स्थानीय कानुन मिडियामैत्री हुनुपर्छः सरोकारवाला

अब बन्ने स्थानीय कानुन मिडियामैत्री हुनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । इन्सेक पोखरा कार्यालय र नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको आयोजनामा फागुन २९ गते गोरखाको सदरमुकाम गोरखा बजारमा आयोजना गरिएको मिडिया साझेदारी कार्यक्रममा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् । नेपाल पत्रकार महासङ्घ गोरखा शाखाका अध्यक्ष किशोरजङ्ग थापाले…

March 14, 2018  
मकैसिङमा इन्सेकको सार्वजनिक सुनुवाई

गण्डकी गाउँपालिका-१ मकैसिङका भूकम्प पीडितले प्राविधिकको झन्झटिलो प्रक्रियाले निकै सास्ती खेप्नुपरेको गुनासो गरेका छन् । फागुन २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठन गरिएको मानव अधिकार सञ्जालको आयोजनामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भूकम्प पीडितले प्राविधिकबाट निकै दुःख पाएको दुखेसो पोखेका हुन् । बनेका घरलाई पनि किस्ता सिफारिस…

March 10, 2018  
अस्पतालमा आइसियू सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा

जिल्ला अस्पतालमा अत्यावश्यक आइसियू सेवा नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै आइसियू सेवा आवश्यक परेको भएपनि जिल्लामा सो सेवा उपलब्ध छैन । आइसियू सेवा नहुँदा बिरामीहरू सो सेवा लिनका लागि काठमाडौँ वा पोखरासम्म पुग्नु पर्ने अवस्था रहेको बेशीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । गम्भीर प्रकृतिका…

March 9, 2018  
अन्तर्राष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा महिला जनप्रतिनिधिहरूसँग अन्तरक्रिया

१ सय ८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा पोखरा-लेखनाथ मनपामा रहेका १५ वडा र कास्कीमा रहेका चार गाउँपालिकाका महिला जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम फागुन २३ गते सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालय र शान्तिका लागि नागरिक समाजको सञ्जाल…

March 7, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चापाकोट नपा-४ का २५ वर्षीय अर्जुन बिक र सोही ठाउँका २० वर्षीय राजेश सुनारलाई फागुन १६ गते राति गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयले फागुन १६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो । घटनाका अर्का आरोपित…

March 2, 2018  
बलात्कार घटनाका आरोपित गिरिफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्ला घर भएका ३४ वर्षीय बेदराज डाँगी र लम्जुङ जिल्ला राइनास नपा-८ का ३३ वर्षीय विष्णु सापकोटालाई फागुन १० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितद्वयले फागुन ४ गते ना ५ ख ५३६८ नम्बरको रात्री बसमा लमहीबाट काठमाडौँ जाने भनी चढाएर…

February 23, 2018  
दोषीलाई कारवाही गरी घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनसँग माग

पोखरा-लेखनाथ मनपा-१४ स्थित विजयपुर खोला पुलमा फेला परेको बमका बारेमा समाचार सङ्कलनका लागि गएका गण्डकी टेलिभिजनका घनश्याम पाण्डे र अस्थायी प्रहरी चौकी चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्री बम विष्फोटमा परी घाइते भएको घटनाप्रति कास्कीमा रहेका अधिकारकर्मीहरूले ध्यानाकर्षण भएको जनाएका छन् । अधिकारकर्मीहरूले फागुन ८ गते एक प्रेस विज्ञप्ति जारी…

February 20, 2018  
कास्कीको विजयपुरमा बम विष्फोट, एक जना प्रहरी र एक जना पत्रकार घाइते

पोखरा लेखनाथ मनपा-१४ स्थित विजयपुर खोलाको पुलमा फागुन ८ गते बिहान बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् । सो विष्फोटमा परी प्रहरी जवान कूलबहादुर खत्री र पोखरास्थित गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्डे घाइते भएका हुन् । घाइते दुवैजनाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचार भइरहेको छ । बिहान बम…

February 20, 2018  
विद्यालय नआएको भन्दै प्रध्यानाध्यापकबाट विद्यार्थी कुटिए

आरुघाट गाउँपालिका-२ मान्वुस्थित भवानी माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने सुपारे कार्कीलाई प्रध्यानाध्यापकले मरणासन्न हुने गरी कुटपिट गरेका छन् । प्रध्यानाध्यापकले विद्यालयको बेइज्जत हुन्छ भन्दै घटना बाहिर नल्याउन दबाव दिएपनि उपचार खर्च विद्यालयले व्यहोर्ने आशामा रहेको पीडित पक्षले अन्तत काठमाडौँमा फागुन ५ गते पत्रकार बोलाएर घटनाबारे जानकारी दिएको हो…

February 18, 2018  
पत्नी हत्याका आरोपित गिरफ्तार

मादी गाँउपालिका-५ की ४७ वर्षीया गौमाया बिकलाई चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४३ वर्षीय एकबहादुर बिकलाई फागुन १ गते गिरफ्तार गरेको छ । मादक पदार्थ सेवन गरेका आरोपितले माघ २९ गते राति चिर्पट दाउरा टाउकोमा प्रहार गरी हत्या गरेको भन्दै पीडितका आफन्तले फागुन १ गते प्रहरीलाई खबर गरेका…

February 14, 2018