अत्यावश्यक औषधि अभाव हुँदा बिरामीलाई समस्या
अत्यावश्यक औषधिहरुको अभावहुँदा बिरामीलाई समस्या भएको छ । निजी तथा सरकारी स्वास्थ्य संस्थामा अक्सिजनको अभाव भइरहेको समयमा बागलुङमा अति आवश्यक औषधिकोपनि अभाव हुन थालेको छ । जिल्लामा कोभिड–१९ ले विकराल रुप लिइरहेका बेला अत्यावश्यक औषधिको अभाव देखिएको धौलागिरी अस्पतालका एच.ए सरोज क्षेत्रीले बताउनुभयो । कोभिड–१९ सङ्क्रमितलाई ज्वँरो आएको समयमा प्रयोग…
स्वास्थ्यकर्मी अभावहुँदा सेवाग्राहीलाई समस्या
धौलागिरी अस्पतालमा भिडियो एक्सरे गर्ने रेडियोलोजिष्टको अभावको कारण नियमिति चेकजाँच गर्नुपर्ने गर्भवती र बिरामीहरू समस्यामा परेका छन् । अस्पतालकै रेडियोलोजिष्टले प्राइभेट स्वास्थ्य संस्थाहरूमा पनि भिडियो एक्सरे गर्दै आएकाले उनी नहुँदा सदरमुकामका सबै भिडियो एक्सरे सेवा प्रभावित हुने सेवाग्राहीहरूले गुनासो गरेका छन् । धौलागिरी अस्पताल बागलुङमा दैनिक ५० देखि ६० जना…
बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले जैमिनी नगरपालिका–५ विनामारेका ३२ वर्षीय लक्ष्मण भन्ने जगतबहादुर थापा क्षेत्रीलाई तीन वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको वैशाख १६ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई तीन वर्ष कैद सजाय र ५० हजार क्षतिपुर्तीको साथै…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले गलकोट नगरपालिका–५ का २९ वर्षीय थम्मनबहादुर पाण्डेलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको चैत ३१ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई १२ वर्ष कैद सजाय र ८० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालत…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको चैत २५ गतेको इजलासले कसुर ठहर गर्दै आरोपितलाई सात वर्ष कैद सजाय र ८० हजार रुपियाँ क्षतिपुर्तिको फैसला गरेको जिल्ला अदालत…
बलात्कार गरेको कसुरमा आठ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १८ वर्षीय बालकलाई जिल्ला आठ वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको चैत १९ गतेको इजलासले कसुर ठहर गर्दै बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३६ को उपदफा ३ बमोजिम आठ वर्ष कैद सजाय र ६०…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ काठेखोला गाउँपालिका–१ का ८० वर्षीय प्रेमबहादुर खत्रीलाई गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७७ चैत १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत १८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई सोही…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बागलुङ नगरपालिका–५ का ४० वर्षीय भरत सापकोटालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको चैत १० गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्तीकरणी कसुरमा आरोपितलाई सात वर्ष कैद सजाय सहित एक लाख रुपियाँ क्षतिपुर्तिको फैसला र…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजाय फैसला
४३ वर्षीया महिलालाई बलात्कार गरी गर्भवती बनाएको कसुरमा जिल्ला अदालतले बागलुङ नगरपालिका–१२ अमलाचौरका ४० वर्षीय लिला बहादुर विकलाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको चैत ३ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्तीकरणी कसुरमा आरोपितलाई सात वर्ष कैद सजाय र ८० हजार रुपियाँ…
बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
७८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालत बागलुङका न्यायाधीश बासुदेव न्यौपानेको चैत ३ गतेको इजलासले कसुर ठहर गर्दै जबरजस्तीकरणी उद्योग कसुरमा आरोपितलाई तीन वर्ष ६ महिना कैद सजाय र…