स्याजाका ६१ ओटा मतदानस्थल अति संवेदनशील सूचीमा
जिल्ला सुरक्षा समिति स्याङ्जाको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले जिल्लाका ६१ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । जिल्लामा १ सय ९९ ओटा मतदानस्थलका ३ सय २० ओटा मतदान केन्द्र तय गरिएको छ । जसमा ६१ ओटा मतदानस्थललाई अति संवेदनशील, ६६ ओटा मतदानस्थललाई संवेदनशील र ७२ ओटा मतदानस्थललाई सामान्य सूचीमा…
स्वास्थ्यकर्मीको दरबन्दी कम हुँदा सेवाग्राहीलाई सास्ती
पुतलीबजार नगरपालिका–३, कुमालगाउँस्थित स्याङ्जा अस्पताल स्याङ्जामा स्वास्थ्य चिकित्सकको दरबन्दी कम हुँदा सेवाग्राहीले सास्ती पाएका छन् । बिहान ११ बजे नै टिकट काटेकी पुतलीबजार नपा–२ की सविना मरासिनीले डाक्टरको पालो कुर्दाकुर्दा ३ बजेपनि जँचाउने पालो नआएको बताउनुभयो । आँधिखोला गाउँपालिका–४ की राममाया दर्जी औषधि लिने लाइनमा करिब १ घण्टा बिताउँदा पनि…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
पुतलीबजार नगरपालिका–८ की ४२ वर्षीया मञ्जु दमैलाई कुटपीट गरी हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति गोपाल दमैलाई भदौ १७ गते गिरफ्तार गरेको छ । घरयासी विवादका कारण भदौ १४ गते दिउँसो २ बजेतिर धारिलो हतियारले शरीरलगायत टाउकोमा समेत प्रहार गरी हत्या गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय स्याङ्जामा…
क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी, व्यवस्थापनमा कठिनाइ
पुतलीबजार कारागारमा भौतिक पुर्वाधारको अभाव हुँदा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राख्नु पर्दा व्यवस्थापनमा कठिनाइ भोग्नु परेको जेल प्रशासनले जनाएको छ । कारागारको क्षमता ३५ जना पुरुष र १५ जना महिलाको भएपनि दुई जना महिलासहित १ सय ४२ जना कैदीबन्दी राख्नु परेको जेलर चुडामणि…
स्याङ्जामा रासायनिक मलको अभाव हुँदा उत्पादनमा कमी हुने गुनासो
स्याङ्जामा युरिया मलको माग, आपुर्तिभन्दा निकै बढी हुँदा उत्पादनमा कमी हुने किसानले गुनासो गरेका छन् । रासायनिक मल आपुर्तिको जिम्मा लिएको कृषि सामाग्री कम्पनी लिमिटेडले माग अनुसार मल उपलब्ध गराउन नसक्दा किसानले यस्तो गुनासो गरेका हुन् । स्याङ्जामा रासायनिक मलको वार्षिक माग करिव १६ सय टन भएको कृषि सामग्री कम्पनी लि.का…
६ महिने बालिकाको हत्या गरेको आरोपमा आमा गिरफ्तार
६ महिने नाबालिका छोरीको हत्या गरेको आरोपमा प्रहरीले गल्याङ् नगरपालिका–२ इलुङगाकी २२ वर्षीया लक्ष्मी राना र लक्ष्मीका प्रेमी पाल्पा रामपुरका केदार कुमाललाई साउन २० गते गिरफ्तार गरेको छ । ६ महिने छोरीको हत्या गरी अस्थायी शौचालयको खाल्डोमा फालेको आरोपमा उनीहरूलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । लक्ष्मी राना यही साउन…
कांग्रेस र एमाले कार्यकर्ताबिच झडप, एक जना घाइते
चापाकोट नगरपालिका सु्न्तलीटारमा कांग्रेस र एमाले कार्यकर्ताबिच वैशाख १७ गते झडप हुँदा एक जना घाइते भएका छन् । चापाकोट नगरपालिका वडा ६ र ७ मा एमाले कार्यकर्ताहरु चुनाव प्रचार गरी फर्किरहेको क्रममा काग्रेस कार्यकर्ताहरुले उनीहरुमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ । आक्रमणमा खुकुरी प्रहार भइ घाइते भएका…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीले १४ वर्षीय बालकलाई वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले वैशाख २ गते दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान…
गल्याङ नगरपालिकाको न्यायिक समितद्वारा सतप्रतिशत मुद्दा फर्स्यौट
गल्याङ नगरपालिकाको न्यायिक समितद्वारा सतप्रतिशत मुद्दा फर्स्यौट भएका छन् । नगरपालिकाको न्यायिक समितिमा ०७७ /०७८ मा दर्ता भएका १ सय ३६ ओटा मुद्दाहरुमा १ सय ३६ ओटा मुद्दा फैसला भएको न्यायिक समितका संयोजक तथा गल्याङ नगरपालिकाका उपमेयर देवि थापाले बताउनुभयो । फैसला भएका सबै मुद्दाहरु छलफलको प्रक्रियाबाट फैसला भएको उहाँले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नगरपालिका–११ बस्ने ४३ वर्षीय यामबहादुर कुँवरलाई चैत २३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले चैत ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध वडा प्रहरी कार्यालय वालिङमा चैत २३ गते मौखिक उजुरी दिएको वडा प्रहरी कार्यालय वालिङका डिएसपी ढकेन्द्र खतिवाडाले इन्सेक…