स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको टोली गोरखामा

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत वैशाख २१ गते गोरखा सदरमुकाममा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ । अभियानद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय तहमा निर्वाचनको चहलपहल तथा निर्वाचन आचारसंहिता र मतदाता शिक्षाका बारेमा छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा ज्येष्ठ नागरिक जिल्ला सङ्घका अध्यक्ष मोहनलाल श्रेष्ठले…

May 5, 2017  
काङ्ग्रेस उम्मेदवारद्वारा आचारसंहिता विपरीत ठूलो झण्डा प्रयोग

तनहुँमा नेपाली काँग्रेसले निर्वाचन आचारसंहितको उल्लङ्घन गर्दै निर्वाचन आयोगले तोकेको भन्दा ठूलो आकारको झण्डा प्रयोग गरि प्रचार गरेको देखिएको छ । वैशाख २१ गते नेपाली काङ्ग्रेसले शुक्लागण्डकी नपाको दुलेगौँडास्थित पृथ्वी राजमार्ग क्षेत्रमा निर्वाचन प्रचार गर्ने क्रममा निर्वाचन आयोगले तोकेको भन्दा ठूलो आकारको झण्डा प्रयोग गरेको हो । निर्वाचन आयोगले जारी…

May 5, 2017  
बालअधिकार अनुगमन समिति गठन

स्थानीय तह निर्वाचनमा बालबालिकाको प्रयोग सम्बन्धमा अनुगमनको लागि तनहुँमा बाल अधिकार अनुगमन समिति गठन गरिएको छ । जिल्ला बालकल्याण समिति तनहुँको वैशाख २२ गते बसेको बैठकले समितिका स्टेरिङ कमिटीका संयोजक खड्गबहादुर अधिकारीको संयोजकत्वमा नौ सदस्यीय सो समिति गठन गरेको हो । समितिका सदस्यहरूमा जिल्ला बालकल्याण समितिका सदस्यहरू रामनाथ भट्टराई, समितिका…

May 5, 2017  
नेपाली काङ्ग्रेसका उम्मेदवार अपहरण मुक्त

बेनी नपा-३ का नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार जसबहादुर पुनलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख १८ गते अपहरण गरेकोमा सोही दिन अपहरणमुक्त गरेका छन् । पीडित पुन वैशाख १८ गते बिहान ११ बजे पार्टीको बैठकमा आउँदै गर्दा बेनी नपा-३ हल्लेगौँडाबाट अपहरणमा परेका थिए । सार्वजनिक यातायातमा…

May 3, 2017  
घैरूङमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

शहीद लखन गाउँपालिका-६ घैरूङका भूकम्प पीडितहरूले आफ्ने घर पुर्ण रूपमा भत्किएपनि सरकारी अनुदान पाउनबाट वञ्चित भएको बताएका छन् । घैरूङका अधिकांश घर भूकम्पले भत्काएपनि लाभाग्राही सूचीमा आफूहरूको नाम समावेश नभएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । मानव अधिकार सञ्जालको आयोजनामा वैशाख १८ गते घैरूङमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी…

May 1, 2017  
मानव अधिकार सञ्जालद्वारा निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल

मानव अधिकार सञ्जाल गोरखाले आगामी जेठ ३१ गते तय भएको स्थानीय तहको निकायको निर्वाचनको तयारीबारे मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग छलफल गरेको छ । सञ्जालका अध्यक्ष यदु अधिकारीको नेतृत्वको टोलीले वैशाख १७ गते कार्यलयमै पुगेर निर्वाचनको तयारीको विषयमा छलफल गरेको हो । टोलीले निर्वाचनको तयारी, शान्ति…

April 30, 2017  
आचार संहिता विपरीत सार्वजनिक स्थलमा प्रचार सामग्री

निर्वाचन आचार संहितको पुर्ण रूपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाका राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । निर्वाचन आचार संहितामा सार्वजनिक स्थलहरूमा दलको पोष्टर पम्पलेट टाँस्न नपाइने व्यवस्था भएपनि जिल्लाका केही सार्वजनिक स्थलहरूमा दलका झण्डा र पोष्टर पम्पलेट टाँसेको पाइएको भन्दै दलहरूलाई सचेत गराइएको हो । वैशाख १७…

April 30, 2017  
कास्कीका तीन वटा गाउँपालिकामा तालाबन्दी

माछापुच्छ्रे, अन्नपुर्ण र मादी गाउँपालिकाको कार्यालयमा वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तालाबन्दी गरेका छन् । गाउँपालिका कार्यलयको वरपर हँसिया हथौडा अङ्कित पर्चा भेटिएकोले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तालाबन्दी गरेको वडा प्रहरी कार्यलय बगरका इन्स्पेक्टर ईश्वर लम्सालले बताए । स्थानीयले खबर गरेपछि तीन वटै गाँउपालिकामा लगाइएको ताला…

April 24, 2017  
दुर्घटनाका घाइतेलाइ उपचार गर्न नमानेको भन्दै मणिपाल अस्पतालमा स्थानीयको आन्दोलन

मुस्ताङको कागबेनीमा वैशाख ९ गते भएको सवारी दुर्घटनाका घाइतेलाई उपचार गर्न अस्वीकार गरेको भन्दै मणीपाल शिक्षण अस्पतालको मुल गेटमा स्थानीयले ताला लगाएका छन् । मुस्ताङबाट बिरामीलाई हेलिकप्टरमा मणीपाल अस्पताल ल्याइएको भएपनि डाक्टरहरू श्रम ऐन लागु गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको कारण देखाउँदै बिरामी भर्ना गर्न नमानेपछि स्थानीयले प्रेस विज्ञप्ति जारी…

April 23, 2017  
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता

कास्कीमा क्रियाशील राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यलय र कास्कीमा सक्रिय मानव अधिकारकर्मी र नागरिक समाजका प्रतिनिधिले वैशाख ७ गते कास्कीका विभिन्न राजनीतिक दलका नेतृत्व तहलाई भेटी निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेका थिए । नेपाली…

April 20, 2017