खुल्ला दिसा मुक्त घोषणाको १२ वर्ष पुग्दा पनि झाडा पखालाका बिरामी उस्तै

म्याग्दी जिल्लालाई २०६९ असोज २३ गते खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरिएको थियो । खुल्ला दिसामुक्त घोषणा गरेकाे १२ वर्ष पुग्दा पनि पिउने पानीमा मानव दिसाको मात्रा भेटिने गरेको छ । जसले गर्दा पछिल्लो समय अन्नपुर्ण  गाउँपालिका भित्र मुख्य १० रोग मध्ये झाडा पखाला पनि एक हो । गत वर्ष…

November 20, 2023  
निर्माण सम्पन्न भएको एक वर्ष पुग्न लाग्दा पनि सञ्चालन हुन सकेन अस्पताल

अन्नपूर्ण गाउँपालिका–१, दोबामा गाउँपालिकास्तरीय अस्पतालको भवन निर्माण भएको वर्ष दिन पुग्न लाग्दा पनि सञ्चालन कहिले गर्ने भन्ने अन्यौल रहेको छ । केन्द्र सरकारले सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने उद्देश्य अनुसार निर्माण थालिएको अस्पताल भवन गत वर्ष फागुन मसान्तमा निर्माण सम्पन्न गरिएको भए पनि कहिलेबाट सञ्चालन हुने भन्ने…

November 20, 2023  
तीन वर्ष देखि सञ्चालन हुन सकेन बेनी अस्पतालमा आइसीयु सेवा

म्याग्दीको बेनी अस्पतालमा जटिल प्रकृतिका बिरामीहरुको उपचार गर्नका लागि आवश्यक पर्ने भ्यान्टीलेटर सहितको आइसीयु सेवा झण्डै तीन वर्ष देखि बन्द हुँदा बिरामीहरु मर्कामा परेका छन् । २०७७ असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसीयु) जनशक्तिको अभावले गर्दा सञ्चालन हुन सकेको छैन । गण्डकी प्रदेश सरकारमार्फत जिल्लाको एकमात्रै ५० शैय्याको बेनी…

November 8, 2023  
१८ वर्ष पहिला बेपत्ता पारिएका सन्तान आउने आशामै परिवारका सदस्य

मंगला गाउँपालिका–३ पखेर का दिलबहादुर थापा २०६२ सालमा स्याङजाको जौबारीबाट नेपाली सेनाले नियन्त्रणमा लिएर बेपत्ता पारिनुभएको थियो । तर उहाँ आउने आशा अझै पनि परिवारले मारेका छैनन् । पाँच सन्तान मध्येका कान्छो दिलबहादुर डेढ वर्षको हुँदा आमाले घर छाडेर हिडेकी भए पनि बुवा इन्द्रबहादुर थापाले दुई छोरी र तीन छोरा…

November 8, 2023  
सदरमुकाम नजिकका ३ सय घरलाई पिउने पानीको समस्या

सदरमुकाम नजिकै रहेको बेनी नगरपालिका–२ खबरा क्षेत्रका ३ सय घरधुरीमा पिउने पानीको अभावले स्थानीयहरु समस्यामा परेका छन् । सदरमुकाम बेनी सँगै जोडिएको २ नम्बर वडाको  खबरा क्षेत्रमा पानीको व्यवस्थित श्रोत र वितरण हुने माध्यम नहुँदा समस्या हुने गरेको हो । बेनी नगरपालिका–२ लभ्लीहिलका चन्द्रबहादुर कार्कीले आफ्नो घरमा पिउने पानी ल्याउनका…

October 28, 2023  
पहिरोले घर पुरिएपछि आमा समूहको भवनमा बास

मङ्गला गाउँपालिका–३ बरंजा घाम्ताङका ४६ वर्षीय शेरबहादुर दमैको घर पहिरोले पुरिएपछि आठ जनाको परिवार आमा समूहको भवनमा बसेको छ । असोज १६ गते राती वर्षाका कारण पहिरो खस्दा घर पुरिएर शेरबहादुरको सबै परिवार बिचल्लीमा परेको हो । शेरबहादुरका कक्षा ९ मा पढ्ने १४ वर्षीय छोरा बिवेक परीक्षाको तयारी गर्नका लागि…

October 12, 2023  
पहिरोले पुरिएर दुई घर विस्थापित, १६ घर जोखिममा

मालिका गाउँपालिका–४ महभीरको ओडारबोटमा बस्ती भन्दा माथिबाट खसेको पहिरोले दुई ओटा घर पुरिए पछि दुई परिवार विस्थापित भएका छन् भने १६ घर पहिरोको उच्च जोखिममा परेका छन् । भारी वर्षासंगै सिद्धथान भीरबाट खसेको पहिरोले स्थानीय काले विक र रबिलाल घर्तिको घर पूर्ण रुपमा क्षति भएको हो । रातको समयमा पहिरो…

September 28, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

 ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १५ वर्षीय बालकलाई प्रहरीले २०८० भदौ १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई २०८० भदौ १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १५ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा दिएको उजुरीका आधारमा प्रहरीले बालकलाई घरबाटै गिरफ्तार गरेको हो । आरोपितलाई गिरफ्तार गरी म्याद…

September 4, 2023  
जातीय विभेद गरेको आरोपमा प्रहरीमा उजुरी

धवलागिरी गाउँपालिका–७ धारापानीका ३४ वर्षीय भीमबहादुर बिकले आफुलाई ३० वर्षीय देवेन्द्र थापाले जातीय विभेद गरेको भन्दै २०८० भदौ १५ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिनुभएको छ । पीडित बिकलाई थापाले धवलागिरी गाउँपालिका–७ कुरेपानीमा रहेको बराहथानमा ०८० भदौ १४ गते जनै पूर्णिमाको दिन भएको पुजाको क्रममा तल्लो जात भन्दै कुटपिट…

September 1, 2023  
जनशक्ति अभावले बेनी अस्पतालको बच्चा वार्ड सञ्चालनमा समस्या

म्याग्दीको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालमा जनशक्ति अभाव हुँदा बच्चा वार्ड छुट्टै सञ्चालन गर्न समस्या भएपछि मेडिकल वार्डमा मर्ज गरेर सेवा दिन थालिएको छ । बच्चा वार्डका साथै सर्जिकल वार्ड सञ्चालनमा समेत अप्ठेरो भएकोले त्यसलाई पनि मर्ज गरिएको छ । ५० शैयाको बेनी अस्पतालमा ५९ जनाको दरवन्दी भए पनि…

August 22, 2023