बालक हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनचौपारी गाउँपालिका– ६ बस्ने १० वर्षीय बालक हर्षित देवकोटालाई हत्या गरेको आरोपमा सोही ठाँउका २२ वर्षीय सुजन चुवाई सुवेदीलाई प्रहरीले असार १ गते गिरफ्तार गरेको छ । बालकलाई आरोपितले असार १ गते बेलुका धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही दिन पुतलीबजार नगरपालिका–१ बाट गिरफ्तार गरेको थियो ।…

२०८० असार २, शनिबार २०:३५ गते  
मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न मेयरलाई प्रस्तावनापत्र

पुतलीबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मी लाई मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजनालाई नीति तथा कार्यक्रममा समावेश गर्न इन्सेक स्याङ्जा जिल्ला प्रतिनिधिले जेठ ३२ गते प्रस्तावनापत्र बुझाउनुभएको छ । नगर प्रमुख रेग्मी लाई मानव अधिकार सम्बन्धी पाचौँ राष्ट्रिय कार्ययोजना तथा आर्थिक बर्ष २०८०÷८१ को वार्षिक नीति तथा कार्यक्रममा मानव अधिकार सम्बन्धी…

२०८० जेष्ठ ३२, बिहीबार १९:५२ गते  
बलात्कार कसुरमा १० वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालार्ई सामुहिक बलात्कार गरेकोे अभियोग लागेका भिरकोट नगरपालिका–१ का १३ र १४ वर्षीय बालकहरूलाई १० वर्ष कैद सजायको फैसला भएको छ । न्यायधिश राधाकृष्ण उप्रेतीकाे जेठ २४ गतेको इजलासले अभियोग दाबी पुग्ने भन्दै आरोपितलाई कैदसँगै पीडित पक्षलाई ३ लाख ३ हजार रुपियाँ क्षतीपूर्तीको फैसला गरेको इजलास अधिकृत कृष्णप्रसाद…

२०८० जेष्ठ २६, शुक्रबार ०९:४६ गते  
बैङ्क तथा वित्तीय संस्था अपाङ्गमैत्री नहुँदा सेवाग्राहीलाई सास्ती

स्याङ्जा जिल्ला  भित्र सञ्चालित कुनै पनि बैङ्क तथा वित्तीय संस्था अपाङ्गमैत्री नहुदाँ अपाङ्गता भएका सेवाग्राहीहरू समस्यामा परेका छन् । स्याङ्जामा निजी होस् वा सरकारी बैङ्क तथा वित्तीय संस्था कुनै पनि अपाङ्मैत्री छैनन् । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूले पाउने सामाजिक सुरक्षा भत्ता बैङ्क बाट मात्र भुक्तानी लिन पाउने व्यवस्था…

२०८० बैशाख ३१, आईतवार १९:४७ गते  
बलात्कार कसुरमा १९ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालार्ई बलात्कार गरेकोे अभियोग लागेका स्याङ्जा वालिङ नगरपालिका–१ का २१ वर्षीय कसिद्धलाल चेपाङ्ग लाई १९ वर्ष कैद सजायको फैसला भएको छ । न्यायाधीश राधाकृष्ण उपे्रतीकोे वैशाख ३१ गतेको इजलासले अभियोग दावी पुग्ने भन्दै आरोपितलाई कैदसँगै पीडितलाई ६ लाख रुपियाँ क्षतीपूर्तीको फैसला गरेको इजालास अधिकृत कृष्ण प्रसाद मरासिनीले बताउनुभयो…

२०८० बैशाख ३१, आईतवार १९:२४ गते  
पतिको कुटाइबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

पतिको कुटपिटबाट घाइते  पुतलीबजार नगरपालिका– १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा नर्भिक अस्पताल काठमाडौँमा ०७९ चैत ८ गते मृत्यु भएको छ । उपचारको क्रममा कमलाको मृत्यु भएको हो । लक्ष्मीप्रसाद न्यौपान र जेठाजु केशवराज न्यौपानेले गत माघ २२ गते कुटपिट गरी घाइते  हुनुभएकी कमलालाई माघ २३ गते भिरकोट नगरपालिका–१…

२०७९ चैत्र १०, शुक्रबार ०९:३५ गते  
बलात्कार कसुरमा ११ वर्ष कैद सजायको फैसला

२९ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग लागेका स्याङ्जा वालिङ नगरपालिकाका ४५ वर्षीय नागरिकलाई ११ वर्ष कैद सजायको फैसला भएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको चैत्र ६ गतेको अन्तिम आदेशले अभियोग दावी पुग्ने भन्दै आरोपितलाई कैदसँगै ४० हजार रुपियाँ जरिवाना र ३ लाख १० हजार रुपैयाँ  क्षतीपूर्तीको फैसला गरेको इजलाश अधिकृत…

२०७९ चैत्र ७, मंगलवार २०:०५ गते  
खानेपानीको अभावले आम नागरिक समस्यामा

हरिनास गाउँपालिका– ६ पुर्कोटका विष्णु बहादुर रुचाल डोकोमा गाग्री बोकेर ओराली उकाली गर्न थालेके निकै धेरै वर्ष भएको छ । वर्षौ देखि खानेपानीको अभाव रहेको हरिनासमा एक गाग्री पानी ल्याउन एक घण्टा लाग्ने अनि पानी भर्न पालो कुर्नुपर्ने बाध्यता विष्णु बहादुर रुचाल मात्र नभई त्यस स्थानका ५० घर परिवारको संयुक्त…

२०७९ फाल्गुन ३०, मंगलवार १८:३७ गते  
स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी र औषधिको अभाव, सेवाग्राही मर्कामा

स्याङ्जा जिल्लामा तीन ओटा सरकारी अस्पताल, दुई ओटा सामुदायिक अस्पताल, ६७ ओटा  स्वास्थ्य चौकी, एव. ४६ ओटा आधारभुत स्वास्थ्य केन्द्र रहेका छन् । जिल्लाको सदरमुकामको सरकारी अस्पतालमा एक जना विशेषज्ञको दरवन्दी रहेकोमा विगत चार महिना देखी सो पद रिक्त रहेको स्वास्थ्य कार्यालय स्याङ्जाका सुचना अधिकारी विष्णु प्रसाद सुवेदीले बताउनु भयो…

२०७९ फाल्गुन २९, सोमबार १९:४८ गते  
कारागारमा स्वास्थ्य कर्मचारी नहुँदा कैदीबन्दीहरूलाई समस्या

कारागारमा कैदीबन्दीहरूको स्वास्थ्य परिक्षणका लागि नेपाल सरकारको पाचाैँ तहको एक जना स्वास्थ्य कर्मचारीको दरबन्दी रहेको भएता पनि ०७९ जेठ महिना देखी उक्त पद रिक्त रहेको छ । जसका कारण सामान्य स्वास्थ्य समास्याका लागि पनि कैदीबन्दीहरूलाई जिल्ला अस्पताल लैजानुपरेको छ । कारागारमा हाल ४ जना कैदीबन्दीहरू जटिल मानसिक रोगी र १६…

२०७९ माघ २३, सोमबार १०:१५ गते