पारिश्रमिक नपाएको भन्दै भिडियो एक्सरे सेवा बन्द, सेवाग्राही समस्यामा

म्याग्दीको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालमा कार्यरत मेडिकल अफिसरहरूले तोके भन्दा बढी काम लगाएर पनि पारिश्रमिक नदिएको भन्दै भिडियो एक्सरे सेवा बन्द गरेका छन् । पटक पटक मौखिक तथा लिखित रूपमै पनि जानकारी गराउँदा पनि आफूहरूको माग सुनुवाइ नभए पछि सेवा बन्द गरिएको डाक्टरहरूको भनाई छ ।  भिडियो एक्सरे…

March 13, 2023  
बैंकहरू अपाङ्गमैत्री नहुँदा फरक क्षमता भएका सेवाग्राहीहरू समस्यामा

नेपाल बैंक लिमिटेड बेनी शाखामा चेक लिएर पुग्नु भएका सुरेन्द्र केसीलाई बैंकका कर्मचारीले चेकमा हस्ताक्षर गर्न भन्दा उहाँले चेकमा हस्ताक्षर गर्न सक्नु भएन । सामान्य भन्दा केही अग्ला हुने बैंकहरूको क्यास टेलरमाथी चेक राखेर हस्ताक्षर गर्न उहाँलाई मुस्कील नै हुन्छ । अपाङ्ग संघ म्याग्दीका सचिव केसीका दुवै हातको कुहीनो नजिकै…

March 9, 2023  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मंगला गाउँपालिका– ५ अर्मनका २० वर्षिय राज थापालाई प्रहरीले गिरफ्तार गरेको छ । बालिकालाई ०७९ फागुन ५ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन १० गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई घरैबाट फागुन १० गते गिरफ्तार गरेको जिल्ला…

February 24, 2023  
पिउने पानीमा दिसामा हुने जिवाणु फिकल कोलिफर्म भेटियो

बेनी नगरपालिका क्षेत्रको १० ओटा वडाको ५० स्थानको पिउने पानीको नमुना परीक्षण गर्दा १९ स्थानमा फिकल कोलिफर्म भेटिएको छ जसले गर्दा स्थानियहरू शुद्ध पानी पिउनबाट वञ्चित भएका छन् । बेनी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत चन्दन सुवेदीका अनुसार बेनी नगरपालिका–१ को शिवालय धाराको पानी, वडा ४ को तातोपानी कुण्ड, बेनी…

February 10, 2023  
हिंसा पीडित महिलालाई कानुनी प्रकृयामा जान इन्सेकको सहयोग

मालिका गाउँपालिकाकी आर्थिक अवस्था कमजोर भएकी २० वर्षिया हिंसा पीडित महिलालाइ अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) म्याग्दीले न्यायिक प्रकृयामा जान आर्थिक सहयोग गरेको छ । महिलाले आफू हिंसामा परेको र कानुनी सहायतका लागि जान आर्थिक अभाव भएको भन्दै मालिका गाउँपालिकामा निवेदन दिनुभएको थियो । मालिका गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले…

February 10, 2023  
मजदुर महिलाहरूमा नसर्ने रोगको समस्या पहिचान

हिमाली जिल्ला म्याग्दीको बेनी वरपर रहेका श्रमको क्षेत्रमा कार्यरत ४१ जनामा मजदुर महिलाहरूमा नसर्ने रोगको समस्या पहिचान भएको छ। बेनी अस्पताल, स्वास्थ्य कार्यालय म्याग्दी र नेपाल ट्रेड युनियन महासंघ(जिफण्ट)को संयुक्त आयोजनामा बेनीमा आयोजित नसर्ने रोगको पहिचान र परामर्श शिविरमा सेवा लिने १९० जना महिलाहरू मध्ये ४१ जनामा रोग पहिचान भएको…

February 4, 2023  
अपाङ्ग र ज्येष्ठनागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बुझाइयो

बेनी नगरपालिका– १ मा अपाङ्गता भएका र जेष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरिएको छ । ०७९ माघ १४ गते  बेनी नगरपालिकाको अर्जम तथा रत्नेचौर क्षेत्रका अपाङ्गता भएका तथा जेष्ठ नागरिकलाइ सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो । उक्त क्षेत्रमा ‘क’ बर्गको अपाङ्ग आठ जना एवम् ‘ख’ बर्गका…

January 31, 2023  
मानवअधिकार वर्ष पुस्तक–२०२३ को पूर्व समीक्षा कार्यक्रम सम्पन्न

मानवअधिकार वर्ष पुस्तक–२०२३ को प्रकाशन पूर्व समिक्षा कार्यक्रम पुस १ गते म्याग्दीमा सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र(इन्सेक) म्याग्दीले आयोजना गरेको वर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधिले सन् २०२२ मा  अभिलेख गरेका २९ वटा घटनाकहरू बारेमा जानकारी गराउनु भएको थियो । मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले…

December 17, 2022  
बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कुसरमा घरपझोङ गाउँपालिका–२ का २० वर्षीय सौगात गोतामे भन्ने सौगात घतानेलाई जिल्ला अदालत मुस्ताङले १२ वर्ष कैद र ४ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ । न्यायाधीश ईश्वर पराजुलीको मङ्सिर १२ गतेको इजालसले आरोपित घतानेविरूद्ध सो पैmसला गरेको हो । गत कात्तिक १४ गते कसुर…

November 29, 2022  
बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ घर भइ घरपझोङ गाउँपालिका–५ बस्ने २२ वर्षीय अमित पुनलाई जिल्ला अदालतले १२ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश ईश्वर पराजुलीको मङ्सिर १२ गतेको इजालसले पुनलाई १२ वर्ष कैद र ४ लाख रुपियाँ जरिबाना तिराउने फैसला सुनाएको हो । गत…

November 28, 2022