इन्सेकको संयोजनमा निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको क्रममा खटिने जिल्लाका सुरक्षाकर्मीलाई सेनेटरी प्याड हस्तान्तरण गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र जिल्ला प्रहरी कार्यालय बागलुङको संयोजनमा आदर्श सञ्चार सहकारी संस्था बागलुङ र जास्वीन हाइजिङ प्रोडक्टद्वारा उत्पादित प्याड बागलुङ जिल्ला डिलर नर्वदा ट्रेडर्सको सहयोगमा निर्वाचनमा…
पर्यवेक्षकको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को मातहतमा रहि मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको पर्यवेक्षणमा खटिने पर्यवेक्षकको लागि बागलुङमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तीन जिल्लाका २० जना पर्यवेक्षकको लागि बागलुङमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरलले निर्वाचन आचार संहितको पूर्ण…
बागलुङमा मतदान स्थलमा फेरबदल, जसमध्ये २९ मतदान स्थल अतिसंवेदनशील
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि स्थानीय तह निर्वाचनको भन्दा तीन ओटा मतदान स्थल थप गरिएको छ । जिल्ला निर्वाचन कार्यालय बागलुङलेतीन ओटा मतदान केन्द्रको स्थान परिवर्तन गरेको छ । स्थानीय तह निर्वाचनको समयमा मतदातालाई भएको असुविधालाई मध्येनजर गर्दै मतदान स्थल थप र…
निर्वाचनलाई भयरहित बनाउँन पर्यवेक्षकको भूमिका महत्वपुर्णः मुख्य निर्वाचन अधिकृत भट्ट
बागलुङका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश डाक्टर दिवाकर भट्टले निर्वाचनलाई भयरहित निश्पक्ष, भयरहित र शान्तिपूर्ण सम्पन्न गर्नको लागि पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को टोलिसँग कात्तिक २५ गते कुरा गर्दै उहाँले पर्यवेक्षक, पत्रकार र सरोकारवालाको सहयोग बिना शान्तिपूर्ण निर्वाचन गराउन सम्भव…
निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका नेकपा बहुमतका नेता गिरफ्तार
बागलुङमा निर्वाचन बहिस्कारको पोष्टर टाँस्दै हिडेका धम्रेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका तीन जना नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले गिरफ्तार गरेको छ । गलकोट नगरपालिका–१ का ४५ वर्षीय दलसिंह खत्री, ३५ वर्षीय हरि नेपाली र ४५ वर्षीय कृष्ण बहादुर कुँवरलाई प्रहरीले मंगलबार साँझ बागलुङ बजारबाट गिरफ्तार गरेको हो । नेकपा बहुमतमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
बागलुङ नगरपालिका–१ माझिबस्ती बस्ने ४० वर्षीया फुलमायाँ माझीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१ का २६ वर्षीय प्रकाश योगीलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडित महिला असोज ३० गते बिहान ज्याला मजदुरी गर्न गएको र राति अबेरसम्म घर नर्फिकएपछि परिवारले खोजी गर्दा सोही दिन बागलुङ नगरपालिका–१ गणेशघुम्तीमा…
बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला
अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले काठेखोला गाउँपालिका–१ का ८० वर्षीय प्रेमबहादुर खत्रीलाई ६ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश दिवाकर भट्टको असोज ६ गतेको इजालासले ६ वर्ष कैद सहित २० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने गरी सजाय निर्धारण गरेको श्रेष्तेदार सुर्यप्रसाद भण्डारीले…
पत्रकारलाई मार्ने धम्की, आरोपितविरूद्ध उजुरी
नेपाल पत्रकार महासङ्घका सदस्य तथा इलाका खबरका सम्पादक बागलुङ नगरपालिका–८ सिगानाका ३५ वर्षीय पत्रकार सुर्यबहादुर विश्वकर्मालाई मार्ने धम्की आएको भन्दै पीडितले असोज ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । गणेश नामक फेसबुकबाट पीडित पत्रकार र उहाँकी २४ वर्षीया पत्नी मुना बिक पुन, चार वर्षीया छोरी यानुषा र…
बलात्कार प्रयास गरेको कसुरमा ३ वर्ष ६ महिना कैद सजाय
२७ वर्षीया महिलालाई बालात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले बागलुङ नगरपालिका–२ का ४९ वर्षीय रमाकान्त सापकोटालाई ३ वर्ष ६ महिना कैद सजाय तोकेको छ । जिल्ला न्यायाधीश दिवाकर भट्टको ०७९ असोज ५ गतेको इजालासले सजाय निर्धारण गरेको श्रेष्तेदार सुर्यप्रसाद भण्डारीले बताउनु भयो । कैद सजायसँगै पीडकले पीडितलाई ५० हजार क्षतिपुर्ति…
वडा अध्यक्षमाथि आक्रमण भएको भन्दै प्रहरीमा उजुरी
बरेङ गाउँपालिका–३ का वडाध्यक्ष ५१ वर्षीय शेरबहादुर खनालमाथि सोही ठाउँका ४२ वर्षीय मनबहादुर पुनले आक्रमण गरेको भन्दै प्रहरी चौकी बाटाकाचौरमा उजुरी परेको छ । भदौ १४ गते बाटाकाचौरमा राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलनको क्रममा मनबहादुरले वडाध्यक्ष खनालमाथि आक्रमण गरेको भन्दै भदौ १५ गते उजुरी परेको हो । बाटाकाचौरको शारदा माध्यमिक…