जातीय विभेद गरेको आरोपमा प्रहरीमा उजुरी

धवलागिरी गाउँपालिका–७ धारापानीका ३४ वर्षीय भीमबहादुर बिकले आफुलाई ३० वर्षीय देवेन्द्र थापाले जातीय विभेद गरेको भन्दै २०८० भदौ १५ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरी दिनुभएको छ । पीडित बिकलाई थापाले धवलागिरी गाउँपालिका–७ कुरेपानीमा रहेको बराहथानमा ०८० भदौ १४ गते जनै पूर्णिमाको दिन भएको पुजाको क्रममा तल्लो जात भन्दै कुटपिट…

September 1, 2023  
जनशक्ति अभावले बेनी अस्पतालको बच्चा वार्ड सञ्चालनमा समस्या

म्याग्दीको एक मात्रै सरकारी अस्पताल बेनी अस्पतालमा जनशक्ति अभाव हुँदा बच्चा वार्ड छुट्टै सञ्चालन गर्न समस्या भएपछि मेडिकल वार्डमा मर्ज गरेर सेवा दिन थालिएको छ । बच्चा वार्डका साथै सर्जिकल वार्ड सञ्चालनमा समेत अप्ठेरो भएकोले त्यसलाई पनि मर्ज गरिएको छ । ५० शैयाको बेनी अस्पतालमा ५९ जनाको दरवन्दी भए पनि…

August 22, 2023  
पहिरोले विस्थापित परिवार वडा कार्यालय भवनको शरणमा

अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोका कारण विस्थापित भएका ११ घर परिवारका ४० जनाले वडा कार्यालयको भवनमा शरण लिएका छन् । सुवा गाउँका सतबिर पाइजाको घर पहिरोले बगाएपछि उहाँको पाँच जनाको परिवार बेघर बनेको छ । घर पहिरोले बगाएपछि पुर्जाको परिवार वडा कार्यालयको भवनमा शरण लिनुभएको हो । पीडित पाइजाको परिवारलाई…

August 21, 2023  
बेनी अस्पतालमा बिरामीको चाप बढ्दो, दक्ष जनशक्तिको अभावले उपचारमा समस्या

बेनी अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ तर उपचारका लागि दक्ष जनशक्तिको अभाव हुँदा उपचारमा समस्या आएको छ । पछिल्लो एक हप्ता १ हजार ४ सय ७० बिरामीहरु बेनी अस्पतालको बहिरंग विभागमा उपचारका लागि आएका छन् । अस्पतालमा जनशक्तिको कमीले गर्दा अत्यन्त जटिल उपचार मानिने डाइलासीस सेवा नै कुनै पनि…

August 19, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिका– ७ का २२ वर्षीय सागर शर्मालाई प्रहरीले २०८० साउन १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० साउन १२ गते बलात्कार गरको भन्दै पीडित पक्षले साउन १३ गते दिएको उजुरीका आधारमा प्रहरीले शर्मालाई बेनीबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका…

July 31, 2023  
पत्नी कुटपिट घटनाका आरोपित गिरफ्तार

मंगला गाउँपालिका–१ की २७ वर्षीया शोभा पौडेललाई कुटपिट गरेको आरोपमा ३३ वर्षीय पति अश्वीन पौडेललाई प्रहरीले साउन ५ गते बेनी नगरपालिका–७ बाट गिरफ्तार गरेको छ । पीडित महिलाले आफुलाई पतिले २०८० साउन ३ गते बेलुका कुटपिट गरेको  भन्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीमा  साउन ५ गते दिएको उजुरीका आधारमा प्रहरीले अश्वीन…

July 21, 2023  
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा असार ७ गते सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले इन्सेक नेपालमा चलेको सशस्त्र युद्धको समयको एकिन दस्ताबेज रहेकोे बताउनुभएको छ । इन्सेकले संकलन गर्ने दस्ताबेज राज्यको सहयोगी…

June 23, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेनी नगरपालिका–९ का २० वर्षीय आशिष भण्डारीलाई प्रहरीले जेठ १५ गते गिरफ्तार गरेको छ । बालिकालाई २०७९ चैत ७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०८० जेठ २ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले भण्डारीलाई घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका…

May 31, 2023  
अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान

अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हाे । ४१ वर्ष पुगेका अशक्त छोराको दैनिक रूपमा हेरचाह गर्नु सरनकुमारी पुनको दैनिकी थियो । २०३९ साउन १७ गते दोश्रो सन्तानका…

May 30, 2023  
बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बागलुङ नगरपालिका–९ तित्याङका २३ वर्षीय प्रभात बोसेललाई प्रहरीले जेठ ७ गते  पोखरा महानगरपालिका–११ कास्कीबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०७९ फागुन ६ गते अपहरण गरेर बन्धक बनाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०८० जेठ २ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीमा उजुरीका दिएका…

May 25, 2023