नेपाल मानव अधिकार वर्ष पुस्तकको पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलन गरिएका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम मङ्सिर ३ गते सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले भुगोल क्षेत्र अनुसार मानव अधिकारको आवश्यकता र परिभाषा फरक हुने भन्दै इन्सेकले देशव्यापी रूपमा…

November 19, 2018  
आपतकालिन सुरक्षित गृह नहुँदा हिंसा पीडित महिला र बालबालिकालाई समस्या

जिल्लामा आपतकालिन सुरक्षित गृह नहुँदा हिंसा पीडित महिला र बालबालिकालाई समस्या भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कात्तिक २८ गते बागलुङमा आयोजना गरेको नागरिक समाजसगको छलफल कार्यक्रमका सहभागीहरूले सो कुरा बताएका हुन् । नागरिक समाज बागलुङका संयोजक काजी गाउँले श्रेष्ठले सुरक्षित गृहसंगै हिंसा पीडित…

November 15, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्वतको मोदी गाउँपालिका–७ का ३० वर्षीय राजकुमार थापालाई गिरफ्तार गरेको छ । घुम्न आएको भन्दै कात्तिक ७ र ८ गते राति घरमा बास बसेका थापाले पीडित बालिकालाई डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडितका बावुले कात्तिक २७ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा…

November 14, 2018  
बालविवाह रोक्न टोलटोलमा नाटक र वृत्तचित्र

तमानखोला गाउँपालिका अहिले बालविवाह रोक्न र बालविवाहलाई शुन्य बनाउन लागिरहेको छ । जिल्लाको अति दुर्गम मानिने यस गाउँपालिकाका अधिकांश वडाहरूमा बाल विवाहले जरा गाडेको छ । यस गाउँपालिकाका खुङ्खानी, स्याउला, बोङ्खानी, हिले, खोलेसवाङ् र पहिरा जस्ता गाउँमा २० वर्षपुगेका अविवाहिता भेटाउनै मुस्किल पर्छ । विवाह गर्न उपयुक्त उमेर २० वर्षहो…

October 30, 2018  
बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बावुलाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मौखिक उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाकी आमाले घटनाका सम्बन्धमा असोज १९ गते जिल्ला प्रहरी…

October 5, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बागलुङको निसीखोला गाउँपालिका-४ कानाबगरका ३५ वर्षीय लोकिश्वर भुसाललाई असोज १५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १४ गते बलात्कार प्रयास गरेपछि पिर्काले हिर्काएर भागेको भन्दै  पीडित महिलाले असोज १५ गते इलाका प्रहरी कार्यालय झिवाखोलामा मौखिक उजुरी दिएकी थिइन्…

October 3, 2018  
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ढोरपाटन नगरपालिका–४ छोरेगाउँका २५ वर्षीय कोपिल घर्तीलाई असोज १२ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज ११ गते बलात्कार प्रयास गरेको आरोपमा चिच्याएर गुहार मागेपछि पीडित युवतीका छिमेकीले राति नै प्रहरीलाई खबर गरेका थिए । पीडित महिला र स्थानीयले होहल्ला…

September 29, 2018  
क्षमता भन्दा चार गुणा कैदीबन्दी एकै ठाउँ बस्दा स्वास्थ्यमा समस्या

२५ जना कैदीबन्दी राख्ने क्षमता रहेको ‘घ’ श्रेणीको जिल्ला कारागार बागलुङमा क्षमता भन्दा चारगुणा बढी कैदीबन्दी भएपछि स्वास्थ्यमा समस्या देखिएको छ । १८ जना पुरूष र सात जना महिला कैदीबन्दी गरी २५ जनाको क्षमता रहेको यस कारागारमा हाल ९८ जना कैदीबन्दी रहेका छन् । क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी…

September 28, 2018  
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

ताराखोला गाउँपालिका–२ की ७० वर्षीया तुलमाया छन्त्याललाई सामान्य घरायासी विवादको क्रममा मादक पदार्थ सेवन गरेका ६६ वर्षीय पति देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । असोज ५ गते साँझ मादक पदार्थ सेवन गरेर आएका देउप्रसादले तुलमायाको टाउकामा लौरो प्रहार गरेको प्रहरीले जनाएको छ । उनको कुटाइबाट…

September 22, 2018  
बलात्कार घटनाका आरोपित दुई जना गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले निसिखोला गाउँपालिका-५ का २० वर्षीय थगेन्द्र विश्वकर्मा र सोही ठाउँका २५ वर्षीय रामबहादुर विश्वकर्मालाई असोज २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितद्वयलाई भदौ २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २ गते प्रहरीमा उजुरी दिएको थियो । घटनापछि गाउँमै मिलापत्रको…

September 21, 2018