सञ्जालको बैठकमा भूकम्प पीडितको अवस्थाबारे समीक्षा

मानव अधिकार सञ्जाल गोरखाको भदौ २१ गते बसेको बैठकले भूकम्प प्रभावितको अवस्थाबारे समीक्षा गरेको छ । जिल्लाका भूकम्पपीडितहरूको दैनिकी अझैसम्म पनि कष्टपूर्ण रहेकोले प्राप्त अनुदान रकमको सदुपयोग गर्न र अनुदान रकम पाउन बाँकीलाई शीघ्र उपलब्ध गराउन माग गरिएको सञ्जालका अध्यक्ष यदु अधिकारीले बताएका छन् । अनुदान सम्झौता सकिएर पहिलो किस्ता…

September 6, 2016  
बालविवाह घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले कास्की जिल्ला पुम्दी भुम्दी-४ निवासी ३२ वर्षीय प्रेमप्रसाद बराललाई भदौ २० गते पोखराबाट गिरफ्तार गरेको छ । भदौ २ गतेबाट छोरी हराएको भन्दै भदौ १६ गते पीडित बालिकाका अभिभावकले प्रहरीमा उजुरी दिएका थिए । हराएकी छोरी अचानक पोखरामा फेला परेपछि घटनाबारे थाहा पाएको…

September 6, 2016  
बलात्कार घटनाका आरोपित गिरफ्तार

एक १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई भदौ १८ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई भदौ १८ गते साँझ आरोपित बालकले बलात्कार गरेको कुरा उपचारको क्रममा बालिकाले बताएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले जानकारी दिए । बलात्कारका कारण गम्भीर घाइते भएकी…

September 5, 2016  
भूकम्पपछि टेण्ट र टहराबाट स्वास्थ्य सेवा

गत वर्षको वैशाख १२ गते गएको भूकम्पले भत्काएका स्वास्थ्यचौकी पुनर्निर्माण नगरिँदा अधिकांश गाविसका स्वास्थ्य संस्थाले टेण्ट र टहरोबाटै स्वास्थ्य सेवा दिइरहेका छन् । भूकम्पले गोरखाको ५४ ओटा स्वास्थ्य संस्थामा पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । ती मध्ये श्रीनाथकोट गाविसमा मात्र अर्धपक्कि भवन वनेको छ । फुजेल, दर्बुङ, ताकुकोट, लापु, धावा,…

September 3, 2016  
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका नागरिकहरूको तथ्य सार्वजनिक गर्नका लागि नेपाल सरकारबाट गठन गरिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगलाई अधिकार सम्पन्न बनाउनु पर्ने एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन । ३३ औँ बलपूर्वक बेपत्ता पार्ने कार्यविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा पोखरामा आयोजित सङ्क्रमणकालीन न्यायका संयन्त्र, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगप्रति जनअपेक्षा…

August 31, 2016  
बहुविवाह घटनाका आरोपित गिरफ्तार 

पोखरा उमनपा-२६ की ३६ वर्षीया कुमारी गुरुङले बहुविवाह गरेको आरोपमा दिएको उजुरीका आधारमा प्रहरीले पीडितका ३५ वर्षीय पति श्यामकुमार गुरुङ र विमला गुरुङलाई भदौ १२ गते गिरफ्तार गरेको छ । पीडितले उजुरीमा घान्द्रुक गाविसमा माइती घर भई पोखरा उमनपा-२६ सराङकोट बस्ने २२ वर्षीया विमला गुरुङसँग भदौ ५ गते श्यामकुमारले बहुविवाह…

August 29, 2016  
घुस लिएको भन्दै समाचार छापेपछि पत्रकारलाई धम्की

गोरखा जिल्ला घर भइ हाल व्यास नपा-१ बस्ने ४० वर्षीय पत्रकार एसबी नेपालीलाई जिल्ला प्रशासन कार्यालय विरुद्धको समाचार लेखेको आरोपमा तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले कारबाही गर्ने धम्की दिएको घटनाप्रति तनहुँका पत्रकारहरूले आपत्ति जनाएका छन् । पत्रकारका विभिन्न सङ्घसंगठनले भदौ ५ गते संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरी पत्रकार…

August 21, 2016  
पत्नीको हत्या गरी विष सेवन गरेको आरोप

स्याङजा पौवेगौडे-२ घर भइ पोखरा उमनपा-७ चालिसेचोकमा बस्ने २२ वर्षीया सोनम रेग्मीलाई छुरी प्रहार गरी २८ वर्षीय पति सञ्जिवबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । दुई वर्षअघि प्रेम विवाह गरेका उनीहरूको हाल अदालतमा सम्बन्ध बिच्छेद मुद्दा चलिरहेको सोनमका मामा राजेन्द्र शर्माले बताए । अदालतमा मुद्दा दायर भएपछि अलग अलग…

August 18, 2016  
अबरुद्ध राजमार्ग खुलाउन गएका प्रहरीमाथि भएको आक्रमणमा सात जना प्रहरी घाइते

लेखनाथ नपा-३ स्थित बुढीबजारमा साउन २८ गते भएको दुर्घटनामा मृत्यु भएका लेखनाथ नपा-१३ जनताको चौतारा बस्ने ३५ वर्षीय बिजय गुरुङको परिवारलाई क्षतिपूर्तिको माग गर्दै पीडितका आफन्तजनले राजमार्ग बन्द गराउन खोज्ने क्रममा रोक्न आएका प्रहरीमाथि आक्रमण गर्दा सात जना प्रहरी घाइते भएका छन् । साउन ३० गते भएको उक्त आक्रमणमा परी…

August 15, 2016  
क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

गोरखा कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ । ४५ जनाको क्षमता भएको पुरुष बन्दी गृहमा ८३ जना राख्नु पर्दा उनीहरूको व्यवस्थापनमा कठिनाइ भएको जेलर दिवाकर पौडेलले जानकारी दिए । १० जना महिलाको क्षमता रहेको कारागारमा नौ जना रहेकाले महिलाका लागि भने खासै समस्या…

August 15, 2016