नेपाल मानव अधिकार वर्ष पुस्तकको प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङ्जाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाका बारेमा समीक्षा गरिएको छ । एक वर्षभरिमा इन्सेक स्याङ्जाले सङ्कलन गरेका घटनाहरूको कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि हिमलाल पराजुलीले २०१८ जनवरीदेखि हालसम्म सङ्कलन गरेका ४४ ओटा घटना प्रस्तुत गरेका…

November 20, 2018  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई कात्तिक २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चापाकोट नगरपालिकाका ६ जनालाई सोही दिन गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले वडा प्रहरी कार्यालय वालिङमा दिएको उजुरी मङ्सिर १ गते नै दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ । पीडित बालिकालाई…

November 18, 2018  
स्याङ्जामा अझै पनि बालिघरे प्रथा कायमै !

शरीरमा दौरा सुरवाल । दौरा माथि खरानी रङ्को ज्याकेट । कम्मरमा पेटी । काँधमा गलबन्दी । शिरमा ढाका टोपी । गोडामा छालाको काला जुत्ता । हातमा यात्राको साहारा लठ्ठी टेकेका उनी आधुनिक जमानामा सूचना दिने पुरानो परम्पराका एक साक्षी मात्रै नभएर यस पेसामै संलग्न छन् । जीवनको उतरार्धसम्म पनि यसैमा…

November 8, 2018  
बोक्सी लागेको आरोपमा युवतीमाथि दुर्व्यवहार, आरोपित फरार

वालिङ नपा-१४ की २१ वर्षीया खगिसरा कुँवरलाई रोग निको पार्ने निहुँमा भिरकोट नपा-५ मा रहेको स्वरेक कालिका मन्दिरका धामी रामबहादुर थापाले कुटपिट गरेको प्रहरीले जनाएको छ । बिरामी भइरहने युवतीलाई उपचारका लागि भन्दै परिवारजनले कोजाग्रत पुर्णिमाको दिन स्वरेक कालिका मन्दिर लैजाँदा बिरामी निको पार्ने निहुँमा उनीमाथि कुटपिट भएको वडा प्रहरी…

November 3, 2018  
गाउँपालिका अध्यक्षको घरमा तोडफोड, अध्यक्षबाट प्रहरी माथि हातपात

हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले कात्तिक ७ गते प्रहरीमाथि हातपात गरेका छन् । मानन्धरको घरमा युवाहरूको समूहले कात्तिक ६ गते तोडफोड गर्नुका साथै मानन्धरका दाजु सोमबहादुर मानन्धरलाई कुटपिट गरी घाइते बनाएको घटनामा उजुरी गर्दा पनि सुरक्षा निकाय उदासिन भएकोले आफूले आक्रोशित भएर हात उठाएको अध्यक्ष मानन्धरले बताए । हरिनास गाउँपालिका–६…

October 25, 2018  
आँधीखोला बगरको कमाइले दसैँ मनाउँदै महिला मजदुर

दसैँ मनाउने आआफ्नो योजना बन्दै छन् । रोजगारीको लागि विदेशिएका कोही दसैँ मनाउन घर आइपुगेका छन् त कोही आउने क्रममा नै छन् । स्वदेशमै रोजगारीका लागि विभिन्न ठाँउमा पुगेकाहरू पनि आफ्नो पुख्र्यौली थलो फर्कँदै छन् । आँधीखोला बगरमा मजदुरी गर्ने महिलाहरू भने आफ्नै कमाईले दसैँ मनाउन फूलपातीसम्म नै मजदुरीमा तल्लीन…

October 18, 2018  
राहत नपाएको भूकम्प पीडितको गुनासो, जिल्लाका ५ सय घरधुरीले राहत पाएनन्

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि राहत नपाएको भन्दै स्याङ्जा जिल्लाका भूकम्प पीडितहरूले गुनासो गरेका छन् । वालिङ नपा–४ एलादीका लोकनाथ खनालले घटनाको साढे तीन वर्ष बितिसक्दा पनि पहिलो किस्ता समेत नपाएको बताए । ‘भूकम्पले घर भत्कियो । छाप्रो बनाएर बसेको यतिका समय भइसक्यो । अहिलेसम्म राहत पाएको छैन ।’–उनले…

October 8, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुतलीबजार नपा–१४ का ४८ वर्षीय जुद्घबहादुर भण्डारीलाई असोज २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २० गते जिल्ला प्रहरी कार्यालय स्याङ्जामा दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान कार्य…

October 8, 2018  
पत्रकारले स्वतन्त्र र निष्पक्ष भई काम गरे जोखिम कम हुने सरोकारवालाको भनाइ

इन्सेक गण्डकी प्रदेश कार्यालय पोखरा र पत्रकार महासङ्घ स्याङ्जाको संयुक्त आयोजनामा असोज ९ गते स्याङ्जामा सम्पन्न भएको पत्रकार र सुरक्षा विषयक मिडिया साझेदारी बैठकमा सहभागी वक्ताहरूले पत्रकारले निष्पक्ष भएर समाचार सम्प्रेषण गरेको खण्डमा पत्रकार कुनै पक्षसँग पनि डराउनु नपर्ने बताए । पत्रकारले आस्थाका आधारमा समाचार लेख्ने प्रवृत्ति बढ्दै जाँदा बेला…

September 25, 2018  
घरेलु हिंसापीडित महिलासँग उपचारपछि घर जाने रकमको अभाव

लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका-४ की ३० वर्षीया सेती गुरुङ भन्ने उज्याली गुरुङलाई अस्पतालले डिस्चार्ज गरेपछि घर कसोगरि जाने भन्ने पिरलोले सताएको छ । भदौ १३ गते पीडितका पती सिताराम दासले खुर्पाले हिर्काएपछि दायाँ हात भाच्चिएर साथीको सहयोगमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भदौ १३ गते भर्ना भएर हातको अप्रेशन गराएकी थिइन्।…

September 15, 2018