सरकारी कार्यालयहरुमा स्तनपान कक्ष नहुँदा समस्या

लमजुङका सरकारी कार्यालयहरुमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना नहुँदा महिला सेवाग्राही तथा कर्मचारीहरुलाई समस्या भएको छ । जिल्ला प्रशासन कार्यालय बाहेक जिल्लामा रहेका अन्य सरकारी कार्यालयमा स्तनपान कक्ष नहुँदा सेवाग्राही तथा महिला कर्मचारीहरुलाई समस्या भएको हो । जिल्ला सदरमुकामका बढी घुईचो हुने मालपोत, अदालत, जिल्ला प्रहरी, भेटेरीनरी अस्पताल तथा…

२०८० पुष १२, बिहीबार १५:१२ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोथार– ३ बस्ने ६२ वर्षीय उदिमजंग गुरुङलाई प्रहरीले ०८० पुस ६ गते गिरफ्तार गरेको छ । पीडित १४ वर्षीया बालिकालाई भदौ २४ गते र १२ वर्षीया बालिकालाई कात्तिक २६ गते बलात्कार गरेको भन्दै पीडित बालिकाका आफन्तले ०८० पुस ६ गते जिल्ला प्रहरी…

२०८० पुष ९, सोमबार १४:२१ गते  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले क्व्होलासोथार– ७ का ५२ वर्षीय शेरबहादुर भाटलाई मङ्सिर २४ गते  गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८० मङ्सिर २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ०८० मङ्सिर २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपित विरुद्ध जिल्ला अदालतबाट…

२०८० पुष २, सोमबार २०:५७ गते  
पूर्वाधारका कर्मचारीले दुई महिनादेखि तलब पाएनन्

बेँसीसहर नगरपालिका–८ मा रहेको पूर्वाधार विकास कार्यालय लमजुङमा लेखा अधिकृत नहुँदा कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् । कार्यालयका सूचना अधिकारी आशिष पोखरेलले दशैँ अघि लेखा अधिकृत यमबहादुर थापा सरुवा भएर अन्यत्र गएसँगै हालसम्म लेखा अधिकृत नहुँदा २०८० कात्तिक र मङ्सिरको तलब पाउन नसकेको बताउनुभयो । सहायक लेखा अधिकृत समेत…

२०८० पुष २, सोमबार १०:४६ गते  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व समीक्षा कार्यक्रम लमजुङमा पुस १ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लमजुङले आयोजना गरेको वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा जनवरी देखि हालसम्ममा मानव अधिकार  उल्लङ्घनका घटनाबाट ५५ जना पीडित भएको जानकारी गराउनुभयो । इन्सेक जिल्ला प्रतिनिधि…

२०८० पुष १, आईतवार २१:१८ गते  
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा

सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट जिल्ला प्रहरी कार्यालयको हिरासतमै अनशनमा रहनु भएको छ । अनशनरत दनाईको अवस्था विग्रदो रहेको छ । उहाँ अहिले बोल्न र…

२०८० मंसिर १७, आईतवार १९:२० गते  
सुत्केरी र शिशुको मृत्यु पछि लमजुङ अस्पताल तनावग्रस्त

मर्स्याङ्दी गाउँपालिका–९ की २६ वर्षीया शोभा विक र शिशुको अस्पतालको लापरवाहीको कारणले मृत्यु भएको भन्दै मृतकका आफन्तले मङ्सिर १४ गते अस्पतालमा तोडफोड र प्रदर्शन गर्दा अस्पताल तनावग्रस्त बनेको छ । प्रदर्शनका क्रममा मृतकका आफन्तले अस्पतालमा ढुङ्गामुडा गर्ने, अस्पताल गेटमा टायर बाल्ने, उपचारमा संलग्न चिकित्सको कारबाही लगाएतको माग सहित नाराबाजी गरेका…

२०८० मंसिर १४, बिहीबार १८:४५ गते  
जिल्ला कारागार लमजुङ एक वर्षदेखि चिकित्सक विहिन

जिल्ला कारागार लमजुङमा एक वर्षदेखि चिकित्सक नहुँदा कैदीबन्दीको स्वास्थ्य  चेकजाँचमा समस्या भएको छ । जिल्ला कारागार लमजुङका कार्यालय प्रमुख कमलपति अधिकारीका अनुसार कारागारमा कार्यरत चिकित्सक राजविर शाह एक वर्ष अघि बारा कलैया सरुवा भएपछि कारागार चिकित्सक विहिन बनेको हो । चिकित्सक हुदाँ हप्ताको एक पटक कारागारका कैदीबन्दीहरुको नियमित रुपमा चेकजाँच…

२०८० मंसिर १४, बिहीबार १०:३१ गते  
नेपालमै पहिलो पटक लमजुङमा समलिङ्गी जोडीको विवाह दर्ता

दोर्दी गाउँपालिका– २ का रामबहादुर गुरूङले नवलपरासी कावासोती नगरपालिका– ८ का सुरेन्द्र पाण्डेसँग गरेको समलिङ्गी विवाह मङ्सिर १३ गते कानुनी रूपमा दर्ता भएको छ । यो नेपालकै मात्र नभएर दक्षिण एसियाकै पहिलो कानुनी मान्यता प्राप्त भएको समलिङ्गी विवाह हो । उहाँहरुले २०७४ असाेज २७ गते सामाजिक परम्परा अनुसार विवाह गर्नुभएकाे…

२०८० मंसिर १३, बुधबार २०:५५ गते  
सुत्केरी र नवजात शिशुको मृत्यु भएपछि आफन्तद्वारा लमजुङ अस्पतालमा प्रर्दशन

लमजुङ जिल्ला अस्पतालमा सुत्केरी र नवजात शिशुको मृत्यु भएपछि मृतकका आफन्तले मङ्सिर १३ गते बिहानदेखि प्रदर्शन गरिरहेका छन् । मस्र्याङदी गाउँपालिका– ९ सिम्पानी पामचोक घर भएकी २६ वर्षीया शोभा विक सुत्केरी गराउन मङ्सिर ११ गते लमजुङ जिल्ला अस्पताल भर्ना भई शल्यक्रिया मार्फत मङ्सिर १२ गते मृत शिशु जन्मिएको थियो ।…

२०८० मंसिर १३, बुधबार १४:१५ गते