

इन्सेक जिल्ला प्रतिनिधिको पहलमा साउन १७ गते स्याङ्जा जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि खानेपानीको ट्याङ्की हस्तान्तरण गरिएको छ । इन्सेक स्याङ्जा प्रतिनिधि हिमलाल पराजुलीको पहल र पुतलीबजार नगरपालिकाको सहयोगमा पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्रीले जिल्ला कारागार पुगेर १ हजार लिटरको खानेपानी सङ्कलन गर्ने ट्याङ्की कारागारका निमित्त प्रमुख बुद्घिप्रसाद शर्मालाई हस्तान्तरण…

२०७५ श्रावण १८, शुक्रबार १९:३७ गते  
इन्सेकलगायतका सङ्घसंस्थाको सक्रियतामा एकजना श्रमिक बालिकाको उद्दार

पोखरा मनपा–१६ मा रहेको पोखरा इञ्जिनियरिङ क्याम्पसस्थित चमेना गृहमा बाल श्रमिकको रूपमा काम गरिरहेकी १६ वर्षीया बालिकाको साउन १७ गते उद्दार गरिएको छ । स्थानीयले दिएको सूचनाका आधारमा गएका राष्ट्रिय मानव अधिकार आयोग पोखरा, केन्द्रीय बाल कल्याण समिति, पोखरा महानगरपालिका, पोखरा उद्योग वाणिज्य सङ्घ, श्रम कार्यालय पोखरा, जिल्ला समन्वय समिति,…

२०७५ श्रावण १८, शुक्रबार १९:११ गते  
बलात्कार घटनामा पीडित बालिकाको पुनर्स्थापनामा इन्सेकको सहयोग

विगत १० वर्षदेखि बागलुङ हिंसा पीडित महिला तथा बालबालिकाको लागि सेफ हाउसको काम गर्दै आएको अल्पकालिन सेवा केन्द्र बन्द भएपछि आश्रयविहीन भएकी १४ वर्षीया गर्भवती बालिकालाई पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आर्थिक सहयोग गरेको छ । इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले साउन १४ गते पीडित बालिकाका…

२०७५ श्रावण १५, मंगलवार १५:०८ गते