मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि राज्यका निकाय प्रतिवद्धःक्षेत्रीय प्रशासक
पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले मानव अधिकारको संरक्षण र सम्वर्द्धनको लागि राज्यका निकाय प्रतिवद्ध रहेको बताएका छन् । ६८ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार पश्चिमाञ्चल महाभेला मुल समारोह समिति र राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यलय पोखराले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा क्षेत्रीय प्रशासक बरालले सो…
बहुविवाह घटनाका आरोपित गिरफ्तार
बेसीशहर नगरपालिका-११ का ४१ वर्षीय खुशी मियाँ र ३३ वर्षीय कान्छी पत्नी कोपिला मियाँलाई प्रहरीले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । मियाँकी जेठी पत्नी ३८ वर्षीया जमिला मियाँले मङ्सिर १८ गते दिएको उजुरीको आधारमा आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका इन्स्पेक्टर कमलबहादुर रजौरेले बताए । घरमा आफू हुँदाहुँदै…
परियोजना अभिमुखीकरण गोष्ठि सुरु
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादती पीडितहरूको अधिकार प्रवर्धन कार्यक्रमसम्बन्धी अभिमुखीकरण गोष्ठी मङ्सिर २० गतेदेखि पोखरामा सुरू भएको छ । परियोजनाको आगामी योजनाका बारेमा छलफल तथा कार्ययोजना तयार गर्नका निमित्त अभिमुखीकरण आयोजना गरिएको इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले जानकारी दिए । अभिमुखीकरणमा सहभागीहरूलाई इन्सेक स्थापना…
अत्यावश्यक औषधि नपाउँदा एचआइभी सङ्क्रमितहरू जोखिममा
जिल्लामा रहेका एचआइभी सङ्क्रमितले खर्च अभावका कारण अत्यावश्यक औषधि एन्टीरेट्रो भाईरल (एआरभी) नामक औषधि नपाउँदा ज्यान जोखिममा परेको बताएका छन् । औषधी नपाउँदा जिल्लामा रहेका एचआइभी सङ्क्रमित समस्यामा परेको एचआइभी सङ्क्रमित लमजुङ सहयोगी सङ्घका अध्यक्ष साधुराम पण्डितले बताए । पण्डितले एचआइभी सङ्क्रमित एआरभी लिनको लागि पोखरा जानुपर्ने हुँदा खर्च बढ्न…
हिंसा न्यूनीकरणका लागि सरोकारवाला एकजुट हुनुपर्नेमा जोड
बढ्दो महिला हिंसा न्यूनीकरणका लागि सरोकारवालाको महत्वपूर्ण भूमिका रहनेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, शान्तिका लागि नागरिक समाजको सञ्जाल र कोक्यापले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका अवसरमा मङ्सिर १७ गते पोखरामा संयुक्त रूपमा आयोजना गरेको अर्न्तक्रिया कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका…
बुढीगण्डकी प्रभावित र प्रहरीबिच झडप, चार जना घाइते
मुआब्जा निर्धारणमा असन्तुष्टी जनाउँदै प्रदर्शनमा उत्रिएका बुढीगण्डकी प्रभावित र प्रहरीबिच घ्याल्चोक-९ सिउरिनटारमा झडप भएको छ । आयोजनाको घ्याल्चोक स्थित कार्यालयमा ताल्चा लगाउन पुगेका प्रदर्शनकारी र प्रहरीबिच झडप भएको हो । झडपमा परि अन्दाजी ३४ वर्षीय प्रहरी हवल्दार धनसिं गुरुङ घाइते भएका छन् भने प्रदर्शनकारीतर्फ तान्द्राङ-१ का ५४ वर्षीय वलराम पाण्डे,…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा तान्द्रा-४ मझिमथोकका ६७ वर्षीय विष्णुप्रसाद लामिछानेलाई प्रहरीले मङ्सिर १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले मङ्सिर १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाका अभिभावकको उजुरीका आधारमा अनुसन्धानका…
निशुल्क पाइने औषधिको शुल्क लिएर विक्री गरेपछि सेवाग्राही मर्कामा
बेंसीशहरमा रहेको जिल्ला सामुदायिक अस्पतालले नेपाल सरकारले निशुल्क प्रदान गर्ने भनेका औषधिहरू शुल्क लिएर विक्री गरेपछि सेवाग्राही मर्कामा परेका छन् । निशुल्क पाइने औषाधिहरू अस्पतालले शुल्क लिएर विक्री गरेका कारण सेवाग्राही आक्रोशित बनेपछि अस्पताल विवादित बनेको छ । सोमबार औषधि लिन गएका चिती-५ का बेदराज खनियाले 'सेपट्याक्जन सुइ' निशुल्क प्रदान…
घरमै बन्धक बनाइएकी घिमिरेको इन्सेकको पहलमा उपचार सुरु
शारीरिक तथा मानसिक अवस्था कमजोर भएका कारण घरमै बन्धक बनाइएकी जामुने गाविस-७ धयरेकी ३५ वर्षीया सरस्वती घिमिरेको उपचार सुरु भएको छ । इन्सेकको पहलमा राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन कोशिसले घिमिरेको घरमै गएर उपचार सुरु गरेको हो । पीडित महिलाको उपचार प्रक्रिया मङ्सिर ११ गतेबाट सुरु भएको हो । शारीरिक…
बोर्लाङका भूकम्प पीडितको गुनासै गुनासो
बोर्लाङ गाविसका भूकम्प पीडितहरूले राहत वापत पहिलो किस्ताको रकम पाए पनि घर बनाउन नसक्ने भन्दै चिन्ता जनाएका छन् । जिल्लाका भुकम्प पीडित परिवारहरुले राहत रकम पाएपनि तुरून्तै घर बनाउन सम्भव नभएको बताएका छन् । भूकम्प पीडितको अवस्थाबारे मानवअधिकार सञ्जाल र इन्सेक गोरखाको संयुक्त आयोजनामा कात्तिक ४ गते बोर्लाङ-४ मा भएको…