अपहरण प्रयास घटनाका आरोपित गिरफ्तार
बागलुङ नगरपालिका–१ रामरेखाकी ६ वर्षीया बालिका सुहाना तामाङलाई भदौ २ गते अपहरण प्रयास गरेको आरोपमा प्रहरीले जैमिनी नगरपालिका–७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई घटनास्थलबाटै गिरफ्तार गरेको छ । बागलुङ नगरपालिका–२ हल्लनचोकमा तरकारी किन्न बाबाका साथमा आएकी बालिकालाई बाबाको गाडीमा एक्लै देखेपछि भगवतीले आफ्नो बच्चा हो भन्दै जबरजस्ती लिएर हिँड्न खोज्दा…
बाबुद्वारा जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु, आरोपित बुबा गिरफ्तार
१५ महिने अनामिका बोहोरालाई जङ्गलमा अलपत्र छाडिएकी बालिकाको मृत्यु भएपछि प्रहरीले बागलुङ नगरपालिका–६ लमगाउँका ३७ वर्षीय बालिकाका बाबु दीपक बोहोरालाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २१ गते दिउँसो जङ्गलमा अलपत्र छोडेर हिँड्दा मृत्यु भएपछि प्रहरीले दिपकलाई गिरफ्तार गरेको हो । पत्नी सरस्वती परियार मेलापात…
बालक भएको प्रमाण नपुग्दा १० महिनादेखि कारागारमा
ढोरपाटन नगरपालिका–९ सुपुर्दुका विशाल घर्ती १७ वर्ष भएको बताउनु हुन्छ । ढोरपाटन नगरपालिका–९ का तुलबहादुर बिकको उजुरीले ०७८ कात्तिक ५ गते गिरफ्ताीमा पर्नु भएका घर्ती तत्कालीन समयमा १६ वर्षको मात्रै भएको बताउनुहुन्छ । बिकको पसलबाट कात्तिक ४ गते ४ लाख रुपियाँ चोरी गरेको आरोपमा घर्तीविरूद्ध बिकले सोही दिन उजुरी गर्नु…
रोम विधानको अनुमोदनको माग गर्दै ज्ञापनपत्र
अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको लागि रोम विधान अनुमोदन गर्न बागलुङ जिल्लामा मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले प्रमुख जिल्ला अधिकारी रमेश ढकालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाको लागि रोम विधान पारित भएको दिन १७ जुलाईको अवसर पारेर साउन २ गते नेपाललाई पनि रोम विधानको पक्ष राष्ट्र बनाउन…
प्रिन्सिपलद्वारा विद्यार्थीलाई कुटपिट, आरोपित गिरफ्तार
ढोरपाटन नगरपालिका–१ बुर्तिवाङको न्यू मोर्डन एकेडेमीमा अध्ययनरत तमानखोला गाउँपालिका–२ भयरबोङ्गाका १५ वर्षीय हिक्मत बिकलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयका प्रिन्सिपल दीपक कुँवरलाई असार २४ गते गिरफ्तार गरेको छ । पीडित विद्यार्थीलाई आरोपितले असार २२ गते कुटपिट गरी घाइते बनाएको आरोपमा इलाका प्रहरी कार्यालय बुर्तिवाङले कुँवरलाई २४ गते गिरफ्तार गरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ नगरपालिका–७ का ३२ वर्षीय नवराज गौतमलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १४ गते प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इन्द्रबहादुर रानाले…
शुद्ध खानेपनी वितरण सम्बन्धमा अदालतको आदेश पालना नभएको भन्दै अवहेलनाको मुद्दा दर्ता
बागलुङ बजारमा वितरण भइरहेको खानेपानी लामो समयदेखि धमिलो आएकोले शुद्ध खानेपानीको माग गर्दै उच्च अदालत पोखरा बागलुङ इजलासमा परेको मुद्दाको फैसला कार्यान्वयन नभएपछि पुनः अवहेलना मुद्दा दर्ता भएको छ । नगरवासीलाई शुद्ध खानेपानीको व्यवस्थाका लागि उच्च अदालत पोखरा बागलुङ इजलासले ०७८ मङ्सिर २२ गते बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, नगर…
मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न
पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरू होस्टाइल भएकोप्रति बागलुङका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ६ गते बागलुङ बजारमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रमका वक्ताले न्यायिक प्रक्रियाको अन्तिम चरणसम्म पीडितको बयान एउटै नभएको कारण थप…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले १५ वर्षीय बालकलाई असार ५ गते गिरफ्तार गरेको छ । गत फागुन २० गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले ०७९ असार ५ गते प्रहरीमा उजुरी दिएको छ । पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपित बालकलाई गिरफ्तार गरी अनुसन्धान सुरु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले निसीखोलाका ७५ वर्षीय ज्येष्ठ नागरिकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७८ चैत ५ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा लिखित उजुरी दिएपछि प्रहरीले बिकलाई जेठ ३१ गते…