मुस्ताङमा ३७ ओटा मतदानस्थलमा ३७ ओटै केन्द्र

आगामी मङ्सिर १० गते पहिलो चरणमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि हिमालपारीको जिल्ला मुस्ताङमा ३७ ओटा मतदानस्थल रहेका छन् । उक्त निर्वाचनका लागि मतदान केन्द्र पनि ३७ ओटै कायम गरिएको छ । १ हजार ५० जनासम्म मतदाता रहेकोमा एउटा मतदान केन्द्र तोकिए पनि मुस्ताङका कुनै पनि…

November 15, 2017  
प्रचार टोलीलाई लक्षित गरी अज्ञात समूहद्वारा विष्फोट

बेनी नगरपालिका-१ रत्नेचौरमा कात्तिक २८ गते दिउँसो नेपाली काङ्ग्रेसको चुनाव प्रचार टोलीलाई लक्षित गरी अज्ञात समूहले विष्फोट गराएको नेपाली काङ्ग्रेसले जनाएको छ । नेपाली काङ्ग्रेसका निवर्तमान सांसद एवम् निवर्तमान सभापति रेशम बानियाँका अनुसार चुनाव प्रचारको टोली चढेको गाडीको अगाडि विष्फोट भएको थियो । बानियाँ भन्छन्-'केही सेकेण्डको दुरीले गर्दा हामी बाँच्यौं…

November 14, 2017  
म्याग्दीका २२ मतदानस्थल सम्वेदनशील

मङ्सिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले २२ मतदानस्थाललाई सम्वेदनशील मतदानस्थल मान्दै विशेष सुरक्षा योजना तयार पारेको जनाएको छ । यसभन्दा पहिलाको निर्वाचनको अवस्था केलाउँदा, भौगोलिक विकटता, सञ्चार, यातायात सुविधाको पहुँचलगायतका आधारमा सम्वेदनशील मतदानस्थलको पहिचान गरी आवश्यक सुरक्षा योजना तयार पारिएको हो…

November 8, 2017  
जिल्लाको मानव अधिकार अवस्थाबारे छलफल

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराले म्याग्दीमा मानव अधिकारका आधारभुत विषय र समसामयिक समस्याका बारेमा सरोकारवाला निकायसँग साउन २५ गते छलफल गरेको छ । कार्यक्रममा सहभागीले आत्महत्या, ज्येष्ठ नागरिकको समस्या, वैदेशिक रोजगारका कारण पारिवारमा उत्पन्न हुने विखण्डन, द्वन्द्वपीडितका समस्या, अपाङ्गता भएका व्यक्तिको अधिकारलगायतका समस्याहरूको समाधान गर्न आवश्यक रहेको बताएका…

August 10, 2017  
यौन हिंसा गर्ने धामी गिरफ्तार

बेनी नगरपालिका कि ३८ वर्षाया महिलालाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा बागलुङ नगरपालिका-६ का काजी भन्ने कर्णबहादुर किसानलाइ प्रहरीले गिरफ्तार गरेको छ । पाठेघर तथा यौन जन्य समस्याको झारफुक गर्ने निहुमा यौन हिंसा गर्दै आएको आरोप लागेका ५७ वर्षीय किसानलाई बागलुङ प्रहरीको सहयोगमा घरबाटै गिरफ्तार गरेर म्याग्दी ल्याएको जिल्ला प्रहरी…

July 16, 2017  
मानव अधिकार वर्ष पुस्तकको अर्धवार्षिक पुर्वसमीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) म्याग्दीको आयोजनामा जेठ २५ गते बेनीमा नेपाल मानव अधिकार वर्ष पुस्तक-२०१८ का लागि सङ्कलित घटनाहरूको प्रकाशन पुर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला स्थित सरोकारवालाबिच कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा जिल्लामा सन् २०१७ को पहिलो ६ महिनामा भएका मानव अधिकार उल्लङ्घन तथा हालै सम्पन्न स्थानीय…

June 8, 2017  
काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा परेर एमाले उम्मेदवारका छोरा घाइते

बेनी नगरपालिका-५ मा एमालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण बानियाँका छोरा मदन बानियाँलाई चुनाव प्रचारप्रसारको क्रममा नेपाली काङ्ग्रेसका बेनी नगरपालिकाका मेयर पदका उम्मेदवार हरिकुमार श्रेष्ठ सहितको टोलीले कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । काँग्रेसका कार्यकर्ताले वैशाख २५ गते बेलुकी गरेको आक्रमणबाट बानियाँ घाइते भएका हुन् ।…

May 9, 2017  
महिला उम्मेदवार स्थानीय तहको मुटु: प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख २३ गते म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका बाबियाचौर र सदरमुकाम बेनीमा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले मतदाता शिक्षा कार्यक्रम अन्तर्गत मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम मङ्गला गाउँपालिका बाबियाचौरमा भएको कार्यक्रममा उपस्थित स्थानीय…

May 7, 2017  
नेपाली काङ्ग्रेसका उम्मेदवार अपहरण मुक्त

बेनी नपा-३ का नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार जसबहादुर पुनलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख १८ गते अपहरण गरेकोमा सोही दिन अपहरणमुक्त गरेका छन् । पीडित पुन वैशाख १८ गते बिहान ११ बजे पार्टीको बैठकमा आउँदै गर्दा बेनी नपा-३ हल्लेगौँडाबाट अपहरणमा परेका थिए । सार्वजनिक यातायातमा…

May 3, 2017  
बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाहको आरोपमा बेनी नपा-१ रत्नेचौरका ५५ वर्षीय विष्णुकुमार बोगटी र उनकी कान्छी पत्नी ५२ वर्षीया गौरीकुमारी थापालाई म्याग्दी प्रहरीले पुस ११ घरैबाट गिरफ्तार गरेको छ । बोगटीकी जेठी पत्नी ५१ वर्षीय देवीकुमारी बोगटीले पुस ११ गते दिएको उजुरीका आधारमा प्रहरीले आरोपित दुवैलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यलय म्याग्दीका इन्स्पेक्टर लोकेन्द्र…

December 27, 2016