निर्माण सम्पन्न भएको वर्षौसम्म कामदारले ज्याला पाएनन्
२०७६ सालमा निर्माण सम्पन्न भएको बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीको स्वास्थ्य चौकी भवन निर्माणमा खटिएका कामदारले हालसम्म ज्याला पाएका छैनन् । भवन निर्माण सम्पन्न भएको डेढ वर्ष बित्दा समेत निर्माण कम्पनी रविना कन्स्ट्रक्शनले कामदारलाई ज्याला दिएको छैन । ०७३ सालमा निर्माण सुरू गरिएको स्वास्थ्य चौकीको भवन ०७६ असोज महिनामा पुरा भएको…
बाढीले विद्यालय बगाएपछि बालबालिका धुलो र खुल्ला चौरमा पढ्न बाध्य
नौ महिना अगाडि ०७७ असार १७ गते आएको भिषण बाढीले बगाएको जनचेतन प्राथमिक विद्यालयका विद्यार्थी अहिलेसम्म पनि खुल्ला आकाश मुनि चिसो भुइँमा बसेर पढ्न बाध्य भएका छन् । बाढीले ढोरपाटन ९ सुप्राङ स्थित यस विद्यालयको बालकक्षा, चार कोठे भवन सहित खेल मैदान, धारो र शौचालय सबै बगाएको थियो । चैत…
प्रतिबन्धित नेकपाका दुई कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतुत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई इलाका प्रहरी कार्यालय हरिचौरको प्रहरी टोलीले माघ २४ गते साँझ गिरफ्तार गरेको छ । प्रतिबन्धित पार्टीका जनसरकार प्रमुख बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–२ का ३० वर्षीय छमसेन भन्ने भुवन सेन र सोही पार्टीका सदस्य मकवानपुर जिल्ला बागमती गाउँपालिका–७ का ३१…
प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय बागलुङले माघ १० गते गिरफ्तार गरेको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्द सफल पार्न प्रचार प्रसार सहित बागलुङ नगरपालिका–७ मा चन्दा असुल्दै गरेको सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी…
खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा खाद्यको अधिकारसम्बन्धी शिक्षक, विद्यार्थी र सरोकारवालाहरूबिच अन्तरक्रिया कार्यक्रम जैमिनीमा सम्पन्न भएको छ । ‘मानव अधिकार सम्बर्ध्दनका लागि राज्यको जबाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम’ अन्तर्गत जैमिनीमा खाद्यको अधिकारसम्बन्धी शिक्षक, विद्यार्थी र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जैमिनी नगरपालिकाका नगर प्रमुख…
इन्सेक वर्ष पुस्तक कानुन निर्माणमा सहयोगी : सांसद केसी
सङ्घिय सांसद मनकुमारी केसीले इन्सेकले हरेक वर्ष प्रकाशन गर्दै आएको वर्ष पुस्तक देशको कानुन निर्माणमा समेत सहयोगी भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामा पुस ५ गते बागलुङमा आयोजना गरिएको मानव अधिकार वर्ष पुस्तक – २०२१ प्रकाशनको पूर्व वर्षिक समिक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो…
कथित बोक्सी आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार
बडिगाड गाउँपालिका–२ की ३६ वर्षीया महिलालाई कथित बोक्सी भन्दै निर्घात कुटपिट गर्ने सोही ठाउँका ३८ वर्षीय तेजबहादुर राना, २६ वर्षीय विजय राना, ३१ वर्षीय पूर्ण बहादुर राना सहित २८ र १९ वर्षीया दुई महिलालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पुस १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई मङ्सिर २८ गते मुखमा…
लैङ्गिक हिंसाविरुद्धको अभियान : एक वडा एक महिला सम्मान
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्र्दभमा बागलुङको काठेखोला गाउँपालिकाका आठ जना महिलाहरुलाई सम्मान गरेको छ । गाउँपालिकाका आठ वडामा एक जनाका दरले अति विपन्न तथा एकल आठ जना महिलाहरु छनौट गरी सम्मान गरिएको हो । काठेखोला गाउँपालिकाको आयोजना तथा काठेखोला गाउँपालिका स्तरीय महिला समन्वय समिति र अनौपचारिक क्षेत्र सेवा केन्द्र…
कानुनको कार्यान्वयन फितलो हुँदा हिंसाका घटना बढे : प्रदेश सभा सदस्य राना
गण्डकी प्रदेश सभा सदस्य सावित्रा रानाले विभेद र हिंसाको अन्त्यको लागि सरोकारवालाहरू प्रतिबद्ध रहनुपर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा बागलुङ जिल्लामा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियानको क्रममा गरिएको जातिय विभेद र कोभिड–१९ का कारण महिलामा परेको असर विषयक अन्तरक्रिया कार्यक्रममा…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई मङ्सिर ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले काठेखोला गाउँपालिका–३ का २५ वर्षीय होम केसीलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले डर देखाएर यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले मङ्सिर ६ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना…