नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामो नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस ५ गते सम्पन्न गरिएको छ । कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले इन्सेकले हरेक वर्ष प्रकाशन गर्दै आएको मानव अधिकार वर्ष पुस्तकले विश्व सामु नेपालको मानव अधिकारको अवस्था उजागार गर्ने भएकाले…

December 21, 2021  
प्रहरीले उजुरी दर्ता नगरेको भन्दै द्वन्द्वपीडितद्वारा उच्च अदालतमा रिट निवेदन

प्रहरीले उजुरी दर्ता नगरेको भन्दै बागलुङका द्वन्द्वपीडितले परामदेशको आदेशका लागि उच्च अदालत पोखरा बागलुङ इजलासमा निवेदन दिएका छन् । बागलुङ गलकोट नगरपालिका–२ की छमकुमारी बस्नेत र जैमिनी नगरपालिका–१० राङ्खानीका बिमलबहादुर केसीले द्वन्द्वकालमा आफ्ना पति र छोरा वेपत्ता बनाउने कार्यमा संलग्नलाई कारवाहीको माग गर्दै गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालय…

December 6, 2021  
निसीखोलामा गणकको लापरवाही, पुनः गणना गर्न स्थानीयको माग

निसीखोला गाउँपालिका–६ मा जनगणनाका लागि खटिएका गणकहरूले लापरवाही गरेको भन्दै पुनः गणना गर्न स्थानीयले माग गरेका छन् । कात्तिक ३० गते वडानम्बर ५ र ६ का वडाअध्यक्षसहितकोे सर्वदलीय बैठकलले जनगणनामा खटिएका गणकले क्रुटिपूर्ण गणना गरेको भन्दै जनप्रतिनिधिसँग कुनै पनि समन्वयन गरी त्रुटिपूर्ण गणना गरेको भन्दै सच्याएर पुनःगणना गर्न माग गरेका…

November 18, 2021  
राष्ट्रिय जनगणनामा समावेश नहुने कायत समुदायको निर्णय

राज्यसँग आफ्नो समुदायको पहिचानको माग गर्दै लामो समय देखि ‘पहिचानको लडाइ’ लड्दै आएको बागलुङको कायत समुदायले जनगणनामा समावेश नहुने घोषणा गरेको छ । आफ्नो समुदायलाई राज्यले पहिचान नदिएर बेवास्था गरेको भन्दै राष्ट्रिय जनगणना ०७८ मा आफूहरू समावेश नहुने बागलुङको ढोरपाटन नगरपालिका–७ बोवाङ स्थित कायत समुदायले निर्णय गरेको हो । राज्यबाट…

November 17, 2021  
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १७ वर्षीय बालकलाई कात्तिक २२ गते मध्यपहाडी लोकमार्गको बागलुङ–गलकोट सडकखण्डबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १९ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले कात्तिक २३ गते लिखित उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले…

November 10, 2021  
धौलागिरी अस्पतालमा छैन जीवनजल, अभाव नभएको नगरपालिकाको दावी

निःशुल्क उपलब्ध हुनु पर्ने जीवनजल मौसम परिवर्तन भएसँगै झाडा बान्ताका बिरामी बढिरहेका बेलामा बागलुङमा अभाव भएको छ । धौलागिरी अस्पतालमा भाइरल ज्वरो, झाडा बान्ता लगायतका बिरामीको चाप बढी देखिएको छ । अस्पतालको फार्मेसीमा भने महिनौदेखि जीवनजल छैन । धौलागिरी अस्पतालमा सशुल्क र निःशुल्क गरी दुई ओटा फार्मेसी छन् । निःशुल्क…

November 10, 2021  
शिक्षाको अधिकारसम्बन्धी शिक्षक, अभिभावक र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामा काठेखोला गाउँपालिका–१ स्थित भिमसेन माध्यमिक विद्यालयमा शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा काठेखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमाउचैले गाउँपालिकाले बनाएको शिक्षा निती बारे प्रतिवेदन पेश गर्नुभएको थियो । राज्यले मौलिक हकको रूपमा राखेको शिक्षाको अधिकारलाई गाउँपालिकाले पनि प्राथमिकतामा राखेको उहाँले…

November 5, 2021  
काठेखोला गाउँपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामा काठेखोला गाउँपालिकामा स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा काठेखोला गाउँपालिका–२ का वडाध्यक्ष विद्यापती शर्माले गाउँपालिकाले महिला स्वास्थ्य कार्यक्रम अन्तरगत सुत्केरी महिलाकाे लागि एक प्याकेट नुन र एक क्यारेट अण्डा प्रदान गर्ने गरेकाे र विद्यालयमा सेनेटरी प्याडकाे व्यवस्थापन गरेकाे बताउनुभयाे ।…

November 3, 2021  
काठेखोला गाउँपालिकामा मानव अधिकार समूह गठन

बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखरामा मानव अधिकार समुह गठन गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको पहलमा दलित मानव अधिकार समूह कात्तिक १४ गते गठन गरिएको छ । इन्सेकको आयोजनामा दलित समुदायसँग मानव अधिकारको अवस्थाबारे गरिएको अन्तरक्रिया कार्यक्रममा महेन्द्रबहादुर बस्यालको अध्यक्षतामा ६ सदस्यको समूह गठन गरिएको छ…

November 3, 2021  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली जोशीपुर गाउँपालिका–१ घर भइ हाल बागलुङ नगरपालिका बस्ने २६ वर्षीय पुरुषलाई कात्तिक १० गते गिरफ्तार गरेको छ । धर्म दिदी बनाएको पीडितलाई आरोपितले कात्तिक ३ गते बलात्कार गरेको भन्दै पीडितले आरोपितविरुद्ध कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको जिल्ला प्रहरी…

October 28, 2021