पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

ताराखोला गाउँपालिका–२ की ७० वर्षीया तुलमाया छन्त्याललाई सामान्य घरायासी विवादको क्रममा मादक पदार्थ सेवन गरेका ६६ वर्षीय पति देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । असोज ५ गते साँझ मादक पदार्थ सेवन गरेर आएका देउप्रसादले तुलमायाको टाउकामा लौरो प्रहार गरेको प्रहरीले जनाएको छ । उनको कुटाइबाट…

September 22, 2018  
बलात्कार घटनाका आरोपित दुई जना गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले निसिखोला गाउँपालिका-५ का २० वर्षीय थगेन्द्र विश्वकर्मा र सोही ठाउँका २५ वर्षीय रामबहादुर विश्वकर्मालाई असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयलाई भदौ २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २ गते प्रहरीमा उजुरी दिएको थियो । घटनापछि गाउँमै मिलापत्रको…

September 21, 2018  
बाग्लुङ बजारका अधिकांश फार्मेसी अवैधानिक, जनशक्ति अदक्ष

बागलुङ बजारमा सञ्चालनमा रहेका निजी क्लिनिक, तथा फार्मेसी पसलहरू अवैध रूपमा सञ्चालन गरेको पाइएको छ । बागलुङ सदरमुकामभित्र सञ्चालनमा रहेका २८ ओटा औषधि पसलमध्ये २७ ओटा पसलको मापदण्ड पूरा नभएको बाग्लुङ नगरपालिकाले गरेको अनुगमनका क्रममा भेटिएको हो । स्वास्थ्यकर्मीहरूका नामबाट सञ्चालनमा रहेका फार्मेसीमा औषधिको बारेमा पूर्णज्ञान नभएका व्यक्तिहरूको भरमा औषधि…

September 10, 2018  
गरिबीका कारण विद्यालय छोड्न बाध्य छन् ढोरपाटनका विद्यार्थी

वर्षभरि काम नगरे खान नपुग्ने समस्याका कारण बागलुङको पश्चिम ढोरपाटनका बालबालिकाहरू सामान्य काम गर्न सक्ने भएपछि विद्यालय छोड्छन् । सानो कक्षामा पढ्ने विद्यार्थीहरू उल्लेख्य भएपनि पाँच कक्षाभन्दा माथि पुगेपछि बालबालिकाको सङ्ख्या घट्ने गरेको शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्कले देखाउँछ । अभिभावकसँगै मेलापात गर्ने, गाईवस्तु चराउने र घर कुर्ने यहाँका…

August 31, 2018  
अपाङ्गता भएका व्यक्तिले सार्वजनिक यातायातमा सुविधा पाएनन्, छुट माग्दा दुर्व्यवहारको गुनासो

अपाङ्गता भएका, एकल महिला, ज्येष्ठ नागरिकहरूले सार्वजनिक यातायातका साधनहरूमा सुविधा पाउनुपर्ने भनी ऐनमा व्यवस्था भएपनि बागलुङमा जिल्लामा रहेका नागरिकहरूले सुविधा पाउन सकेका छैनन् । जिल्लाका कार्यक्रमहरूमा अपाङ्गता भएकाहरूले आवाज उठाउने गरेको भएपनि तत्कालै प्रक्रिया अनुसार उजुरी नगरेका कारणले पीडकहरूमाथि कारबाही गर्न नसकेको सरोकारवालाहरूको भनाई छ । पर्वत सदरमुकाम कुश्मादेखि बागलुङ…

August 22, 2018  
बलात्कार घटनामा पीडित बालिकाको पुनर्स्थापनामा इन्सेकको सहयोग

विगत १० वर्षदेखि बागलुङ हिंसा पीडित महिला तथा बालबालिकाको लागि सेफ हाउसको काम गर्दै आएको अल्पकालिन सेवा केन्द्र बन्द भएपछि आश्रयविहीन भएकी १४ वर्षीया गर्भवती बालिकालाई पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आर्थिक सहयोग गरेको छ । इन्सेक जिल्ला प्रतिनिधि सिर्जना पन्तले साउन १४ गते पीडित बालिकाका…

July 31, 2018  
पहिरोले पुस्तक र पोशाक पुर्‍यो, दाताको नजरमा खाद्यन्न र लत्ताकपडा राहत

बर्खाको मौसम सुरू भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरो गइरहेका छन् । बाढी पहिरोमा मानवीय र भौतिक क्षति भएका समचार प्रकाशन भइरहेको बेला बालबालिकाहरूका पाठ्यपुस्तक र पोशाक पनि बाढीले बगाएका छन् भने पहिरोले पुरेका छन् । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारमा आएको भेलले घर, स्वास्थ्य संस्थामात्र पुरेन यहाँका ४० भन्दा…

July 28, 2018  
महिला तथा बालबालिका कार्यालय खारेजीको प्रभावः अल्पकालिन सेवा केन्द्र बन्द

हिंसा पीडित महिला तथा बालबालिकाहरूको लागि विगत १० वर्षदेखि ‘सेफ हाउस’का रूपमा सेवा दिँदै आएको अल्पकालिन महिला सेवा केन्द्र बन्द भएपछि आश्रित पीडित महिला अलपत्र परेका छन् । घरेलु तथा यौनजन्य हिंसाबाट पीडित महिलाहरूको रेखदेख र परामर्शका लागि २०६६ सालदेखि सञ्चालन हुँदै आएको सेवा केन्द्र बन्द भएपछि केन्द्रमा आश्रय लिइरहेका…

July 23, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

३९ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसिडगाड गाउँपालिका–१ दगातुङडाँडाका ५३ वर्षीय नन्दराम घर्तीलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असार २१ गते बलात्कार गरेको भन्दै पीडितले साउन २ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको हो । पीडित महिलाको…

July 19, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जैमिनी नगरपालिका–९ का २८ वर्षीय अर्जुन नेपालीलाई साउन २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, बाग्लुङमा सोही दिन उजुरी दिएको थियो । घटनाको समयमा चिच्याईरहेकी बालिकाको स्वर सुनेर घटनास्थल नजिकै…

July 19, 2018