दलित भन्दै कुटपिट घटनाका आरोपित १५ दिनसम्म गिरफ्तार भएनन्
नेपालमा जातीय विभेदको अन्त्य भएको धेरै समय भएको छ । तर, अहिलेसम्म पनि जातीय विभेदका आधारमा अमानवीय व्यवहार गर्ने कार्य भने रोकिएको छैन । धवलागिरी गाउँपालिका–५, मल्कबाङमा सञ्चालित जनज्योती आधारभूत विद्यालय भेडीखाल्टाका प्रधानाध्यापक रेशबहादुर बिकमाथि वैशाख ५ गते दलित भएर अर्काको घरमा पसेको भन्दै कुटपिट गरेका घटनाका दुई जना आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–६ का २३ वर्षीय विजय जुग्जालीलाई वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको भनी पीडित पक्षले गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय दरवाङ्गबाट गएको प्रहरी टोलीले आरोपितलाई गिरफ्तार गरेको हो । आरोपित जुग्जालीलाई जिल्ला…
बलात्कार गरेको कसुरमा सात वर्ष कैदको फैसला
५० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मालिका गाउँपालिका–१ निस्कोटका २२ वर्षीय गोविन्द पुनलाई जिल्ला अदालत म्याग्दीले सात वर्ष कैद र पीडितलाई ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ । न्यायाधीश राजकुमार कोइरालाको इजालसले मुलुकी अपराध संहिता अनुसार सात वर्ष कैदसँगै क्षतिपुर्तिको फैसला गरेको हो । पीडित महिलालाई आरोपितले ०७५…
बालबिबाहले रोकियो अध्ययन !
धवलागिरी गाउँपालिका–२ लुलाङकी १५ वर्षीया बालिकाले लमसुङ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययरत मिलन विकसँग विवाह गरिन् । एउटै विद्यालयमा अध्ययरत दुवैजना विवाह गरेपछि भने पढ्न विद्यालय आउन छोडे । नेपालको कानुन अनुसार २० वर्ष मुनिको विवाहलाई मान्यता नदिएपनि १६ वर्ष भन्दा पनि कम उमेरमा विवाह गर्नेको सङ्ख्या निकै बढ्दो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नपा–७ का २४ वर्षीय आर्यन भण्डारीलाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १२ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपित भण्डारीलाई गिरफ्तार गरी घटनाको अनुसन्धान…
विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई प्रहरीले चैत ११ गते गिरफ्तार गरेको छ । विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा मालिका गाउँपालिका–३ रुम डाँडागाउँबाट तीनैजनालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । गिरफ्तार हुनेमा विप्लव नेतृत्वको नेकपाका जनसरकार संयोजक मालिका–३ रुमका ५९ वर्षीय जगेन्द्र पुन, अखिल नेपाल शिक्षक सङ्गठनका…
विद्यालयमा आश्रय लिएकी जमुनालाइ कोठाको व्यवस्था !
आफ्ना दुई नातीहरूसँगै विद्यालयको लागि बनाइएको टहरामा बस्दै आएकी बेनी नगरपालिका–२ ज्यामरूककोटकी ७५ वर्षीया जमुना सुनारलाई कोठाको व्यवस्था भएको छ । यही फागुन ५ गते इन्सेक अनलाइनमा कोठा भाडा तिर्ने पैसा नभएपछि विद्यालयमा आश्रय ! शीर्षकमा समाचार प्रकाशन भएपछि उनलाई बस्ने कोठाको व्यवस्था भएको हो । बेनी नगरपालिका–२ नम्बर वडा कार्यालयको…
कोठा भाडा तिर्ने पैसा नभएपछि विद्यालयमा आश्रय !
बेनी नपा–२ ज्यामरूककोटकी ७५ वर्षीया वृद्धा जमुना सुनार दुई जना नातिहरूसहित तीन महिनादेखि कालीगण्डकी किनारमा रहेको सरस्वती आधारभुत विद्यालयमा आश्रय लिइरहेकी छन् । बसाइ व्यवस्थापन र नातिहरूको पठनपाठनमा सहयोगको याचना गर्दै जमुनाले इन्सेक प्रतिनिधि अमृत बास्कुनेसमक्ष अनुरोध गरेपछि प्रतिनिधिले स्थानीय तहसँग समन्वयको काम थालेको बताएका छन् । स्थानीय तहसँग मिलेर…
गर्भवती युवतीको हत्या गरेको कसुरमा ३० वर्ष कैद सजायको फैसला
अन्नपुर्ण गाउँपालिका–७ घराम्दीकी २० वर्षीया सविता नेपालीलाई अपहरण शैलीमा गाडीमा लगेर कालीगण्डकी नदीमा फालेर हत्या गरेको कसुरमा बेनी नपा–९ काउलेगौँडाका सवारी चालक ३२ वर्षीय रवि खड्कालाई जिल्ला अदालतले माघ २३ गते ३० वर्ष कैद सजाय र १ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ । खड्काले ०७५ असार १४ गते गाडीसँगै…
सिप सिकेर व्यवसाय गर्दै जिल्ला कारागारका कैदीबन्दी
परेको शरीर, हल्का रङ्ग्याएको कपाल, आँखामा पावर भएको चश्मा लगाएर यताउता टहलिरहेका छन् म्याग्दी कारागारका चौकीदार, रमेश बिक । उनको दैनिकी कारागार र कैदीबन्दीको रेखदेखमा नै बित्छ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका रमेश कारागारमा रहेका कैदीबन्दीहरूले तयार गर्ने फर्निचर तथा अन्य सामग्रीहरूको रेखदेख गर्ने गर्छन् । साथै कारागार प्रशासनसँग…