बलात्कार घटनाका आरोपित गिरफ्तार
चार वर्षीया बालिकालाई जेठ २८ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले असार १ गते १५ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरुद्ध असार १ गते दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई उनकै घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर राजन ढकालले जानकारी दिनु भयो…
नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १ गते रघुगङ्गा गाउँपालिकाको मौवाफाँटमा सम्पन्न गरेको छ । समीक्षामा बोल्दै रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले इन्सेकले ग्रामीण भेकसम्मै आएर समीक्षा गर्नु सकारात्मक भएको बताउनुभयो । गाउँपालिका अध्यक्ष भण्डारीले मानव अधिकारको प्रत्याभूति हुने…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई जेठ २८ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रहरी टोलीले जेठ ३० गते बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेका २९ वर्षीय राजन बिकलाई जोमसोमबाट गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरूद्ध जेठ ३० गते दिएको उजुरीका आधारमा प्रहरीले घरपझोङ गाउँपालिका–४ जोमसोमबाट आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई जेठ १४ गते बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरी टोलीले जेठ १५ गते बेनी नगरपालिका–९ घतानका ६२ वर्षीय भक्ते दमाईलाई आरोपितको घरबाटै गिरफ्तार गरेको छ । पीडित पक्षले आरोपितविरूद्ध जेठ १५ गते दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई घरैबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर…
अज्ञात पक्षद्वारा गाडीमा आगजनी
बेनी नगरपालिका–६ डम्मरामा रोकी राखेका दुई ओटा गाडीमा अज्ञात पक्षद्वारा चैत १७ गते बिहान ४ बजे आगजनी गरिएको छ । सडकमै पार्किङ गरेर राखेको ध१ज ९८६ नम्वरको भ्यान र ध१ज ७२६ नम्वरको ट्याक्सीमा बिहान एक्कासी आगजनी गरेको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर विरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।…
स्वास्थ्यकर्मीलाई दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
गैडाकोट नगरपालिका–१ घर भइ हाल बेनी अस्पतालमा कार्यरत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट ३७ वर्षीय डाक्टर जितेन्द्र कँडेललाई दुर्व्यवहार गरेको भन्दै पीडितले पर्वत जलजला गाउँपालिका–३ का २२ वर्षीय बिज्ञान शर्माविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय म्याग्दीमा फागुन ३० गते उजुरी दिएका छन् । बेनी अस्पताल व्यवस्थापन समितिका सदस्य रहेका…
कुटपिट घटनाका आरोपित शिक्षकलाई कारबाहीको माग
बेनी नगरपालिका स्थित प्रकाश माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत मालिका गाउँपालिका–५, देवीस्थान घर भई बेनी नगरपालिका–६ बस्ने १७ वर्षीय राजन पौडेललाई फागुन १३ गते कुटपिट गरी घाइते बनाएको भन्दै पीडितका अभिभावकले सोही विद्यालयका लेखा विषयका शिक्षक बेनी नगरपालिका–२ ज्यामरुककोटका ४६ वर्षीय नविन घिमिरेलाई कारबाहीको माग गर्दैे फागुन १५ गते…
बलात्कार घटना आरोपितलाई ११ वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भपतन गराएको कसुरमा जिल्ला अदालत म्याग्दीले त्रिवेणी गाउँपालिका–१, सल्यानका २५ वर्षीय जनकबहादुर पुनलाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश तेजनारायण पौडेलको ०७८ माघ १७ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई ११ वर्ष कैद, ३० हजार रुपिया जरिबाना र ३० हजार क्षतिपुर्ती भराउने…
गर्भपतन गराउने डाक्टर र साक्षी बस्ने बाबुलाई कैद सजायको फैसला
१७ वर्षीया बालिकाको गर्भपतन गराउने डाक्टर र साक्षी बस्ने पीडितका बुबालाई जिल्ला अदालत म्याग्दीले एक वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश तेजनारायण पौडेलको पुस २६ गतेको इजलासले घटनामा संलग्न नवलपरासी रामग्राम–४, घर भई पोखरा महानगरपालिका–८, स्थित उपचार स्वास्थ्य क्लिनिक सञ्चालन गरिरहेका ५१ वर्षीय डाक्टर राजेन्द्रकुमार चौधरी र गर्भपतन…
बलात्कार गरेको कसुरमा १४ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत म्याग्दीले बेनी नगरपालिका–५ पुलाचौरका ४७ वर्षीय पहलबहादुर घर्तीलाई १४ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश तेजनारायण पौडेलको पुस १४ गतेको इजालसले कसुर ठहर गर्दै १४ वर्ष कैद, ५० हजार रुपियाँ जरिबाना र २ हजार २ सय रुपियाँ पीडित सहायता कोषमा…