भूकम्पपछि मानव अधिकारको अवस्थावारे पर्याप्त अनुगमन नभएको गुनासो
भूकम्पपछि गोरखाको मानव अधिकारको अवस्थाबारे पर्याप्त अनुगमन नभएको जिल्लाका सरोकारवालाहरूले बताएका छन् । भूकम्प लगत्तै देखि मानव अधिकारसँग सम्बन्धित गम्भीर सवालहरू उठिरहेपनि मानव अधिकार आयोगलगायतले चासो नदिएको उनीहरूको आरोप छ । राष्ट्रिय मानव अधिकार आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा माघ २७ गते गोरखा सदरमुकाममा गरिएको अन्तक्रिया कार्यक्रमका सहभागीहरूले भूकम्पपछि विशेषतः…
जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा कियोस परियोजना अर्न्तगत कास्की जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ । स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अर्न्तर्गत माघ २५ गते जिल्ला स्तरमा मानव अधिकार निगरानी समूहको गठन गरिएको हो । मानव…
बालबालिकाका लागि क्षमता अभिवृद्धि तालिम सुरू
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यलयको आयोजनामा बाल अधिकार चेतना समूहका सदस्यहरूका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम माघ १९ गतेदेखि पोखरामा सुरू भएको छ । तालिममा कास्की, पाल्पा, तनहुँ र कपिलवस्तु गरी चार ओटा जिल्लाका ५० जना विद्यार्थीहरूको सहभागिता रहेको छ । स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन…
अधिकारकर्मीको सक्रियतामा बालविवाह रोकियो
उमेर नपुगी विवाह गर्न लागेको भन्दै मानव अधिकारकर्मीहरूको सक्रियतामा कास्कीमा एउटा बालविवाह रोकिएको छ । लेखनाथ नपा-१५ कोठेगाउँमा माघ १८ गते हुन लागेको एउटा बालविवाह मानव अधिकारकर्मीहरूको परामर्शपछि रोकिएको हो । लेखनाथ नपाकी १५ वर्षीया बालिका र म्याग्दी जिल्ला सिंगा नपा-१५ का १९ वर्षीय अशोक बिकको विवाह हुन लागेपनि मानव…
दुई विद्यार्थी सङ्गठन बीच झडप, एक घाइते, १५ लाख बराबरको क्षति
सुन्दर नपा-७ मा रहेको कृषि क्याम्पसमा नेविसङ्घ र अनेरास्ववियुबिच माघ १७ गते झडप हुँदा एकजना गम्भीर घाइते हुनुका साथै १५ लाख रुपियाँ बराबरको क्षति भएको क्याम्पस प्रशासनले जनाएको छ । विवादको कारण स्पष्ट नदेखिएपनि आउँदै गरेको स्ववियु चुनावको विषयमा झडप भएको हुनसक्ने जिल्ला प्रहरी कार्यलयका डिएसपी समीरचन्द्र खरेलले जानकारी दिए…
स्वास्थ्य संस्थामा औषधि अभाव, सेवाग्राही मर्कामा
जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा औषधि अभाव भएको पाइएको छ । सरकारले ३६ प्रकारका औषधि स्वास्थ्य चौकीहरूमा निशुल्क पाइने बताएपनि अधिकांश स्वास्थ्य चौकीमा अभाव भएको हो । 'आएका बिरामीलाई औषधि नै नदिइ फर्काउने गरेका छौँ ।'-सिम्जुङ स्वास्थ्य चौकीका इञ्चार्ज बलाराम पोखरेलले भने । त्यसैगरी स्ताकुमाझ लाकुरीबोट र सौरपानी गाविसका स्वास्थ्य चौकीहरूमा…
उत्तरी गोरखाका लागि पठाइएको खाद्यान्न पाँच महिनादेखि बिच बाटोमै अलपत्र
उत्तरी गोरखाका स्थानीयका लागि पठाइएको चामल आरुघाटमा अलपत्र परेको पाइएको छ । पाँच महिनादेखि खाद्यान्न ढुवानी नहुँदा चामल कुहिन थालेको स्थानीयहरूले बताएका छन् । दसैँमा खाद्य व्यवस्था समितिले सिर्दिवास, उहिया, केरौँजा, काशिगाउँ, गुम्दाका स्थानीयका लागि पठाएको चामल बिच बाटोमै अलपत्र परेको हो । पाँच महिना अघि ४ सय क्वीन्टल चामल…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई ०७३ जेठ २३ गते बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेदेखि फरार रहेका आरोपित वोर्लाङ-६ का १९ वर्षीय रवि पौडेललाई प्रहरीले माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका अभिभावकले जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन गरिएको…
मानसिक समस्याबाट पीडित तारापतीको उपचारपछि फेरिएको जिन्दगी !
शुक्लागण्डकी नपा-२ वनकेवाका ४१ वर्षीय तारापती सापकोटालाई गत वर्ष देख्नेहरू अहिले देख्दा उनको जीवनमा आएको परिवर्तनलाई पत्याउनै गार्हो मान्छन् । गत वर्षसम्म साङ्लोले बाँधिएर खोरभित्र थुनिएका तारापती अहिले निकै स्वस्थ जीवनका साथ दैनिक काममा व्यस्त भेटिन्छन् । सशस्त्र द्वन्द्वकालमा सशस्त्र प्रहरीको यातनाबाट मानसिक सन्तुलन गुमाएका सापकोटालाई गत वर्षसम्म उनको परिवारले…
द्वन्द्वकालमा छोरा मारिएपछि मानसिक स्वास्थ्य कमजोर, सहयोगको अपिल
सशस्त्र द्वन्द्वको क्रममा छोरा मारिएपछि मानसिक रूपमा कमजोर भएकी शुक्लागण्डकी नपा-१६ घारी तालवेशीकी ४१ वर्षीया चिना केसी अझै पनि उही समस्याबाट पीडित छिन् । नेपाल प्रहरीमा कार्यरत उनका जेठा छोरा कमल केसीलाई द्वन्द्वको क्रममा ०५८ सालमा तत्कालीन विद्रोही नेकपा माओवादीबाट रोल्पामा हत्या गरेपछि केसीको मानसिक अवस्था कमजोर भएको हो ।…