सत्य निरूपण आयोगले पीडितहरूको आँसुमा होली खेलेको आरोप
सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीले द्वन्द्व पीडितहरूको आँसुमा होली खेल्दै बसेको तनहुँका पीडितहरूले आरोप लगाएका छन् । स्थानीय शान्ति समिति तनहुँको आयोजनामा चैत १६ गते दमौलीमा भएको सशस्त्र द्वन्द्वका पीडितहरूको पुनर्मिलन तथा अन्तरघुलन कार्यक्रममा बोल्दै द्वन्द्व पीडितहरूले सत्य निरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीलाई पीडितको आँसुको कुनै मुल्य बोध नभएको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले व्यास नपा-१२ मुसेखोलाका ६० वर्षीय भिमबहादुर सार्कीलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत १३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत १४ गते प्रहरीमा उजुरी दिएको थियो । उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला…
नेविसङ्घका कार्यकर्ताको आक्रमणबाट तीन जना घाइते भएको अनेरास्ववियुको आरोप
सुन्दरबजार नपा-७ स्थित कृषि क्याम्पसमा चैत १४ गते बेलुकी नेविसङ्घका कार्यकर्ताले अनेरास्ववियुका कार्यकर्तालाई आक्रमण गर्दा तीन जना विद्यार्थी घाइते भएको अनेरास्ववियुले आरोप लगाएको छ । आक्रमणबाट अनेरास्ववियुका कार्यकर्ता धनगढीका २२ वर्वीय प्रयास अधिकारी, चितवनका २२ वर्षीय सुजन सुवेदी र काठमाडौँका २३ वर्षीय सुरज गौतम घाइते भएका छन् । घाइते तीनै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बारा जिल्ला डुमरवाना-४ का २८ वर्षीय शिवशङ्कर चौधरीलाई चैत १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावकले दिएको मौखिक उजुरीका आधारमा आरोपिलाई अनुसन्धानका लागि चैत १३ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी जनकराज पाण्डेयले बताए । पीडित बालिकाका अभिभावकले चैत…
निगरानी समूहद्वारा निर्वाचनको तयारीको सन्दर्भमा सरोकारवालासँग छलफल
मानव अधिकार निगरानी समूह तनहुँले आगामी वैशाख ३१ गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचनको तयारीको बारेमा प्रमुख जिल्ला अधिकारी र जिल्ला निर्वाचन कार्यालयका अधिकारीसँग छलफल गरेको छ । समूहका संयोजक रामलिला सुवर्णकार नेतृत्वको टोली चैत १३ गते सरोकारवाला कार्यालयमा पुगेरै छलफल गरेको हो । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलसँग…
भूकम्प पीडित भन्छन्-'कोदो पनि नअट्ने घर चाहिँदैन'
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तोकेको 'मोडेल' अनुसारको घर बनाउन नसक्ने ताकुमाझ लाकुरीबोटका स्थानीयले बताएका छन् । मानव अधिकार सञ्जालको आयोजनामा चैत १२ गते आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्पपीडितहरूले सरकारले दिएको नमुनाको भूकम्प प्रतिरोधी घर जिवनउपयोगी नभएको बताएका हुन् । 'दुइ कोठे घर हामीलाई काम छैन, सरकारले भने अनुसार घर बनाएर…
परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलय, पोखराको आयोजनामा इन्सेकद्वारा कास्की जिल्लामा सञ्चालित परियोजनाका कार्यक्रमहरूको विषयमा जानकारी आदानप्रदान गर्ने उद्देश्यले चैत ११ गते जिल्ला परियोजना सल्लाहकार समितिको वैठक पोखरामा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने कार्यक्रम अन्तर्गत आयोजित वैठकमा सहायक जिल्ला…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा गोरखा नपा-११ का २८ वर्षीय सुवास थापाविरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा चैत ९ गते उजुरी दर्ता गराएकी छिन् । पीडित युवतीलाई आरोपितले चैत ६ गते बलात्कार प्रयास गरेको उल्लेख गर्दै पीडित युवतीले उजुरी दिएको जिल्ला प्रहरी कार्यलयका एसपी जनकराज पाण्डेयले बताए । एसपी…
च्यातिएको त्रिपालमुनी कक्षा सञ्चालन, कक्षा ४ र ५ एउटै त्रिपालमा
भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माणमा ढिलाइ हुँदा गोरखा नपा-२ मा रहेको को निमेल प्राथमिक विद्यालयका विद्यार्थी च्यातिएको त्रिपालमुनी बसेर कष्टपूर्वक पढ्न बाध्य भएका छन् । भूकम्पले विद्यालय भवन भत्किएपछि टाँगिएको त्रिपाल पनि च्यातिएपछि कक्षा ४ र ५ का विद्यार्थीको पढाइ कष्टकर बनेको हो । '४ र ५ को कक्षा एउटै त्रिपालमुनी…
नागरिकका पक्षमा आवाज उठाउन नागरिक समाज एकतावद्ध हुनुपर्नेमा जोड
नागरिकको पक्षमा निष्पक्ष अवाज उठाउन नागरिक समाज एकतावद्ध हुनुपर्ने विचार एक कार्यक्रममा सरोकारवालाले राखेका छन् । इन्सेक गोरखाको आयोजनामा चैत ४ गते सम्पन्न 'नागरिक समाजको सकारात्मक छवि निर्माणको सवाल' विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले नागरिक समाजलाई प्रभावकारी बनाउन सर्म्पर्क कार्यलय र सञ्जालको समेत आवश्यकता रहेको औँल्याएका छन् । कार्यक्रममा भूकम्पपछिको अवस्थामा…