स्वास्थ्य बीमा गर्नेलाई औषधिको अभाव, स्थानीय तहले बजेट नदिँदा जिल्लाभर औषधिको अभाव

तनहुँमा स्वास्थ्य बीमा गर्ने नागरिकलाई औषधिको अभाव भएको छ । बीमा गरेबापत निशुल्क रूपमा  पाउने औषधि दमौली अस्पतालमा अभाव भएको हो । सरकारले गत आर्थिक वर्ष ०७२/७३ देखि सामाजिक सुरक्षा कार्यक्रम अर्न्तर्गत स्वास्थ्य बीमाको कार्यक्रम सञ्चालन गरेको थियो । पहिलो वर्षकैलाली, बाग्लुङ र इलाम जिल्लाबाट सुरू गरिएको कार्यक्रम आर्थिक वर्ष…

January 29, 2018  
मानसिक समस्याबाट पीडितको उद्धार र सहयोगको याचना

अजिरकोट गाउँपालिका-२ खरिबोट सिस्नेका ७० वर्षीय स्यादुरे तामाङ ४० वर्षदेखि  ओढारमा बस्दै आएका छन् । दिनभर गाउँमा खानेकुरा खोज्ने र राति अजिरकोट गाउँपालिका-३ हंसपुरस्थित भच्चेक बजार नजिकैको ओढारमा बस्ने गरेको उनले बताए । ४० वर्ष अघि भारतीय सेनामा भर्ना भएका तामाङ मानसिक सन्तुलन ठिक नभएपछि ओढारमा बस्दै आएका स्थानीय भिमलाल तामाङले…

January 27, 2018  
दलितले उत्पादन गरेको दुध बिकेन

भिमपोखराका दलित किसानहरूले उत्पादन गरेको दुध विक्री नभएपछि चिन्तित बनेका छन् । आफूहरूले उत्पादन गरेको दुध र दुधजन्य सामग्री विक्री नभएपछि उनीहरू चिन्तित बनेका हुन् । भिमपोखराका ४२ वर्षीय चिन्तामणी सुनारले दुई ओटा भैँसी पालेका छन् । गाउँमै दुग्ध सहकारी भएपनि दलितले उत्पादन गरेको भनेर सहकारीले लिन नमानेपछि उनले घिउ…

January 25, 2018  
अपाङ्गता भएका १२ वर्षको दाइलाई बोकेर दैनिक स्कुल

पालुङटार नगरपालिका-९ धुँवाकोटस्थित मदने डाँडा माध्यमिक विद्यालयमा दैनिक १० वर्षीया सुस्मिता बराम दैनिक अपाङ्गता भएका १२ वर्षीय दाजु लक्ष्मणलाई बोकेर विद्यालय आइजाई गर्छिन् । जन्मजात अपाङ्गता भएका लक्ष्मण तीन कक्षामा पढ्छन भने सुस्मिता दुई कक्षामा पढ्छिन् । 'दाइको गोडा टेक्नै मिल्दैन अनि सधैँ म आफैँ दाइलाई बोकेर स्कुल ल्याउँछु ।'-सुस्मिताले…

January 21, 2018  
बालुवा उत्खनन्को समाचार सङ्कलनका क्रममा पत्रकार कैनीमाथि आक्रमण

कान्तिपुर दैनिकका गोरखा सम्वादाता २८ वर्षीय सुदिप कैनीमाथि माघ १ गते आक्रमण भएको छ । अवैध बालुवा उत्खननको समाचारको सङ्कलनको क्रममा तनहुँ जिल्ला आँवुखैरेनी गाउँपालिका-३ मा कैनीमाथि आक्रमण भएको पीडित पत्रकारले बताए । अवैध बालुवा उत्खननमा संलग्न चार जनाको समूहमा रहेका युवाहरूले कैनीमाथि आक्रमण गरेको जनाइएको छ । उनीहरूको नाम…

January 15, 2018  
अदालतको आदेशपछि मतपत्र काठमाडौं पुर्‍याइयो

जिल्ला निर्वाचन कार्यालय तनहुँले प्रतिनिधि सभा क्षेत्र नं २ प्रदेश सभा १ को मतपत्र र मुचुल्का काठमाडौँ लगेको छ । सर्वोच्च अदालतको आदेश अनुसार निर्वाचन कार्यालयले पुस २८ गते शुक्रबार उक्त प्रदेश सभा अन्तर्गत खसेको मतपत्र र मुचुल्का काठमाडौं लगेको निर्वाचन अधिकृत गोविन्द गिरीले बताए । सशस्त्र प्रहरीको कडा सुरक्षा…

January 14, 2018  
नीति निर्माण गर्दा शिक्षा, स्वास्थ्य र खाद्यलाई महत्व दिनु पर्छः सांसद सिग्देल

तनहुँ क्षेत्र नम्बर २ का सांसद केदार सिग्देलले आगामी दिनमा नीति निर्माण गर्दा शिक्षा, स्वास्थ्य र खाद्यको सवाललाई प्राथमिकता दिनु पर्ने बताएका छन् । इन्सेक तनहुँद्वारा म्याग्दे गाउँपालिका-३ मा पुस २५ गते आयोजित 'शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी राज्यको नीति, कार्यक्रम र कार्यान्वयनको अवस्था' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद सिग्देलले…

January 10, 2018  
शिक्षा स्वास्थ्य र खाद्य अधिकारलाई सम्बोधन गर्नुपर्नेमा जोड

कास्की क्षेत्र नम्बर-३ का प्रतिनिधिसभा सदस्य जगत विश्वकर्माले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारलाई सम्बोधन नगरेसम्म समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सँग आबद्ध मानव अधिकार निगरानी समूह, अन्नपूर्ण गाँउपालिकाले पुस २१ गते लुम्लेमा आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारसम्बन्धी राज्यको नीति तथा…

January 6, 2018  
गाउँपालिका केन्द्र सार्ने निर्णयको विरोधमा उत्रिएका स्थानीयद्वारा सवारीसाधन तोडफोड

भिमसेन गाउँपालिकाको केन्द्र सार्ने तयारी भएको भन्दै विरोधमा उत्रिएका भिमसेन गाउँपालिका-४ वगुवाका स्थानीयहरूले पुस २१ गते ट्याक्टर र मोटरसाइकल तोडफोड गरेका छन् । चार दिनदेखि चरणबद्घ आन्दोलनमा उत्रिएका स्थानीयहरूले पुस २१ गते गाउँपालिका बन्दको आह्वान गरेका थिए । सोही क्रममा बन्दको अवज्ञा गरेको भन्दै ना १२ प ९०१० नम्बरको मोटरसाइकल…

January 5, 2018  
पुनः मतगणना गर्नु पर्ने पौडेलको रिटमा सर्वोच्चद्वारा मतपत्र र मुचुल्का पेश गर्न आदेश

सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसबाट तनहुँ क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार प्रदीप पौडेलले पुनः मतगणना हुनुपर्ने माग गर्दै हालेको उजुरीमा मतपत्र र मुचुल्का पेश गर्न निर्वाचन आयोगलाई आदेश दिएको छ । पुस १९ गते प्रधानन्यायाधीश गोपाल पराजुलीसहित पाँच जना न्यायाधीशको संवैधानिक इजलाशले निर्वाचन आयोगलाई अर्को…

January 3, 2018