यौन दुर्व्यवहार घटनाका फरार आरोपित गिरफ्तार
९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सजाय तोकिएका फरार आरोपित वालिङ नगरपालिका– ११ भकभका बस्ने ६५ वर्षीय भिम बहादुर पौडेललाई प्रहरीले असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई यौन दुर्व्यवहार गरेको ठहर भई जिल्ला अदालतको २०७९ चैत २० गतेको फैसलाले ६ महिना १७ दिन सजायको फैसला भएकोमा…
अविरल वर्षाले गर्दा पहिरोमा परि एकै परिवारका दुई जनाको मृत्यु
स्याङ्जामा अविरल वर्षा सहितकाे पहिराेले फेदीखोला गाउँपालिका– ५ बाँगे स्थित दुर्गा जि.टी. को एक तले कच्ची घर पुरिँदा घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जि.टी. र ३ वर्षीया छोरी निसिका जि.टी. को मृत्यु भएको छ । केही दिनदेखि निरन्तर वर्षा भइराख्दा विभिन्न ठाउँमा पहिरो जाने तथा घरहरु डुबान पर्ने समस्याले गर्दा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरि गर्भवती बनाएको आरोपमा हरिनास गाउँपालिका– ३ सिरिन्डोडाका २१ वर्षीय रिम बहादुर थापालाई प्रहरीले वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई पटक पटक र अन्तिम पटक ०८० कात्तिक महिनामा बलात्कार गरेको भन्दै पीडित परिवारले वैशाख २५ गते दिएको उजुरीको आधारमा थापालाई गिरफ्तार गरिएको प्रहरी…
आगलागीबाट घाइते पीडितलाई उपचारका लागि इन्सेकको सहयोग
पुतलीबजार नगरपालिका– ११ करेन्डाडा बसोबास गर्ने ३५ वर्षीया आगलागीबाट पीडित गीता थापालाई उपचारका लागि इन्सेक गण्डकी प्रदेश कार्यालयले वैशाख २८ गते आर्थिक सहयोग प्रदान गरेकाे छ । २०८१ वैशाख १९ गते जङ्गलमा लागेको आगो घरमा सल्किदा गम्भीर घाइते हुनुभएकी गीता थापालाई उपचारका लागि पोखरा ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएको हुँदा…
प्रहरीमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार
वालिङ नगरपालिका– १३ बायाँटारीमा रहेको प्रहरी चौकी थुमपोखराका इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहन सिंहमाथि कुटपिट गर्ने वालिङ नगरपालिका– १२ का काजी गुरुङ र सुदिप गुरुङलाई प्रहरीले वैशाख २२ गते गिरफ्तार गरेका छ । वैशाखा १२ गते राती गस्तीमा रहेका सिंहलाई काजी गुरुङ, सुदिप गुरुङ र रविन गुरुङले कुटपिट गरि घाइते…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
८ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुतलीबजार नगरपालिका– ३ बाढखोलाका ६२ वर्षीय जीवन जि.टी.लाई प्रहरीले ०८० चैत २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०८० पुष १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले ०८० चैत २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपित विरुद्ध जिल्ला…
नवजात शिशुलाई त्यागेर हिँडेको आरोपमा गिरफ्तार, शिशुको उपचारका क्रममा मृत्यु
पुतलीबजार नगरपालिका– ३ काफलडाँडा कि ३९ वर्षीया माया भन्ने जयन्ती नेपालीलाई आफ्नै नवजात शिशुलाई त्यागेर हिँडेको आरोपमा प्रहरीले चैत ३ गते गिरफ्तार गरेको छ । नवजात शिशुलाई घर नजिकै त्यागेर जिल्ला अस्पताल स्याङ्जामा आफ्नो उपचारका लागि गएकी नेपालीलाई अस्पतालबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी…
तीन दिन देखि वडा कार्यालयको बिजुलीको लाइन काटिदा सेवाग्राहीलाई सास्ती
विद्युत प्राधिकरणले नगर विकासको भवनमा रहेको पुतलीबजार नगरपालिका– १ को वडा कार्यालयमा तीन दिन देखि विद्युत काटिदिए पछि सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ । टोल विकास संस्थाहरुले तिर्नुपर्ने रकम नतिरे पछि विद्युत प्राधिकरणले पुतलीबजार नगरपालिका– १ वडा कार्यालयको विजुलीको लाइन काटिदिएको हो । प्राधिकरणले लाइन काटेपछी वडा नं. १ को…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुतलीबजार नगरपालिका– १० राङ्खोला बस्ने ३० वर्षीय लेख बहादुर जिटिलाई प्रहरीले ०८० माघ २२ गते पोखरा महानगरपालिका– ९ कास्कीबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई ०८० माघ १६ गते यौन दुर्व्यवहार गरेको भन्दै बालिकाका अभिभावकले माघ २२ गते मौखिक र २३ गते जिल्ला…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बालविवाह गर्न लागेको भन्दै १७ वर्षीय बालक र बालिकालाई प्रहरीले माघ १९ गते गिरफ्तार गरेको छ । बालिका माघ १२ गते घरबाट हराएको भन्दै बालिकाकि आमाले सोहि दिन जिल्ला प्रहरी कार्यालय स्याङ्जामा उजुरी दिनुभएको थियो । बालिका हराएको अनुसन्धान गर्दा पुतलीबजार– ४ का १७ वर्षीय बालकसङ्ग विवाह…