वन मन्त्री शङ्कर भण्डारी आचारसंहिता विपरीत प्रचारमा

सरकारका वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारी निर्वाचन आचारसंहिता विपरीत पार्टीको चुनावी कार्यक्रममा सहभागी भएका छन् । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत काङ्ग्रेसले वैशाख २३ गते भानु नगरपालिकामा आयोजना गरेको चुनावी सभामा मन्त्री भण्डारी सहभागी भएका हुन् । भानुमा काङ्ग्रेसका मेयर र उपमेयरका उम्मेदवारसँगै बसेर मन्त्री भण्डारीले…

May 8, 2017  
उम्मेदवारले प्रयोग गरेको गाडीमा आगजनी गरेको आरोपमा ३ जना गिरफ्तार

माछापुच्छ्रे गाउँपालिका-२ बाट अध्यक्ष पदका उम्मेदवार गुञ्जमान गुरूङले प्रयोग गरेको गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले तीन जनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । वैशाख २३ गते राति ग १ ज ६४४५ नम्बरको बोलेरो जिपमा आगजनी गरेपछि सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले खुसीमान गुरूङ, चित्र गुरूङ र बहुदल तामाङलाई…

May 8, 2017  
उम्मेदवारलाई राजिनामा दिन नेकपाको दबाव

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूलाई राजिनामा दिन दबाव दिएको छ । सो पार्टीका जिल्ला इञ्चार्ज पुर्णजित पुनले उम्मेदवारलाई पत्र पठाउँदै उम्मेदवारीबाट राजिनामा दिन दबाव दिएको हो । देशलाई प्रतिगमनतिर धकेल्ने योजना अनुरूप जबरजस्ती रूपमा स्थानीय तहको निर्वाचन गरिन लागिएको भन्दै सो पार्टीले सम्पुर्ण तहका उम्मेदवारहरूलाई…

May 8, 2017  
मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अर्न्तगत मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया वैशाख २४ गते पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दल प्रतिको सर्वसाधरणको टुटेको मनोविज्ञानलाई यो स्थानीय तहको निर्वाचनको माध्ययमबाट पुनः जोड्ने सुअवसर मिलेको बताउँदै हाम्रो देशको संविधानले स्थानीय सरकारको सपना देखेको र देखिएको…

May 8, 2017  
महिला उम्मेदवार स्थानीय तहको मुटु: प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख २३ गते म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका बाबियाचौर र सदरमुकाम बेनीमा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम मङ्गला गाउँपालिका बाबियाचौरमा भएको कार्यक्रममा उपस्थित स्थानीय…

May 7, 2017  
दलहरू उत्तरदायी भए स्वच्छ निर्वाचनः अध्यक्ष प्याकुरेल,निर्वाचन धाँधलीरहित बनाउने बारेमा उम्मेदवारहरूको प्रतिबद्धता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दल, नागरिक समाज र आम नागरिक स्वच्छ निर्वाचनका लागि अघि सर्नुपर्ने बताएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत वैशाख २२ गते गोरखा नपा-१ ताप्लेका मुस्लिम समुदायसँग भएको मानव अधिकार र निर्वाचन विषयक मतदाता शिक्षा कार्यक्रममा बोल्दै अध्यक्ष प्याकुरेलले निर्वाचनको…

May 6, 2017  
नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण

नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता, कार्यकर्तालाई बाटो छेकेर नेकपा माओबादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप लगाएको राससले जनाएको छ । गोरखा नगरपालिका-९ लक्ष्मीबजारमा वैशाख २३ गते साँझ माओवादी केन्द्रको आक्रमणबाट नयाँ शक्तिका कार्यकर्ता सुवास कुमाल, भीमबहादुर कुमाल, तिलक रम्तेल र दीपक कुमाल घाइते भएका छन्…

May 6, 2017  
चुनाव विरोधी गतिविधि गरेको आरोपमा तीन जना गिरफ्तार

चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले वैशाख २२ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरूमा युवराज बास्तोला, प्रजबबहादुर केसी र मानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यलय बगरका इन्स्पेक्टर इश्वर लम्सालले आरोपितहरूलाई माछापुच्छ्रे गाउँपालिका-२ सर्दीखोलाबाट गिरफ्तार गरिएको हो…

May 6, 2017  
उम्मेदवारको गाडीमा ढुङ्गा प्रहार

अन्नपुर्ण गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवार जिबनाथ पौडेल चढेको गाडीमा वैशाख २१ गते राति ढुङ्गा प्रहार भएको छ । चुनाव प्रचारप्रसार गरी घर फर्कने क्रममा पौडेल चढेको गाडीमाथी ढुङ्गा प्रहार भएको हो ।  प्रारम्भिक अनुसन्धानका क्रममा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सो आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको…

May 5, 2017  
उम्मेदवारको घरमा बम राखेको आरोपमा पत्रकारसहित चार जना गिरफ्तार

स्थानीय निर्वाचनमा कुश्मा नगरपालिकाका नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा वैशाख २१ गते सकेट बम राखेको आरोपमा पत्रकार गोपाल जिसीसहित चार जनालाई प्रहरीले वैशाख २१ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुने अन्यमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज ओमबहादुर पुन 'हिमाल', जिल्ला सेक्रेटरी 'अल्बर्ट', जिल्ला सल्लाहकार ओमप्रसाद…

May 5, 2017