नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रकाशन पूर्व समीक्षा कार्यक्रम असार ७ गते सम्पन्न गरिएको छ । सन् २०२२ को जनवरीदेखि जुन २० सम्मको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको समीक्षा गरिएको हो । समीक्षामा अनौपचारिक…
मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ का लागि सङ्कलित घटनाहरूको अर्धवार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम असार ७ गते दमौलीमा सम्पन्न गरिएको छ । वर्ष पुस्तकका लागि सङ्कलित घटनाहरूको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भानु शर्माले मानव…
शुद्ध खानेपनी वितरण सम्बन्धमा अदालतको आदेश पालना नभएको भन्दै अवहेलनाको मुद्दा दर्ता
बागलुङ बजारमा वितरण भइरहेको खानेपानी लामो समयदेखि धमिलो आएकोले शुद्ध खानेपानीको माग गर्दै उच्च अदालत पोखरा बागलुङ इजलासमा परेको मुद्दाको फैसला कार्यान्वयन नभएपछि पुनः अवहेलना मुद्दा दर्ता भएको छ । नगरवासीलाई शुद्ध खानेपानीको व्यवस्थाका लागि उच्च अदालत पोखरा बागलुङ इजलासले ०७८ मङ्सिर २२ गते बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नगर…
मादी गाउँपालिकालाई बालमैत्री बनाउन प्रतिबद्धता
मादी गाउँपालिका जनप्रतिनिधिले २०८२ असारसम्म बालमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी र सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा असार ४ गते भएको अभिमुखिकरणमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । गाउँपालिका अध्यक्ष देविजङ्ग गुरुङले बालमैत्री स्थानीय तह निर्माणमा…
मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरू होस्टाइल भएकोप्रति बागलुङका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ६ गते बागलुङ बजारमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका वक्ताले न्यायिक प्रक्रियाको अन्तिम चरणसम्म पीडितको बयान एउटै नभएको कारण थप…
अपाङ्गमैत्री कानुन तथा नीति बनाउने सवालमा सकारात्मक छौँः मन्त्री थापा
गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले प्रदेश सरकार अपाङ्गमैत्री कानुन तथा नीति बनाउने सवालमा सकारात्मक रहेको बताउनु भएको छ । डिडा नेपाल, इन्सेक, आइएमएफ, नेपाल नेत्रहीन सङ्घ लगायतको समन्वयमा असार ४ गते पोखरामा सम्पन्न ‘दिगो विकास र अपाङ्गता सवालमा सेवाग्राही तथा सेवा प्रदायकबिच भएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १५ वर्षीय बालकलाई असार ५ गते गिरफ्तार गरेको छ । गत फागुन २० गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ असार ५ गते प्रहरीमा उजुरी दिएको छ । पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपित बालकलाई गिरफ्तार गरी अनुसन्धान सुरु…
महिलामाथि हुने हिंसा अन्त्यको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला मानव अधिकार रक्षक सञ्जाल कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल र गैरसरकारी संस्था महासङ्घ नेपाललगायत नागरिक संस्थाहरुले महिलामाथि हुने हिंसा अन्त्यको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र बुझाएका छन् । असार ३ गते पोखरास्थित सहिदचोकमा प्लेकार्डसहित प्रदर्शनपश्चात कास्कीका प्रमुख जिल्ला अधिकारी जयराज आचार्यमार्फत प्रधानमन्त्री…
बलात्कार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई जेठ २८ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले असार १ गते १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरुद्ध असार १ गते दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई उनकै घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर राजन ढकालले जानकारी दिनु भयो…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १ गते रघुगङ्गा गाउँपालिकाको मौवाफाँटमा सम्पन्न गरेको छ । समीक्षामा बोल्दै रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले इन्सेकले ग्रामीण भेकसम्मै आएर समीक्षा गर्नु सकारात्मक भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भण्डारीले मानव अधिकारको प्रत्याभूति हुने…