पर्यटन मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा ६ जना गिरफ्तार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई कालोझण्डा देखाएको आरोपमा नयाँशक्ति नेपाल आबद्ध ६ जना विद्यार्थीहरूलाई प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेको छ । पोखरा मनपा–८ सिर्जनाचोक स्थित साइमन पार्टी प्यालेसमा आफ्नो क्षेत्रको स्थानीय विकास साझेदारी कार्यक्रम सार्वजनिक गर्न पुगेका मन्त्री अधिकारीलाई विद्यार्थीहरूले गेटमै कालो झण्डा देखाएका थिए ।…

November 27, 2018  
बाहृय सरोकारवालाबाट गोरखा जिल्लामा सञ्चालित कार्यक्रमको अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा गोरखा जिल्लामा सञ्चालित मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धन कार्यक्रमको बाहृय सरोकारवालाबाट मङ्सिर ८ र ९ गते गोरखा जिल्लामा अनुगमन गरिएको छ । अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका निर्देशक दिपकजङ्गध्वज कार्की, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रतिनिधि बद्रिनाथ सुवेदी र अनौपचारिक…

November 26, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले खोटाङ जिल्ला ओटेहाङ गाउँपालिका–१ घर भई हाल स्याङ्जा जिल्ला पुतलीबजार नपा–११ सुम्रेखोला बस्ने ३६ वर्षीय भिमप्रसाद पोख्रेललाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितका अभिभावकले मङ्सिर ५ गते प्रहरीमा उजुरी दिएका…

November 23, 2018  
बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२५ वर्षीया महिलाले शुक्लागण्डकी नपा–८ का वडा अध्यक्ष ३० वर्षीय कृष्णप्रसाद रेग्मीले बलात्कार गरेको भन्दै उनीविरूद्ध इलाका प्रहरी कार्यालय, बेलचौतारामा उजुरी दर्ता गराएकी छिन् । पीडित महिलालाई आरोपित रेग्मीले पटकपटक बलात्कार गरेको भन्दै मङ्सिर ६ गते न्यायका लागि उजुरी दर्ता गरेको पीडितले बताएकी छन् । इलाका प्रहरी चकार्यालय, बेलचौताराका इन्स्पेक्टर…

November 23, 2018  
एसपीद्वारा पत्रकारलाई दुर्व्यवहार गरेको आरोप

च्वाइस एफ एम गोरखाका स्टेशन म्यानेजर एवम् उज्यालो रेडियो नेटवर्कका गोरखा जिल्ला सम्वादाता नुवाकोट जिल्ला वेलकोटगढी नपा–१३ मदानपुर घर भइ गोरखा कार्यक्षेत्र भई काम गर्ने ३४ वर्षीय किरण लोहनीलाई जिल्ला प्रहरी कार्यालय, गोरखाका एसपी विमल वस्नेतले दुर्व्यवहार गरेको पीडितले आरोप लगाएका छन् । मङ्सिर ४ गते पालुङटार नपा–८ च्याङलीमा भएको…

November 22, 2018  
सशस्त्र द्वन्द्वको समयमा अपाङ्गता भएका व्यक्तिहरूको फोटो प्रदर्शनी

सशस्त्र द्वन्द्वको समयमा अपाङ्गता भएर सङ्र्घर्षपूर्ण जीवन बिताइरहेका व्यक्तिहरूको अवस्था चित्रण गर्ने फोटो मङ्सिर ५ गते म्याग्दीमा प्रदर्शन गरिएको छ । अपाङ्ग सङ्घ म्याग्दी र द्वन्द्वपीडित अधिकार समाज म्याग्दीको संयुक्त आयोजनामा द्वन्द्वमा परेर घाइते भई अपाङ्गता भएका देशभरका १४ जना व्यक्तिहरूको फोटो प्रदर्शनी गरिएको हो । विस्तृत शान्ति सम्झौता भएको…

November 22, 2018  
बन्चरो प्रहार गरेर आमाको हत्या, आरोपितद्वारा आत्मसमर्पण

जैमिनी नपा-१० राङ्खानीकी ९० वर्षीया हरिकला श्रीषलाई बन्चरो प्रहार गरी ६० वर्षीय छोरा कर्णबहादुर श्रीषले हत्या गरेको प्रहरीले जनाएको छ । हरिकलालाई आरोपितले मङ्सिर ५ गते राति सामान्य विवादको क्रममा आमालाई बन्चरो प्रहार गरेर हत्या गरेर मङ्सिर ५ गते कुश्मिसेरा, प्रहरी चौकीमा आत्मर्समर्पण गरेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक रेग्मीले…

November 22, 2018  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको प्रकाशन पूर्व समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाका विवषयमा आयोजित छलफल कार्यक्रम मङ्सिर ५ गते दमौलीमा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले अहिले तीन तहको सरकार भएका कारण सेवाप्रवाहमा केही अन्यौलता उत्पन्न भएको भन्दै यस्तो अवस्था लामो समयसम्म…

November 22, 2018  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समीक्षा मङ्सिर ५ गते बेंसीशहरमा सम्पन्न गरिएको छ । समीक्षा कार्यक्रममा इन्सेक लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीले जिल्लामा सन् २०१८ जनवरीदेखि हालसम्म ३७ ओटा मानव अधिकार हनन् तथा ज्यादतीका घटनाहरू घटेको बारे विवरण प्रस्तुत गरेका थिए । जसमा बलात्कार र बलात्कार…

November 22, 2018  
नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व वार्षिक समीक्षा मङ्सिर ४ गते गोरखा सदरमुकाममा सम्पन्न गरिएको छ । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गोरखाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सन् २०१८ को जनवरीदेखि सङ्कलन गरेका घटनाको समीक्षा गरिएको थियो । कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले पछिल्लो…

November 21, 2018