दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीमा समस्या
मुस्ताङको सदरमुकाममा रहेको जिल्ला अस्पतालको क्षमता २५ शैय्या को छ । स्वास्थ्यकर्मीको दरबन्दी १८ जनाको छ तर अहिले मुस्ताङको एक मात्रै सरकारी अस्पतालमा ६ जना जनशक्ति मात्रै कार्यरत रहेका छन् । मुस्ताङ जिल्ला दुर्गम भएकै कारण यहाँको अस्पतालमा चिकित्सक मात्रै नभएर अन्य कर्मचारी समेत नभएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम्…
शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणलाई सास्ती
मुस्ताङमा पछिल्लो डेढ महिना देखि शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् । जिल्ला अस्पतालमा रहेका विशेषज्ञ चिकित्सको सरुवा भए पछि अर्को व्यवस्था हुन नसक्दा समस्या भएको हो । विगत आठ महिनादेखि कार्यरत रहनुभएका नवौं तहका एमडिजिपी चिकित्सक डा. मुखिया घलेको सरुवा भएसंगै मुस्ताङ अस्पतालमा शल्यक्रिया सेवा…
मानव बेचबिखन विरुद्ध सचेतना र्याली तथा कार्यक्रम सम्पन्न
मुस्ताङमा मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र जिल्ला प्रहरी कार्यालय मुस्ताङको सहकार्यमा २०८० भदौ २० गते सचेतना र्याली तथा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको अवसरमा मुस्ताङको जोमसोम क्षेत्रमा सचेतना मुलक कार्यक्रम गर्नुका साथै हाते पर्चाहरु बितरण गरिएको थियो । जोमसोममा यातायात व्यवसायी,…
मुस्ताङको ताङ्वेमा खानेपानीको अभाव
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ ताङ्वे गाउँमा भदौ ३ गते राति आएको बाढीले मुहानसहितको खानेपानी तथा सिंचाई कुलो बगाएपछि खानेपानीको अभाव भएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष बिनोद गुरुङका अनुसार पछिल्लो एक हप्तादेखि गाउँमा खानेपानीको समस्या भएको छ । ४५ घरधुरी रहेको ताङ्वे गाउँमा खानेपानीका साथै सिंचाइ सुविधा पनि…
बाढीग्रस्त कागबेनीको विद्यालयमा पठनपाठन बन्द
कागबेनीमा साउन २८ गते राती आएको बाढीले क्षति पुगेको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कोे जनशान्ति माध्यमिक विद्यालयको पठनपाठन बन्द भएको छ । बाढीले भवनलगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्याएकोले पठनपाठन बन्द भएको शिक्षक प्रेम गौतमले बताउनुभयो । १ सय ९० जना विद्यार्थीहरु आवासीय सुविधा सहित अध्ययन गर्ने जनशान्ति माध्यमिक विद्यालयको खेलमैदान,…
कागबेनीमा बाढीले गर्दा खानेपानीको समस्या, स्थानीयलाई सास्ती
कागबेनीमा साउन २८ गते आएको बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा स्थानीयहरुले खानेपानी को समस्या भोग्नुपरेको छ । कागबेनी क्षेत्रमा दुई किलोमिटर टाढा बाट ल्याएको खानेपानीको पाइपलाइन तथा धारा बाढीले बगाउँदा अवरुद्ध भएकोमा आज सम्म पनि सञ्चालनमा आउन नसकेको हो । चाँडो गरी खानेपानी सञ्चालन गर्ने गरि काम भै रहेको…
मुस्ताङमा आएकाे बाढीले जनजिवन प्रभावित, एक अर्ब बढीको क्षति हुन सक्ने अनुमान
लगातारको वर्षा सँगै साउन २८ गते राति मुस्ताङको कागखोलामा आएको बाढीले ३१ ओटा भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । क्षति भएको भवन तथा भौतिक संरचना, पशु चौपाया एवम् सवारी साधन हेर्दा एक अर्ब हाराहारीको क्षति हुन सक्ने अनुमान गरिएको छ । लगातारको वर्षापछि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ उपल्लो झोङमा पहिरो जाँदा…
मुस्ताङको अदालतमा बढ्न थाल्यो मुद्दाको चाप
मुस्ताङका नागरिकहरु आफूलाई जागरुक बनाउन तर्फ अगाडि बढेको अनुभव हुन थालेको छ । पछिल्ला वर्षहरुमा जिल्ला अदालत मुस्ताङमा बर्सेनी दर्ता हुने मुद्दाको संख्याको बढ्दो क्रमले पनि यसलाई सावित गर्न थालेको छ । पछिल्लो चार वर्षको अवधिमा हेर्ने हो आर्थिक वर्ष २०७६/०७७ मा जिल्ला अदालत मुस्ताङमा १८ थान मात्रै मुद्दा दर्ता…
बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मुस्ताङका बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिका चैलेका ३० वर्षीय राजन बिकलाई १२ वर्ष कैद सजायको फैसला भएको छ । न्यायधिश इश्वर पराजुलीको २०८०असार १२ गतेको इजालसले आरोपितको कसुर ठहर गर्दै कैद संगै चार लाख रुपियाँ जरिबाना र १ लाख रुपियाँ क्षतिपुर्ति तिराउने फैसला गरेको हो ।…
बलात्कार कसुरमा ३२ वर्ष कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मुस्ताङका ६४ वर्षीय पुरुषलाई ३२ वर्ष कैद सजायको फैसला भएको छ । न्यायधिश इश्वर पराजुलीको २०८० असार ११ गतेको इजलासले कसुर ठहर गर्दै आरोपित पुरुषलाई कैद संगै सात लाख रुपियाँ जरीबानाकोे फैसला गरेको हो । पीडित बालिकालाई आरोपितले २०७९ कात्तिक २ देखि ५ गते…