यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले काँठेखोला गाउँपालिका–१ पालाका ३५ वर्षीय बलबहादुर रानालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २३ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडितका परिवारले माघ २५ गते प्रहरीमा उजुरी दिएपछि रानालाई २५ गते गिरफ्तार गरिएको हो । पीडित पक्षको उजुरीका…

February 9, 2019  
प्रधानाध्यापकद्धारा विद्यार्थी कुटपिट, न्यायका लागि प्रहरीमा उजुरी

दुई कक्षामा अध्ययनरत ६ वर्षीय सञ्जय बिकलाई उनी अध्ययनरत नमूना प्राथमिक विद्यालय, बोवाङकी प्रधानाध्यापक ४२ वर्षीया हिरादेवी बुढामगरले कुटपिट गरेको भन्दै ढोरपाटन नपा–८ बोबाङकी १८ वर्षीया जानमाला बिक सदरमुकाम पुगेकी छिन् । विद्यालयमा पढ्न गएका भाइ सञ्जयलाई माघ २० गते प्रधानाध्यापक बुढामगरले १ सय रुपियाँ दिई आफ्नो लागि रिचार्ज कार्ड…

February 9, 2019  
मापदण्ड पूरा नगरेको भन्दै चार पानी उद्योगलाई उत्पादन बन्द गर्न निर्देशन

पिउने पानी उत्पादन गर्दै आएका कम्पनीहरूले मापदण्ड पूरा नगरेको भन्दै बागलुङ र पर्वतका चार पानी उत्पादक कम्पनीलाई पानी उत्पादन गर्न रोक लगाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगरेको भन्दै बागलुङका दुई र पर्वतका दुई पानी उत्पादक उद्योगलाई…

January 31, 2019  
पदाधिकारीले कानुन नबुझदा न्याय सम्पादन गर्न समस्या !

न्यायिक समितिका पदाधिकारीहरूले कानुनी प्रक्रिया नबुझ्दा स्थानीय तहमा न्याय सम्पादन गर्न कठिनाई भएको छ । १० ओटा स्थानीय तह रहेको जिल्लामा गाउँ तथा नगर भित्र हुने घटनालाई कानुनी ढङ्गबाट लैजानका लागि कानुन नबन्दा पनि न्याय सम्पादनमा समस्या भएको बागलुङका स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरू बताउँछन् । न्यायिक समितिको संयोजक स्थानिय…

January 25, 2019  
जातीय विभेद घटनाका आरोपित गिरफ्तार

निसिखोला गाउँपालिका–२ देविस्थानका ५१ वर्षीय ओमबहादुर रसाइलीलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले ढोरपाटन नपा–५ अधिकारीचौरका ३२ वर्षीय लोकबहादुर बुढालाई माघ ८ गते गिरफ्तार गरेको छ । माघ ७ गते स्थानीय खड्कबहादुर पुनकी छोरीको विवाह भोजमा आरोपित बुढाले दलित र गैरदलितको छुट्टाछुट्टै भोजको व्यवस्था भएपनि गैरदलितको भोजमा प्रवेश गरेको भन्दै रसाइलीलाई…

January 25, 2019  
सर्वसाधारणलाई कुटेको आरोपमा दुई जना प्रहरी जवान निलम्बित

सामान्य भनाभन हुँदा गल्कोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गरेको आरोप लागेका दुई जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय, बागलुङले निलम्बन गरेको जनाएको छ । गत पुस २९ गते इलाका प्रहरी कार्यालय, हरिचौरमा कार्यरत प्रहरी जवानद्वय ३५ वर्षीय प्रेमसिंह विष्ट र ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई अनुचित बल…

January 24, 2019  
गस्तीमा खटिएका प्रहरी जवानको कुटाइबाट एक स्थानीय घाइते

गल्कोट नपा–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई गस्तीमा रहेका प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह विष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले कुटपिट गरी घाइते बनाएको पीडित पक्षको आरोप छ । पुस ३० गते प्रहरी चौकी हटियाबाट राति ९ बजेतिर गस्तीमा खटिएका प्रहरी जवानद्वयले कुटपिट गर्दा घाइते भएका सोमबहादुरको उपचार…

January 17, 2019  
बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–४ उपल्लाचौरका २२ वर्षीय रामु कुँवर, ३३ वर्षीय हस्तबहदुर खत्री र २२ वर्षीय साजन भन्ने डेल्चन कार्कीलाई मङ्सिर २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितहरूले मङ्सिर २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २२ गते प्रहरीमा उजुरी दिएको…

December 8, 2018  
तत्काल दिनु पर्ने सुत्केरी उत्प्रेरणा भत्ता चार महिनापछि !

२३ वर्षीया राधिका नेपाली सुत्केरी भएको चार महिना भयो । दोस्रो बच्चाको रूपमा उनले भदौ ११ गते बागलुङको नारायणस्थान स्वास्थ्य चौकीमा छोरालाई जन्म दिएकी थिइन् । बच्चा जन्माएर घर फर्कने बेलासम्म स्वास्थ्य संस्थाले सुत्केरी भत्ता नदिएपछि राधिका आफैँले स्वास्थ्य संस्थाका कर्मचारीलाई सोधिन्–‘अहिले सुत्केरी भत्ता दिन छोडिएको हो र ?’ स्वास्थ्य…

December 8, 2018  
बन्चरो प्रहार गरेर आमाको हत्या, आरोपितद्वारा आत्मसमर्पण

जैमिनी नपा-१० राङ्खानीकी ९० वर्षीया हरिकला श्रीषलाई बन्चरो प्रहार गरी ६० वर्षीय छोरा कर्णबहादुर श्रीषले हत्या गरेको प्रहरीले जनाएको छ । हरिकलालाई आरोपितले मङ्सिर ५ गते राति सामान्य विवादको क्रममा आमालाई बन्चरो प्रहार गरेर हत्या गरेर मङ्सिर ५ गते कुश्मिसेरा, प्रहरी चौकीमा आत्मर्समर्पण गरेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक रेग्मीले…

November 22, 2018