बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले चापाकोट नगरपालिका–४ का २१ वर्षीय बिनोद दर्जीलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत स्याङ्जाका न्यायाधीश सुर्य बहादुर थापाको ०७७ फागुन ४ गतेको इजालसले कसुर ठहर गर्दै जबरजस्ती करणी कसुरमा १० वर्ष कैदको फैसला सुनाएको श्रेस्तेदार विश्वप्रसाद रेग्मीले इन्सेक …
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा चापाकोट गाउँपालिका–२ का ५२ वर्षीय नामदेव कुमाललाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन १ गते बाख्रा चराउन गएको बेला बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालय स्याङ्जामा मौखिक उजुरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी राजेन्द्र प्रसाद…
खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश र फेदिखोला गाउँपालिकाको संयोजनामा फेदिखोला गाउँपालिका–१ कर्मीडाँडामा खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै फेदिखोला गाउँपालिका–१ का सदस्य धन बहादुर खड्काले खाद्यसम्बन्धी गाउँपालिकामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिदै आएको र कृषकलाई प्रोत्साहित गर्ने खालको योजनाहरू सञ्चालित भइरहेको जानकारी गराउनुभयो ।…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) गण्डकी प्रदेशको आयोजनामा पुतलीबजार नगरपालिका –१४ मा शिक्षाको अधिकारसम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानवअधिकार संरक्षण र सम्बर्ध्दनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा वडा नम्बर १४ का वडाध्यक्ष शेषराज ढकालले इन्सेकले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीरकोट नगरपालिका–५ का १९ वर्षीय आशिष थापालाई पुस २२ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर पुस १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध पुस १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेन्द्र प्रसाद अधिकारीले…
नेपाल मानव अधिकार वर्ष पुस्तक –२०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक –२०२१ प्रकाशन पूर्व गरिने वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते पुतलीबजार नगरपालिकामा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) स्याङ्जाको आयोजनामा सन २०२० जनवरी देखि १५ दिसेम्बर २०२० सम्मका जिल्लामा घटेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको समीक्षा गरिएको हो । कार्यक्रममा…
हत्या घटनाका आरोपित गिरफ्तार
हरिनाश गाउँपालिका–५ का १४ वर्षीय बालक शेर बहादुर थापाको हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका २६ वर्षीय रेशम रानालाई गिरफ्तार गरेको छ । मृतक थापासँग भनाभन हुँदा रिसमा आएर आरोपितले पुस ४ गते टाउकोमा कोदालो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर…
हिंसा र छुवाछुत न्यूनीकरणका लागि सबैजना लाग्नुपर्छ : अध्यक्ष थापा
हिंसा अन्त्य गर्न र छुवाछुत न्यूनीकरणका लागि सबैजना लाग्नुपर्ने पुतलीबजार नगरपालिकामा गठन भएको मानव अधिकार समूहकी अध्यक्ष तारक बहादुर थापाले भन्नुभयो । सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा स्याङ्जा पुतलीबजार नगरपालिका वडा नम्बर २ मा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको कार्यक्रम अन्तरगत जातीय विभेद…
हिंसा न्यूनीकरण गर्न सबै तहबाट सहयोग हुनुपर्छ : वडाध्यक्ष गुरुङ
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रममा आफ्नो धारणा राख्दै फेदीखोला गाउँपालिका वडा नम्बर ५ की वडाध्यक्ष देउकुमारी गुरुङले सो कुरा भन्नुभएको थियो । उहाँले देशमा अहिले रहेको तीन तहको सरकारले आ–आफ्नो स्थानबाट समाजमा रहेको हिंसालाई कम गर्न प्रयास गर्नुपर्ने र हिंसा न्यूनीकरण गर्न सबै तहबाट सहयोग हुनुपर्ने कुरामा जोड दिनुभयो…
महिला हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र फेदिखोला गाउँपालिका–३ प्रगतिशील बचत तथा ऋण सहकारी संस्था भाटखोलाको संयुक्त आयोजनामा मङ्सिर १८ गते महिला हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा फेदिखोला गाउँपालिकाका उपाध्यक्ष देवी थापाले घरेलु हिंसा कसुर सजाय ऐन २०६६ र फेदिखोला गाउँपालिकाको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधिका…