नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सहइञ्चार्ज गिरफ्तार

मङ्सिर ४ गते राति सहकारी तथा गरिबी निवारण राज्यमन्त्री तथा बाग्लुङ क्षेत्र नं १ को काङ्ग्रेस उम्मेदवार चम्पादेवी खड्काको घरमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सहइञ्चार्ज नन्दराम थापाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । थापालाई प्रहरीले काँठेखोला गाउँपालिका-४ स्थित उनकै निवासबाट गिरफ्तार गरेको…

November 24, 2017  
प्रतिनिधि सभाका उम्मेदवार चढेको गाडीलाई लक्षित गरेर बम विष्फोट

जिल्ला प्रतिनिधिका अनुसार मङ्सिर ८ गते बेनी नपा-२ तोराखेतमा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार भूपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम विष्फोट भएको प्रहरीले जनाएको छ । हिजोको चुनावी अभियान सम्पन्न गरेर फर्कने क्रममा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका थापालाई लक्षित गरी बम विष्फोट भएको प्रहरीको प्रतिक्रिया छ…

November 24, 2017  
जिल्ला कारागार कास्कीमा तिन दिने स्वास्थ्य शिविर सुरू

जिल्ला कारागार कास्कीमा जनरल मेडिसिन र दन्त सेवासम्बन्धी तिने दिने स्वास्थ्य शिविर सुरू भएको छ । पीडित सेवा सङ्घ कास्की र अफुलग्रेसको आयोजना तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा, सहयोगी आत्म नेपाल र सिङ्गापुर रेडक्रसको सहयोगमा शिविर मङ्सिर ७ गतेदेखी ९ गते सम्म सञ्चालन हुने भएको हो । राष्ट्रिय…

November 23, 2017  
काङ्ग्रेस प्रचार टोलीमाथि अज्ञात समूहबाट बम प्रहार

चुनावी प्रचार अभियानका लागि निसीखोला गाउँपालिकाको याङ्म्याङ् पुगेको काङ्ग्रेस प्रचार टोलीमाथि मङ्सिर ५ गते अपरान्ह अज्ञात समूहले बम प्रहार गरेको प्रहरीले जनाएको छ । याङ्म्याङ् गाउँमा चुनावी प्रचार सकेर गाउँको तलपट्टी रहेको कालझुण्डी भन्ने स्थानमा जङ्गलको बाटो हिँडिरहेको टोलीमाथि बम प्रहार गरिएको बमले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय…

November 22, 2017  
स्याङ्जामा राजनीतिक दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

यही मङ्सिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा स्याङ्जामा प्रतिस्पर्धामा रहेका राजनीतिक दलहरूले आचारसंहिताको उल्लङ्घन गरेका छन् । निर्वाचन क्षेत्र नं २ मा आचारसंहिता उल्लङ्घन भएको भनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । क्षेत्र नं २ को वालिङमा नेपाली काङ्ग्रेसले सार्वजनिक शौचालयमा…

November 21, 2017  
अज्ञात समूहद्वारा राज्यमन्त्री खड्काको घरमा बम बिष्फोट

सहकारी तथा गरिबी निवारण राज्यमन्त्री एवम् नेपाली काङ्ग्रेसबाट बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार चम्पादेवी खड्काको घरमा मङ्सिर ४ गते राति बम बिष्फोट भएको छ । बागलुङ बजारको लालीगुराँस चोकस्थित राज्यमन्त्री खड्काको घरमा रातको ११ बजे बम बिष्फोट भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बम विष्फोटबाट…

November 21, 2017  
बागलुङको निसिखोलामा मतदाता शिक्षा सामग्री लुटियो

बागलुङ जिल्लाको क्षेत्र नं २ अन्तर्गतको निसिखोला गाउँपालिकामा मतदाता शिक्षाका लागि पुगेका स्वयम्सेवकको साथमा रहेका मतदाता शिक्षा सामग्री मङ्सिर २ गते दुई जनाले नियन्त्रणमा लिएर नष्ट गरेका छन् । गाउँमा मतदाता शिक्षाका लागि पुगेका स्वयम्सेवकको साथमा रहेका नमूना मतपत्र, पर्चा, पम्लेट लगायतकासामग्री नियन्त्रणमा लिएर च्यातिदिएको मतदाता शिक्षा कार्यकर्ता राधिका शर्माले…

November 19, 2017  
काङ्ग्रेस वरिष्ठ नेता पौडेललाई लक्षित गरी प्रेसर कुकर बम विष्फोट

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नम्बर १ का लागि नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार रामचन्द्र पौडेललाई लक्षित गरी अज्ञात समूहले मङ्सिर २ गते भानु नपा-१२ को नेपाल डाँडामा प्रेसर कुकर बम विष्फोट गराएको छ । नेपाली काङ्ग्रेसद्वारा लमजुङको सदरमुकाम बेशिसहरमा आयोजना गरिएको सभालाई सम्बोधन गर्न जाँदै गरेका पौडेल सवार…

November 18, 2017  
स्याङ्जामा निर्वाचन आचारसंहिता विपरीत गतिविधि

मङ्सिर १ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको मिति नजिकिएसँगै आचारसंहिता विपरीतका गतिविधि बढ्दै जान थालेको पाइएको छ । नेपाली काङ्ग्रेसले आचारसंहिता विपरीत विद्यालयहरूमा कार्यक्रम गरेको र सार्वजनिक शौचालयमा पार्टीको झण्डा, प्रचारप्रसार सामग्री राख्नुका साथै चुनावी कार्यालयको रूपमा प्रयोग गरेको जनाउँदै एमालेले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको र…

November 18, 2017  
माओवादी केन्द्रका उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभाका लागि गोरखा क्षेत्र नं-२ का उम्मेदवार तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई लक्षित गरी अज्ञात समूहले कात्तिक ३० गते बम विष्फोट भएको छ । 'सिल्भरको भाँडामा विष्फोटक पदार्थ राखेर पड्काएको पायौँ ।'-जिल्ला प्रहरी कार्यलयका एसपी प्रकाश अधिकारीले भने-'हाम्रो प्रारम्भिक अनुसन्धानमा रिमोटबाट बम पड्किएको भन्ने छ…

November 17, 2017